• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

वैयक्तिक सम्बन्ध र क्रान्तिकारी सङ्गठन


  •   बिहिबार, माघ २७, २०७८ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##
    एक जना क्रान्तिकारीको अरू व्यक्तिसँग राख्ने व्यक्तिगत सम्बन्धले क्रान्तिकारी काममा महत्त्व राख्दछ । क्रान्ति दीर्घकालीन प्रकृतिको काम हो । समाजमा व्यक्ति एक्लै हुन्न, विभिन्न सत्रुहरूमार्फत धेरै जनासँग सम्बन्धित हुन्छ । क्रान्तिको काम जीवनभर गर्ने काम हो । त्यसैले कुनै क्रान्तिकारी व्यक्तिले अरूसँग प्रदर्शन गर्ने व्यवहारले क्रान्ति अथवा आमूल परिवर्तनमा ठुलो महत्त्व राख्छ ।

    Advertisement

    काम आफै गर्ने हो । अरूको सद्भाव र सहभागिता पनि महत्त्त्वपूर्ण पक्ष हो । हामीले कथा सुन्ने गरेका छौँ, एक जना गाउँको किसानले आफ्नो गोरुगाढा लगेर जङ्गलबाट दाउरा ल्याउने काममा बिच बाटोको हिलो खाडल जस्तो बाटोमा गाढा फसे छ । गोरुले तान्न सकेन छ । ऊ वनदेवतालाई आह्वान गर्दै रोइकराइ गरेछ । वनदेवताको निर्देशनअनुसार आफै हिलोमा पसेर गोरुसँगै आफ्नो बल पनि मिसाएपछि गाढा हिलोबाट निस्केर गुड्न अगाडि बढेछ । त्यो किसानले वनदेवता फलाक्नुभन्दा पहिल्यै आफैले गाडामा आफू पनि नारिएर जोडले बल गरेको भए अवश्य निस्कने थियो । त्यसैले देवता नै आए पनि, राजा नै आए पनि वा नेता नै आए पनि आफैलाई काम गराउने हुन्, उनीहरूमाथि हुने विश्वासले आफै काम गर्ने होइन ।

    वैयक्तिक सम्बन्ध स्थापित गर्दा मुख्य तीनओटा पक्ष समावेश हुन्छन् : पहिलो पक्ष निश्चित उद्देश्यसहित आफ्नो पक्षमा सहभागी बनाउने किसिमको सम्बन्ध, दोस्रो पक्ष उसलाई मुख्य शक्ति मानेर उसको पक्षमा सहमति जनाउने गरी चाहना गरिएको सम्बन्ध र तेस्रो बिनाउद्देश्य र चाहना समय कटाउन र दिल बहलाउनका लागि राख्न खोजिएको सम्बन्ध ।

    व्यक्तिगत सम्बन्ध पनि आफैलाई केन्द्रमा राखेर जिम्मा पूरा गर्दा प्रदर्शन गरिने व्यवहारले उच्च महत्त्व राख्दछ । अरूले त्यस्तै व्यक्तिमाथि सहयोग सद्भाव राख्छन्, जसले आफ्नो काम आफै गर्छ । आफ्नो काम आफै गर्ने समयमा सहयोग, सद्भाव मात्रैले पनि ठुलो महत्त्व राख्दछ । त्यही आधारमा व्यक्तिगत सम्बन्ध राख्नुपर्छ ।

