• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

‘निराशा र पलायनवादी प्रवृत्तिविरुद्धको संघर्ष आजको आवश्यकता’


  •   मङ्गलबार, पुष २७, २०७८ मा प्रकाशित
  • डवल बोगटी

    Advertisement

    छरिएर रहेको नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने प्रयास स्वरूप २०२८ सालमा कमरेड मोहनविक्रम सिंहको नेतृत्वमा ‘केन्द्रीय न्युक्लस’ गठन भयो । त्यही जगमा उभिएर, राष्ट्रिय अन्तर्राष्ट्रिय बाधाअबरोधको सामना गर्दै नेपाल कम्युनिष्ट पार्टी (मसाल) जनतामा माझमा स्थापित बनेको छ ।

    देशी विदेशी प्रतिक्रियावादी तत्वहरूसँगको सम्झौताहीन संघर्षको फलस्वरुप हाम्रो पार्टी नेपालको राजनीतिमा आफ्नो छुट्टै विरासत कायम गर्न सफल एक स्वर्णिम इतिहास बोकेको राजनीतिक शक्ति बनेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखिएको उग्रवामपन्थी भड्काउ, दक्षिणपन्थी संसोधनवादको विरुद्ध र सर्वहारा सांस्कृतिक क्रान्तिको पक्षमा हाम्रो पार्टीले निरन्तर क्रान्तिकारी आन्दोलनको झण्डा उठाइ रह्यो ।

    विभिन्न खालका फुट र विभाजनको सामना गर्दै २०४० सालदेखि नेकपा (मसाल) को नामबाट देशको वाम तथा प्रजातान्त्रिक आन्दोलनमा यो पार्टीको महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । कतिपय अवस्थामा बाहिरबाट भन्दा पनि पार्टी भित्रैबाट पार्टीमा लुकेर बसेका छद्म अवसरवादी तत्वहरूबाट पार्टीलाई तहसनहस पार्ने र प्रतिक्रियावादी कित्तामा सामेल गराउने दुष्प्रयत्न हुँदै आएका छन् । तर पार्टीको सचेत र सम्झौताहीन संघर्षको फलस्वरुप यस्ता दुष्प्रयत्नहरू असफल हुँदै आएका छन् ।

    गत २०७६ साल जेष्ठ १६ देखि २२ गतेसम्म नेकपा (मसाल)को आठौं महाधिवेशन सम्पन्न भयो । आठौं महाधिवेशन अगाडिदेखि पार्टी भित्रको एउटा समूहले योजनावद्ध किसिमले पार्टीका आन्तरिक सूचनाहरूलाई बाहिर सार्वजनिक गर्ने, पार्टी नेतृत्वलाई नभएका आरोप लगाएर बदनामित गर्ने, सतहमा ठूला ठूला क्रान्तिकारी नारा दिने र पार्टीभित्रका इमान्दार कार्यकर्ताहरूमा भ्रम सिर्जना गर्ने जस्ता कैयौं घृणित गतिविधि सञ्चालन गरिरहेका थिए ।

    पार्टीभित्र देखिएका फरकमतलाई पार्टीले विधिवत ढंगले तल्लो कमिटीसम्म छलफल गराएको थियो । महाधिवेशनका लागि प्रस्तुत दुईवटा प्रस्तावमाथि तल्लो तहसम्मको छलफलपछि जनवादी केन्द्रियताको सिद्धान्त अनुरुप महाधिवेशनमा छलफल र मतदान भयो । आठौं महाधिवेशनले बहुमतद्वारा पेश गरिएको प्रस्तावलाई स्वीकृत गरेको कुरा आम रुपमा थाह भएकै विषय हो ।

    मार्क्सवादी लेनिनवादी संठनात्मक प्रणालीलाई अंगीकार गर्ने हाम्रो जस्तो कम्युनिष्ट पार्टीका लागि महाधिवेशनद्वारा स्वीकृत लाइन नै पार्टीको आम कार्यदिशा हो । पार्टीको स्वीकृत नीतिलाई अर्को महाधिवेशनसम्म सबैले मानेर जानुको विकल्प हुँदैन ।

