• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

राष्ट्रिय जनमोर्चा लुम्बिनीको अध्यक्षमा बोमबहादुर खत्री


  •   शनिबार, फागुन ०७, २०७८ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिको अध्यक्षमा बोमबहादुर खत्री (प्युठान) निर्वाचित हुनुभएको छ ।

    Advertisement

    २०७८ फागुन ६ र ७ गते रुपन्देहीको बुटवलमा सम्पन्न प्रथम प्रदेश सम्मेलनले उहाँलाई अध्यक्षमा निर्वाचन गरेको हो ।

    समितिको उपाध्यक्षमा बद्रे आलम (रुपन्देही), सचिवमा सोमकुमार कार्की (पाल्पा), सहसचिवमा केशवराज आचार्य र कोषाध्यक्षमा गणेश गौतम (रुपन्देही) रहनुभएको छ ।

    त्यस्तै, प्रदेश सदस्यहरूमा तिलकप्रसाद सुवेदी (नवलपरासी), तारा जिसी (प्युठान), नारायण जिसी (प्युठान), दधिराम आचार्य (कपिलवस्तु), गणेश आचार्य (दाङ), मोमिना खातुन (बाँके), कृष्णबहादुर खड्का (प्युठान), झबिलाल थापा (अर्घाखाँची), थम्मन केसी (अर्घाखाँची), यमलाल पोख्रेल (अर्घाखाँची), सागर केसी (अर्घाखाँची), इन्दिरा उपाध्याय (रुपन्देही), बाबुराम सुनार (अर्घाखाँची), तारा थापा (गुल्मी), रामेश्वर खत्री (गुल्मी), मेघनाथ विष्ट (रोल्पा), दुर्गा पौडेल (प्युठान), तिलकबहादुर जिसी (प्युठान), खगा राना (प्युठान), भीमप्रसाद देवकोटा (बाँके), कमला जिसी (दाङ), लोकबहादुर राना (बर्दिया), चन्द्रप्रसाद शाही (रुकुम), मीना पोख्रेल (कपिलवस्तु), वसन्त पौडेल (दाङ), लक्ष्मी भुसाल (कपिलवस्तु), सरिता जिसी (प्युठान) र इमानसिंह खड्का (प्युठान) रहनुभएको छ ।

    सम्मेलनले सुरेशकुमार थापा, हरि आचार्य, चन्द्रबहादुर केसी, तुलप्रसाद विश्वकर्मा, वासुदेव पोख्रेल, शिव पौडेल, महेशचन्द्र रिजाल, हस्तमणि पुन र शेरबहादुर भट्टराईलाई सल्लाहकारमा चयन गरेको छ ।

    सम्मेलनले बोमबहादुर खत्री, बद्रे आलम, केशवराज आचार्य, गणेश गौतम, सोमकुमार कार्की, सागर केसी, नारायण जिसी, शेरबहादुर थापा र गणेश आचार्यलाई सचिवालयमा नियुक्त गरेको छ ।

    उद्घाटन समारोह
    सम्मेलनको उद्घाटन राजमोका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले गर्नुभएको थियो ।

    सो अवसरमा सम्बोधन गर्दै उहाँले राष्ट्रिय जनमोर्चा मात्र देशको एक मात्र सही राजनीति बोकेको पार्टी भएको दाबी गर्नुभयो ।

    उहाँले राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा तथा सङ्घीयता र एम.सी.सी. को विरुद्धमा राजमोले लगातार आन्दोलन सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

    अहिले एम.सी.सी. पारित गर्न नेपाली काङ्ग्रेसले गरिरहेको प्रत्यत्नको विरोध गर्दै उहाँले एम.सी.सी. राष्ट्रिय सार्वभौमिकता तथा असंलग्न परराष्ट्र नीतिको विरुद्धमा रहेकाले यसलाई पारित गर्ने होइन कि खारेज गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डीराज शर्मा, तराई–मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का उपाध्यक्ष चन्द्रबहादुर केसी, अखिल नेपाल युवक सङ्घकी उपाध्यक्ष खगा राना, अखिल नेपाल कानुन व्यवसायी सङ्घका उपाध्यक्ष विदुर मल्ल, अखिल नेपाल जनजाति सम्मेलनका महासचिव अमरध्वज राना, अखिल (छैठौं) का सचिव सरोजमान सिंह, अखिल नेपाल बुद्धिजीवी सङ्घका सचिवालय सदस्य दुर्गानाथ खरेल, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य पूर्णकला भण्डारी, राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सांसद तारा जिसी, प्युठान जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्य र पूर्व सांसद हरि आचार्यले सम्बोधन गर्नुभएको थियो ।

    प्रदेश अध्यक्ष बोमबहादुर खत्रीको अध्यक्षता तथा सचिव सोमकुमार कार्कीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा जातीय समता समाजका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद राजेश विक, राजमो केन्द्रीय सदस्यहरू कृष्णबहादुर खड्का, नारायण जिसी, झबिलाल थापा, कमला जिसी, गणेश आचार्य, यमलाल पोख्रेल, सागर केसी, रामकुमार क्षेत्री, पद्मा पण्डित, इन्दिरा ज्ञवाली, राजमो केन्द्रीय सल्लाहकारहरू दधिराम आचार्य, मोमिना खातुन र अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसालको आतिथ्य रहेको थियो ।

    राजमो प्रदेश सदस्य तथा प्युठान झिमरुक गाउँपालिका अध्यक्ष तिलक जिसीको स्वागत मन्तव्यमा अघि बढेको कार्यक्रममा कलाकारहरूले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो ।

    समापन समारोह
    मोमिना खातुनको अध्यक्षता तथा सोमकुमार कार्कीको सञ्चालनमा सम्मेलनको समापन समारोह सम्पन्न भएको थियो ।

    कार्यकारी अध्यक्ष रश्मिराज नेपाली र राजमोका पूर्व सांसद हरि आचार्यको आतिथ्य रहेको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बोमबहादुर खत्रीले प्रतिबद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    नयाँ समितिलाई कार्यकारी अध्यक्ष रश्मिराज नेपाली, मेसको तर्फबाट गणेश गौतम, महिला प्रतिनिधि पवित्रा जिसी र हाउसको तर्फबाट विशाल दर्लामीले बधाई मन्तव्य व्यक्त गर्नुभयो ।

    शनिबार, फागुन ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.