    वैयक्तिक सम्बन्ध स्थापित गर्दा मुख्य तीनओटा पक्ष समावेश हुन्छन् : पहिलो पक्ष निश्चित उद्देश्यसहित आफ्नो पक्षमा सहभागी बनाउने किसिमको सम्बन्ध, दोस्रो पक्ष उसलाई मुख्य शक्ति मानेर उसको पक्षमा सहमति जनाउने गरी चाहना गरिएको सम्बन्ध र तेस्रो बिनाउद्देश्य र चाहना समय कटाउन र दिल बहलाउनका लागि राख्न खोजिएको सम्बन्ध । यी तीनओटै पक्षमध्ये पहिलो पक्षको सबैभन्दा बढी महत्त्व हुन्छ ।
    मान्छे सामाजिक प्राणी हो । उसले एक्लो महसुस गरे पनि ऊ एक्लै हुन्न । उसको अरूसँग सम्बन्ध राख्न गर्ने प्रयत्नको उद्देश्यले काम गरिरहेको हुन्छ । सम्बन्ध स्थापित गर्न उसले आफ्नो हैसियतलाई सम्बन्ध राख्न खोजेको व्यक्तिको हैसियतभन्दा उच्च मान्छ† समान मान्छ वा निम्न मान्छ† त्यसै आधारमा उसको प्रस्तुतिले काम गर्न सुरु गर्छ । उच्च मान्ने हो भने सङ्गठनको नेतृत्व सम्झन्छ । धनपैसाको हैसियत, पदप्रतिष्ठाको हैसियत अथवा आफ्नो उच्च चेतनाको हैसियतको मातहतमा पार्ने गरी सम्बन्ध स्थापित गर्न चाहनु पहिलो पक्ष हो । तीमध्ये ऊसँग आफूले सम्बन्ध स्थापित गरेर हुने प्रतिफलको पनि कुरा आउँछन् । उसबाट आफूले लिने, उसलाई आफूले दिने अथवा नियम कानुनअनुसार सहज रूपमा लेनदेनको सम्बन्धमा आबद्ध हुने भन्ने उद्देश्यले काम गरिरहेको हुन्छ । त्यो कुरा एउटा पक्षमा मात्र भर पर्दैन ।

    दोस्रो पक्षको प्रस्तुति र उसले गर्ने आफ्नो हैसियतको मूल्याङ्कनमा पनि भर पर्दछ र त्यो सम्बन्धको दोस्रो पक्षले आफूलाई उच्च पदप्रतिष्ठा, धनसम्पत्तिले सम्पन्न अथवा योग्यता क्षमताले उच्च, साथै सङ्गठित संस्थाको मान्यताक्रम उच्च सम्झने ग¥यो भने पनि पहिलेकाको अवस्थामा दुवैको अहम् मेल नखाएसम्म सुमधुर सम्बन्ध स्थापित हुन सक्दैन ।

    शोषणको सबैभन्दा ठुलो सङ्गठित रूप राज्यसत्ता हो । राज्यसत्तामा सेना, पुलिस, कर्मचारी र विभिन्न पार्टीका नेतागण गरी चारओटा शक्ति सहभागी हुन्छन् । यो सङ्गठित रूप जतिसुकै ठुलो हुन्छ भने पनि जनताको एक प्रतिशत सङ्ख्या मात्रै हुन्छ । बाँकी ९९ प्रतिशत सङ्ख्यामा राज्यसत्ताको पक्षमा हुन्छन् ।

    धेरैजसो व्यक्तिहरूले अर्कोसँग सम्बन्ध राख्दा आफ्नो उद्देश्यको ख्याल गरेकै हुन्छन् । त्यसो भन्नुको अर्थ पहिलोले दोस्रोलाई आफ्नो पक्षमा उपयोग गर्ने कुरा सबैभन्दा पहिलो प्रयत्न हुन्छ । त्यसो गर्न नसक्ने अवस्था महसुस भएमा आफू उपयोग हुनबाट बच्ने पनि सहायक उद्देश्य हुन्छ ।

    व्यक्तिवादी समाज भएका कारण आर्थिक हैसियतअनुसार फाइदा उठाउने भएको हुनाले धेरैजसो सम्बन्ध खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगारसँग सम्बन्धित हुन्छन् । ती समस्या व्यक्तिगत रूपमा समाधान नहुने भएको हुनाले आफ्नो काम पट्याउने उद्देश्यसहितको वैयक्तिक सम्बन्धको अवस्था धेरैको हुन्छ ।

    समाजका धेरै मान्छेले शोषण गर्ने उद्देश्यले राखेर काम गर्छन् । तर सङ्गठन अथवा सङ्गठित प्रयासबाट मात्र शोषण अथवा शोषण विरुद्धको आन्दोलन उठाउन र टुङ्गोमा पुर्याउन सकिन्छ ।

    शोषणको सबैभन्दा ठुलो सङ्गठित रूप राज्यसत्ता हो । राज्यसत्तामा सेना, पुलिस, कर्मचारी र विभिन्न पार्टीका नेतागण गरी चारओटा शक्ति सहभागी हुन्छन् । यो सङ्गठित रूप जतिसुकै ठुलो हुन्छ भने पनि जनताको एक प्रतिशत सङ्ख्या मात्रै हुन्छ । बाँकी ९९ प्रतिशत सङ्ख्यामा राज्यसत्ताको पक्षमा हुन्छन् । केही मात्रै राज्यसत्ताको विरुद्ध सङ्गठित हुने चाहना राखेर अर्को व्यक्तिसँग सम्बन्ध स्थापित गर्ने प्रयत्न गर्दछन् । हामीले त्यस्ता व्यक्ति छानेर समानताको हैसियतमा अथवा राज्यसत्ता विरुद्ध आमूल परिवर्तन गर्ने उद्देश्यसहितका व्यक्तिसँग व्यक्तिगत हिसाबले सहयोग लिनेदिने र दुवैले एकअर्काप्रति समानताको हिसाबले सम्बन्ध विकासको प्रयत्न गर्नुपर्छ ।

