खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको राष्ट्रिय सम्मेलन नजिकिँदै जाँदा संगठन निर्माण र प्रचारात्मक अभियान पनि तीब्र रुपले अघि बढेको छ ।
मूल प्रवाहको सम्मेलन यही फरवरी २७ देखि मार्च १ सम्म सञ्चालन हुने छ । फरिदाबाद हरियाणामा फरवरी २७ मा उद्घाटन समारोह तथा सांस्कृतिक कार्यक्रम, २८ फरवरी बन्द सत्र र १ मार्चमा विचार गोष्ठि एवम् घोषणा सभाको कार्यक्रम हुने छ ।
राष्ट्रिय सम्मेलन तयारीस्वरुप मूल प्रवाहले भारतब्यापी संगठन विस्तार तथा प्रचारात्मक कार्यक्रम, सदस्यता वितरण, नगर भेला, सम्मेलन गरिरहेको छ ।
त्यसै क्रममा चंडिगढ नगरसमितिद्वारा सञ्चालित पंचकुला एरिया समिति अन्तर्गत सुरजपुरमा टोल समिती गठन गरेको गरिएको छ ।

नगर सदस्य तथा एरिया अध्यक्ष सुरेस आचार्यको विषेश पहलमा आयोजित भेलामा मूल प्रवाहका क्षेत्रीय सदस्य प्रेम आचार्यले मूल प्रवाहको आठौं अखिल भारत सम्मेलन लगाएत समसामयिक विषयहरुमा प्रशिक्षण दिनुभएको थियो ।
भेलाले हुम बहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय सुरजपुर टोल समिति गठन गरेको छ । समितिको सचिव कमला आचार्य, कोषाध्यक्ष पूनम, सदस्यहरुमा जगत गैरे, पुष्पा गैरे, दीपांशु थापा, सुरेश आचार्य, सागर नेपाली, नारायण सिंह र बाबूराम नेपाली रहनु भएको छ ।
नवनिर्वाचित समितिलाई महिला क्षेत्रीय सदस्य तथा नगर संयोजक मायाँ आचार्यले शुभकामना दिनुभएको थियो ।

