खिमराज चालिसे, चण्डिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिका सदस्य किसन बहादुर गुरुङको निधन भएको छ । गुरुङको शुक्रबार विहान रोपडको नहरमा खुट्टा चिप्लिएर निधन भएको मूल प्रवाहले जनाएको छ ।
Advertisement
मूल प्रवाह महिला क्षेत्रीय सदस्य लक्ष्मी गुरुङका श्रीमान किसन रोपड थर्मल प्लान्टमा कार्यरत हुनुहुन्थ्यो । उहाँ सन् १९९० देखि मूल प्रवाह रोपड नगरसमितिमा सक्रियतापूर्वक काम गर्दै आइरहनु भएको थियो ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले निष्ठावान कार्यकर्ताको दुःखद निधन भएको जनाएको छ ।
समाजका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटाले मृतक गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पित गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।