    हामीले समान हैसियतमा व्यवहार गरेर सम्बन्ध स्थापित गर्नुपर्छ र गर्ने हो भने पनि त्यो सम्बन्ध सजिलो छैन ।

    समाजमा शोषण छ । एउटाले अर्कोलाई आर्थिक, भौतिक, नैतिक जुन रूपमा भए पनि मातहतमा राख्ने र राख्न प्रयत्न गर्ने गरिन्छ ।

    राज्यसत्ताको मातहतका राजनीतिक दलहरूले राजनीतिलाई कमाइखाने भाँडो बनाएका छन् । सबैभन्दा सजिलो पेसा राजनीति भएको छ । जनताबाट कर उठाउने, जनताका नाममा विदेशबाट ऋण ल्याउने र आफ्नो मान्छेमा बाँडेर सुविधासम्पन्न बन्ने होडदङ्गा चलेको छ ।

    राज्यसत्ताको मातहतका राजनीतिक दलहरूले राजनीतिलाई कमाइखाने भाँडो बनाएका छन् । सबैभन्दा सजिलो पेसा राजनीति भएको छ । जनताबाट कर उठाउने, जनताका नाममा विदेशबाट ऋण ल्याउने र आफ्नो मान्छेमा बाँडेर सुविधासम्पन्न बन्ने होडदङ्गा चलेको छ । यस्तो प्रतिकूल अवस्थामा राज्यसत्ताको विरोधीको रूपमा रहेर जनताको राजनैतिक चेतना उच्च बनाउन प्रयत्न गर्ने काम अप्ठेरो लागे पनि नगरी नहुने काम हो । त्यसको लागि क्रान्तिकारी हुँ भन्ने जोकोहीले पनि आफ्नो व्यक्तिगत सम्बन्ध जनताको पक्षमा र जनतासँग सुमधुर बनाउनैपर्छ । व्यक्तिगत सम्बन्ध सुमधुर बनाउन एउटा आफ्नो परिचय जनतामा स्पष्ट हुन पर्छ ।

    दोस्रो उनीहरूको राजनैतिक चेतनास्तर उच्च बनाउने चारओटा उपायका लागि आफ्नो योगदान थपेकै हुनुपर्छ । ती हुन पत्रिका प्रकाशन र वितरण पहिलो काम हो । जनता जम्मा गरेर आफ्ना नेताको भाषण सुनाउने दोस्रो काम हो । आफ्ना कार्यकर्ता जम्मा गरेर प्रशिक्षण गराउने तेस्रो काम हो र जनताको बिचमा जनताका पक्षमा देखाइने सांस्कृतिक कार्यक्रम (गीत, नाच, नाटक आदि) देखाउने चौथो काम हो । यी चारओटै अथवा चारओटामध्ये जति जति र जुन जुन गर्न सकिन्छ गर्नैपर्छ । यी चारओटै काम गर्न सङ्गठन र सङ्गठित प्रयत्न चाहिन्छ ।

    सङ्गठन नबनाइकन यी कुनै पनि काम गर्न सकिन्न र ती काम नगरिकन जनपरिचालन जनताको राजनैतिक चेतनास्तर माथि बनाउन सकिन्न । त्यही कामका लागि सङ्गठन निर्माणमा व्यक्तिगत सम्बन्धले व्यक्तिलाई सङ्गठित हुन प्रेरणा दिने किसिमको हुन अति आवश्यक छ ।

    धेरैजसो जनता परम्परागत चिन्तनले ग्रस्त छन् । उनीहरूले देवता मान्छन् । राजा मान्छन् । धर्म मान्छन् । नेता मान्छन् । समग्रमा अरूलाई ठुलो मान्छन् र आफूलाई सानो मान्दछन् । सबै अरूले गरिदिने अथवा भाग्यमा भर पर्ने गरी आफ्नो सोचाइ बनाउँछन् । यही हो प्रतिकूल अवस्था ।

