• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

पृथ्वी जयन्ती र राजतन्त्र पुनर्स्थापनाको प्रश्न


  •   बुधबार, पुष २८, २०७८ मा प्रकाशित
  • मोहनविक्रम सिंह

    Advertisement

    ने.क.पा.(मसाल)ले पहिलेदेखि नै पृथ्वी जयन्ती मनाउने र त्यो दिन सार्वजनिक विदा दिनुपर्ने कुरामा जोड दिँदै आएको छ । हिजो (पुस २७ गते) पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपतिले समेत गएर दोस्रो पल्ट पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापन गर्नु स्वागतयोग्य कुरा हो । तर सरकारले नै पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिनुपर्ने आवश्यकतामा हामीले पहिले पनि जोड दिदै आएका छौँ र पुनः जोड दिन्छौँ ।

    पूर्वराजाले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापन गरेको कुरालाई कतिपय मानिसहरूले राजतन्त्रको पुनस्र्थापनासित जोडेर हेर्न थालेको पनि देखिन्छ । तर पृथ्वीनारायणप्रति आदर प्रकट गर्नु र राजतन्त्रको पुनर्स्थापनाको कुरा– यी दुई बेग्लाबेग्लै कुरा हुन् र ती दुवैलाई एकैसाथ जोडेर हेर्नु सही हुँदैन ।

    नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको ठूलो योगदान छ । उनको त्यस प्रकारको भूमिकाको अभावमा भारतका अन्य कैयौँ राज्यहरू जस्तै नेपालका सानातिना राज्यहरू पनि ब्रिटिश साम्राज्यको अङ्ग बन्न पुग्ने कुरा निश्चित थियो । तर उनको ऐतिहासिक भूमिकाको कारणले एउटा पृथक राष्ट्रको रुपमा नेपालको अस्तित्व रहन सक्यो । त्यसैका लागि हामीले उनीप्रति आदर प्रकट गर्नु पर्दछ । तर पछि नेपालमा राजतन्त्र निरंकुश र प्रतिक्रियावादी शासन व्यवस्थाको रूपमा बदलियो । २००७ सालमा राजतन्त्र वैधानिक रुपमा स्थापित भयो । तर २०१७ साल र २०५९ सालमा राजतन्त्रलाई पुनःनिरंकुश रुप दिने प्रयत्न गरियो ।

    जनताको वीरतापूर्ण संघर्ष र बलिदानद्वारा २०६२-६३ सालको महान आन्दोलनपछि नेपालमा राजतन्त्रको अन्त भयो र गणतन्त्रको स्थापना भयो । गणतन्त्रको स्थापना भएदेखि नै राजावादीहरूले गणतन्त्र र धर्म निरपेक्षतालाई समाप्त गर्न लगातार अभियान चलाउँदै आइरहेका छन् र पूर्वराजाले त्यो अभियानको नेतृत्व गरिरहेको कुरा कुनै लुकेको कुरा होइन ।

    पूर्वराजाले एकातिर कैयौँ मन्दिरहरुमा गएर आजापूजा गरेर राजतन्त्रको पुनर्स्थापनाको पक्षमा जनमत तयार पार्ने प्रयत्न गरिरहेका छन् भने अर्कातिर पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण गरेर जनताको समर्थन बटुलेर राजतन्त्रको पुनर्स्थापनाको पक्षमा जनमत तयार पार्ने प्रयत्न गर्दै छन् । तर हिन्दु धर्म वा पृथ्वीनारायण शाहको ऐतिहासिक भूमिकाका आधारमा राजतन्त्रको पुनस्र्थापना गर्ने उनको प्रयत्न कुनै पनि हालतमा सफल हुन सक्ने छैन ।

    त्यस प्रकारको पृष्ठभूमिमा पृथ्वीनारायण शाहप्रति आदर प्रकट गर्नुको अर्थ कुनै पनि अवस्थामा राजतन्त्रको पुनर्स्थापना हुँदैन र हुन पनि हुन्न । त्यसकारण हाम्रो पार्टीले एकातिर नेपालको एकीकरणमा पृथ्वीनारायणले खेलेको एतिहासिक भूमिकाप्रति उच्च आदर प्रकट गर्दछ भने अर्कातिर राजतन्त्रको पुनर्स्थापना गर्न चाहने सबै प्रतिगामी प्रयत्नहरूको दृढतापूर्वक र सम्झौताहीन प्रकारले विरोध र भ्रत्र्सना गर्दछ ।

    बुधबार, पुष २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.