    ‘छलफलमा स्वतन्त्रता, कार्यशैलीमा एकता’ हाम्रो संगठनात्मक पद्धतिको महत्वपूर्ण पक्ष हो । आफूलाई चित्त नबुझेका र मनमा लागेका कुरा अनुशासित ढंगबाट सम्बन्धित कमिटीमा राख्नका लागि कुनै पनि कमरेडलाई रोकटोक हुँदैन तर फुटपरस्त तत्वहरू यो कुरालाई स्वीकार गर्न तयार भएनन् । र, पार्टीभित्र अनुशासन विहीनताको स्थिति देखा पर्न थाल्यो । यस्तो स्थितिमा पार्टी किंकर्तव्यविमूढ भएर बस्ने कुरा हुँदैन थियो । पार्टीले कतिपय अनुशासनविहीन तत्वहरूलाई अनुशासनको कारबाही गर्यो र पार्टीभित्र अनुशासनको अवस्थालाई सुदृढ पार्ने कदम चाल्यो ।

    क्रान्तिकारी आन्दोलनको रक्षाका लागि पार्टीले चालेको यो कदम ऐतिहासिक आवश्यकता थियो । एक जीवन्त कम्युनिस्ट पार्टीभित्र दुई लाईनको संघर्ष चल्नुलाई अस्वाभाविक मान्न सकिँदैन, यसले पार्टीलाई नयाँ जीवन दिन्छ तर पार्टीभित्र चल्ने संघर्ष स्वस्थ, मैत्रिपूर्ण र क्रान्तिको हितमा हुनु अपरिहार्य हुन्छ । पार्टी भित्र घुसेका कथित क्रान्तिकारी मुकुण्डोधारी अवसरवादी तत्वहरूले नियतवश पार्टी संगठनलाई धुजा धुजा पार्ने र क्रान्तिकारी आन्दोलनबाट आफू मात्र होइन कतिपय इमान्दार कमरेडहरूलाई पनि विमुख गर्ने नियतका साथ आएका थिए भन्ने कुरा पछिल्लो घटनाक्रम हरूले पुष्टि गरि सकेका छन् ।

    यो विषयमा हामीले धेरै भनि राख्नु पर्ने जरुरी छैन । नियत र परिस्थिति दुई भिन्ना भिन्नै विषयहरू हुन् । कोही मान्छेहरू खास नियत बोकेर पार्टीभित्र प्रवेश गरेका छन् भने उनीहरूलाई जति प्रयास गरेपनि आन्दोलनको बाटोमा अगाडि लैजान सकिँदैन तर कतिपय इमान्दार कमरेडहरूलाई भ्रममा पारेर अथवा झुटा आश्वासन दिएर उनीहरूले आन्दोलन बाट विमुख गराउन सफल भएका छन्, हाम्रो प्रयत्न उनीहरूलाई पार्टी संगठनमा फर्काउन तिर नै हुनु पर्दछ।

    पार्टी भित्र घुसेका कथित क्रान्तिकारी मुकुण्डोधारी अवसरवादी तत्वहरूले नियतवश पार्टी संगठनलाई धुजा धुजा पार्ने र क्रान्तिकारी आन्दोलनबाट आफू मात्र होइन कतिपय इमान्दार कमरेडहरूलाई पनि विमुख गर्ने नियतका साथ आएका थिए भन्ने कुरा पछिल्लो घटनाक्रमले पुष्टि गरि सकेका छन् ।