    बदल्न सकिन्न भनेर हार खाएको भए राणा शासन, सतिप्रथा, राजतन्त्र, दासव्यवस्था कुनै पनि समाप्त हुने थिएनन् । वर्तमान व्यवस्थामा पनि कमजोरीहरू भएको हुनाले यो अनिवार्य रूपमा समाप्त हुने छ ।

    समाजको एउटा सदस्य भएकाले केटाकेटी, बुढाबुढी असक्तहरूको जीवनमा आफ्नो पनि केही न केही कतै न कतैबाट आफूले पनि योगदान पुराउनुपर्छ भन्ने सोच धेरैले राख्न सक्दैनन् र राख्दैनन् पनि । आफ्नाबारेमा मात्र सोच्ने गर्छन् । व्यवहारमा त्यसैले मेल खान्न । त्यो व्यावहारिक पनि हुन्न । त्यस्तो सोचले गर्दा शोषणलाई प्रोत्साहन मिल्छ । राजनीतिको गलत अर्थ लाग्छ र परिणाम शोषणलाई प्रोत्साहन दिएको हुन्छ । त्यसो हुन नदिन शोषण र अन्याय, अत्याचारबारे मात्रै होइन, त्यसलाई निर्मूल पार्ने उपायबारे पनि सोच्नैपर्छ । त्यसबारे आफ्नो धारणा पनि बनाउनैपर्छ । यो गर्ने र गर्न हुने, गर्न सकिने काम होइन भन्ने निष्कर्ष निकाल्ने हो भने फेरि पनि शोषण गर्न मनपरी छुट दिए जस्तै हुन्छ । आफूले केही न केही योगदान गर्नैपर्ने निष्कर्षसहित काममा खट्न सक्नुपर्छ । त्यसैले व्यक्तिगत सम्बन्धको माध्यमबाट शोषित, पीडित र मिहिनेतकस जनताको राजनैतिक चेतनास्तर उच्च बनाउन कस्सिनुपर्छ । शक्ति पराइमा होइन, आफूमा भएको निष्कर्षसहित संसार बदल्न लाग्नैपर्छ ।

    बदल्न सकिन्न भनेर हार खाएको भए राणा शासन, सतिप्रथा, राजतन्त्र, दासव्यवस्था कुनै पनि समाप्त हुने थिएनन् । वर्तमान व्यवस्थामा पनि कमजोरीहरू भएको हुनाले यो अनिवार्य रूपमा समाप्त हुने छ । सधैँ रहिरहने छैन, बरु आफूले के कति र कसरी बढी योगदान दिन सकिन्छ भन्ने प्रश्न आफैले समाधान निकालेर अरूसँग सम्बन्ध स्थापित र रूपान्तरित गर्नुपर्छ ।

    कुनै क्रान्तिकारीलाई ठुलो मानेर सर्वसाधारणमध्येको जनताले सम्बन्ध स्थापित गर्न खोजेको अवस्थामा पनि ऊ आफू सामान्य व्यक्तिसरहको व्यक्तिगत सम्बन्ध स्थापित गर्न नखोज्ने हो भने त्यसको नकारात्मक असर सङ्गठनमाथि पर्न जान्छ । सामान्य लेनदेनको सम्बन्ध स्थापित गर्दा सङ्गठनलाई नराम्रो पर्नबाट त जोगन्छ तर पनि त्यो व्यक्तिगत सम्बन्ध क्रान्तिकारी भने नहुन सक्छ । त्यो क्रान्तिकारी सम्बन्धमा विकास गर्न अध्ययन र निरन्तरताको आवश्यकता पर्दछ ।

