खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूर पश्चिमोत्तर क्षेत्रको हिसार नगर समितिले नेपाली मजदुरलाई कोरोनाविरुद्धको खोप लगाउन पहल गरेपछि त्यहाँका मजदुरहरु मूल प्रवाहमा संगठित भएका छन् ।
मूल प्रवाहले कुनै पनि परिचय पत्र नभएका नेपालीहरूलाई निरन्तर खोप उपलव्ध गराएको पाँचौ दिन बुधबार उनीहरुले सदस्यता लिएका हुन् । सो क्रममा दर्जनौं नेपाली एकता समाजमा संगठित बनेका छन् ।
मूल प्रवाहका केन्द्रीय सल्लाहकार तारा सोमरे, नगर अध्यक्ष नन्द बहादुर लम्तरी, सदस्य योगेन्द्र दर्लामी, लाल बहादुर चुदाली, हरिस चन्दको सक्रियतामा कोरोना विरुद्बको खोप कार्यक्रम जारी छ । कार्यक्रममा उपस्थित नेपालीहरुले खोप लगाएपछि उत्साहपूर्वक मूल प्रवाहको सदस्यता लिएको केन्द्रीय सल्लाहकार तारा सोमरेले बताउनु भएको छ।
स्मरण रहोस् मूल प्रवाह हिसारको पहलमा कुनै पनि परिचय पत्र नभएका श्रमजीवी नेपालीहरुका लागि खोपको सुविधा उपलब्ध गराउन जील्ला उपायुक्तलाई भेटि ज्ञापन दिइएको आधारमा दैनिक खोप लगाउने कार्य चलिरहेको छ ।

