• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

हिंसापीडित महिला र किशोरीका लागि ‘अल्पकालिन सेवा केन्द्र’ सञ्चालन


  •   मङ्गलबार, पुष २७, २०७८ मा प्रकाशित
  • जुमान सिंह केसी, प्युठान ।
    प्युठानको मल्लरानी गाउँपालिकाले हिंसापीडित महिला तथा किशोरीहरुका लागि अल्पकालिन सेवा केन्द्र सञ्चालन गर्ने भएको छ। लुम्बिनी प्रदेशका सभासद हरि रिजालले मंगलबार एक कार्यक्रमबिच सेवा केन्द्रको उद्घाटन गर्नु भएको छ ।

    Advertisement

    केही वर्ष अगाडिदेखि संघ सस्था तथा सहकारीबाट खलंगामा अल्पकालीन सेवा केन्द्र सञ्चालित हुँदै आएको थियो । नियमित स्रोतको अभावमा पीडित हरुलाई सेवा दिन तथा लिन अप्ठ्यारो परिरहेको अवस्थालाई मध्यनजर गर्दै दीर्घकालीन र नियमित सेवा उपलब्ध गराउनका लागि स्थानीय सरकारबाट सञ्चालन गर्ने निर्णय गरिएको मल्लरानी गाउँपालिका उपाध्यक्ष सरिता जिसीले बताउनु भयो ।

    संघीय सरकारबाट सेवा केन्द्रका लागि रु ५ लाख प्राप्त भएको र केही रकम गाउँपालिकाबाट बिनियोजन गरी सेवा केन्द्र सञ्चालन गर्न लागिएको उपाध्यक्ष जिसीले जानकारी दिनुभयो ।

    मल्लरानी गाउँपालिकाले ०७८–०७९ मा गाउँ सभाबाट निर्णय भएकोले सेवा केन्द्रलाई सुरुवात गरिएको प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले जानकारी दिनु भयो । साथै उहाँले साविकको सदरमुकाम रहेको र जिल्ला स्तरीय सम्बन्धित कार्यालय समेत खलंगामा रहेको हुदा हिंसा पीडितहरुलाई सेवा तथा न्याय प्राप्त गर्न सजिलो हुने भएकोले पनि गाउँपालिकाको ध्यान केन्द्रित भएको बताउनु भयो ।
    मल्लरानी गाउँपालिकाले सेवा केन्द्रको नेतृत्व गरेको भएता पनि प्युठान जिल्लाका सबै हिंसा पीडित महिला तथा किशोरी हरुका लागि सेवा दिने गाउँ पालिका अध्यक्ष अमरध्वज रानामगरले बताउनु भयो ।

    सेवा केन्द्रबाट न्यायमा पहुच, स्वास्थ्य उपचार सेवा, परामर्श सेवा, आस्रश्र सहितको सुरक्षा तथा अन्य तत्काल दिनु पर्ने सेवाहरु प्रदान गरिने गाउँपालिकाले जनाएको छ।

    पालिकामा गठित सेवा केन्द्र सञ्चालन स्थानीय निर्देशन समितिबाट अनुगमन गरी न्यूनतम मापदण्ड पुरा भएको पाइएकोले सेवा केन्द्रलाई सुचारु गर्न लागिएको महिला बालबालिका शाखाका रेवती न्यौपानेले बताउनु भयो।

    गाउँपालिकाले तत्काल आवस्यक पर्ने कर्मचारी तथा सामग्रीहरुको व्यवस्था गरेको छ। अझै व्यवस्थित र गुणस्तरीय सेवाका लागि सम्बन्धित निकायहरुमा सहकार्य तथा समन्वय गर्ने निर्णय समेत गरिएको छ।

    अब स्थानीय सरकारले नै सेवा केन्द्रको सञ्चालन गरेसँगै हिंसा पीडित तथा प्रभावित महिला तथा किशोरीहरुले सहज र निरन्तर सेवा पाउने आशा गरिएको छ।

    मङ्गलबार, पुष २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.