    धेरैजसो व्यक्ति खतरामुक्त भई जिउन चाहन्छन् । क्रान्तिकारी काम आफै खतरामुक्त हुन सक्दैन । लडाइँ, हारजित, फेरि नयाँ स्तरको र उच्च स्तरको खतराको सम्भावना कायम रहन्छ । त्यसकारण त्यो सम्बन्धको एउटा पक्षले खतरामुक्त हुन खोज्ला, अर्कोलाई अप्ठेरो आइपर्न सक्छ किनभने पहिले दुवै मिलेर कामलाई गति दिएको हुन्छ । एउटा अर्कोमाथि भर परेको हुन्छ । एकता र सङ्घर्षको नियमानुसार दुवैका गतिविधि संयुक्त रूपमा अघि बढेका हुन्छन् । दुवै मिलेर गति पाएको अवस्थामा अर्को उछिट्टिन र दुर्घटनामा पर्ने सम्भावना पनि रहन्छ । त्यसकारण गतिशील व्यक्तिहरू गतिहीन हुने अवस्था त नभनौँ, फरक दिशामा र फरक किसिमले अरूसँग सम्बन्ध राख्ने समयमा एउटाले मात्र होइन, दुवैले सोचविचार गर्नुपर्ने पनि हुन सक्छ । त्यसो किन भन्नुपरेको हो भने क्रान्तिकारी सम्बन्ध पनि अरू जस्तै निम्न अवस्थाबाट उच्च अवस्थामा र सरल अवस्थाबाट जटिल अवस्थामा विकास भइरहेको हुन्छ । दुई क्रान्तिकारीको अध्ययनको स्तर र दैनिक गतिविधिको स्तर एउटै अथवा समान हैसियतमा अगाडि बढ्न नसक्ने मोड वा घुम्ती पनि आउन सक्छन् । त्यसकारण सबै काममा काँधमा काँध मिलाएर अघि बढ्ने अवस्था नहुन पनि सक्छ ।

    हाम्रो समाजका धेरै क्रान्तिकारीले फुटको तितो अनुभव बेर्होनुपरेको छ । १०/२० वर्ष वा त्योभन्दा बढी समयसम्म सँगसँगै काम गरेका क्रान्तिकारीहरू छुट्टिएर एकले अर्कोको धुवाँधार विरोध गरेको पनि हामीले भेटे/बेहोरेका छौँ । आखिर यस्तो हुने कारण खोज्दा निकासको जटिलता दुवैले आपसमा मिलेर फुकाउन खोज्दा खतरापूर्ण स्थिति एउटाले महसुस गर्छ र आफू खतरामुक्त हुन चाहन्छ ।

    हाम्रो समाजका धेरै क्रान्तिकारीले फुटको तितो अनुभव बेर्होनुपरेको छ । १०/२० वर्ष वा त्योभन्दा बढी समयसम्म सँगसँगै काम गरेका क्रान्तिकारीहरू छुट्टिएर एकले अर्कोको धुवाँधार विरोध गरेको पनि हामीले भेटे/बेहोरेका छौँ । आखिर यस्तो हुने कारण खोज्दा निकासको जटिलता दुवैले आपसमा मिलेर फुकाउन खोज्दा खतरापूर्ण स्थिति एउटाले महसुस गर्छ र आफू खतरामुक्त हुन चाहन्छ । त्यही विचार अर्कोमा नहुन सक्छ । उसले खतराको ज्वारभाटासँगै पौडेर पारि पुग्ने सम्भावना देख्छ । विचार मिल्दैन, एकता टुट्छ । अनि, एक अर्को विरुद्ध खनिन सुरु हुन्छ । भाषण गर्दा बसको यात्राको उदाहरण दिए पनि चढ्ने र ओर्लने भइरहन्छ भने पनि सहयात्रीहरू गन्तव्यमै पुग्ने वाचा गरे पनि परिस्थितिले दुवैलाई सँगसँगै अघि बढ्न साथ र सहयोग नगरेर एउटाले हार, अर्कोले जितको महसुस गर्दा दुवैलाई अपुरो त पक्कै हुन्छ, दुवैलाई ठिक भन्न सक्ने अवस्था हुन्न । बिल्ला जे भिराए पनि समस्या एउटाको होइन दुईटैको हो । त्यसैले व्यक्तिगत वा सङ्गठनात्मक सम्बन्ध राख्दैमा क्रान्तिकारी कोही भइहाल्दैन ।

    क्रान्तिप्रतिको लगाव निरन्तर र जीवनभर गर्ने काम हो । एउटाले अर्कोसँग राखेको सम्बन्धलाई वा क्रान्तिकारीबिचको आपसी सम्बन्धलाई एकता, सङ्घर्ष र एकताको आधारमा नवीकरण गर्दै आआफ्नो योग्यता, क्षमताअनुसारको नवीकरण गर्ने र नयाँ आधारमा एकता स्थापित गर्दै अघि बढ्नुपर्छ र बढ्न सक्नुपर्छ । त्यसो नगर्ने हो भने दर्जनौँ पार्टी बनिसक्दा पनि क्रान्तिको काम झन् झन् टाढा हुँदै जाने मात्र होइन, गैरक्रान्तिकारीको बिल्ला दुवैले भिर्नुपर्ने अवस्था पनि आउने सम्भावना रहन्छ ।

    बिहिबार, माघ २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.