    केही दिन अगाडिसम्म नेकपा (मसाल) दक्षिणपन्थी दिशामा गयो, क्रान्तिकारी बाटो परित्याग गर्यो, कांग्रेसको पुच्छर बन्यो, गरिब, किसान, मजदुरका समस्यालाई उठान गर्न सकेन भनेर उफ्रिनेहरूको क्रान्तिकारी लफ्फाजीको आवरणमा के नियत लुकेको रहेछ भन्ने कुरा प्रष्ट भइसकेको छ । झट्ट सुन्दा क्रान्तिकारी नारा, भाषण, वक्तव्य, निकै आकर्षक, मनमोहक र उन्माद पैदा गर्ने खालका हुन्छन् । तर, यस्ता नाराहरूलाई ठोस रूप दिनका लागि सुझबुझपूर्ण नेतृत्व, दृढ इच्छाशक्ति, त्यागको भावना र उच्च प्रकारको निर्णय क्षमता चाहिन्छ । कसैको इच्छा, लहडको भरमा क्रान्ति हुने भए २०२८ सालको झापा विद्रोह कालमै क्रान्ति सम्पन्न भइसकेको हुन्थ्यो । लहड र इच्छाले कसैको महत्वाकांक्षा त पुरा होला तर यसले आन्दोलनमा ठूलो क्षति पुर्याउने काम गर्दछ ।

    पार्टी इतिहासमा पटक पटक यस्ता खालका भड्कावहरू देखिँदै आइरहेका छन् । आजसम्मको अनुभव र तथ्यले के कुरा देखाएको छ भने एक निश्चित अवधिसम्म पार्टीले प्रशिक्षित गर्छ, नेता बनाउँछ, पहिचान दिन्छ जब उसले संसार देख्न थाल्छ, वर्तमान संसासँग आफूलाई तुलना गर्न थाल्छ । उसको महत्वाकांक्षा यति चुलिन्छ कि पार्टीभित्र बसेर पुरा नहुने देखिसकेपछि उ कुनै न कुनै बहाना खोजेर पार्टीभित्र अराजकता मच्चाएर, ठूला ठूला क्रान्तिकारी कुरा गरेर अन्ततः आन्दोलन बाट नै पलायन हुन्छ । कम्युनिष्ट आन्दोलन सपना देख्ने हरूको आन्दोलन हो, जसले सपना देख्न सक्दैन, आफ्नो अगाडि जे छ त्यसलाई मात्र देख्छ, भविष्यप्रति आशावादी बन्न सक्दैन भने त्यस्ता मान्छेहरू यो आन्दोलनमा लामो समयसम्म टिकिरहन सक्दैनन् र पलायनको बाटो समाउन पुग्दछन् । हामीले रोजेको बाटोमा कैयौं दुःखहरू छन् । यो बाटोमा हिँड्ने क्रममा थुप्रै प्रकारका विघ्न, बाधा र अवरोधहरू आउँछन् ।

    अहिले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । क्रान्तिका दुस्मनहरू कैयौं गुणा शक्तिशाली छन् । विभिन्न स्वरूपमा क्रान्तिकारी आन्दोलनलाई खतम गर्नका लागि उनीहरूले आफ्नो शक्ति लगाई रहेका छन् । यस्तो विषम परिस्थितिमा यो आन्दोलनमा छद्म तरिकाले घुसेका अवसरवादीहरूलाई टिकिरहन र टिकाई राख्न सम्भव हुँदैन । त्यसकारण केही समय भ्रम पार्नका लागि उनीहरू बाहिरी आवरणमा क्रान्तिकारी जस्तो अभिनय गर्दछन् । तर भित्रभित्रै चरम निराशा, कुण्ठा, बदलाको भावना पालेर बसेका हुन्छन्, जसको फलस्वरुप पलायनवादी बाटो समाउन पुग्दछन्, जुन कुरा तथ्यले स्पष्ट पारि सकेको छ ।

    पार्टीभित्र लामो समयसम्म छद्म रूपमा अराजकता मच्चाउनेहरूको एउटा झुण्ड प्रचण्डको टाङमुनी छिरिसकेको छ । यिनीहरूको बारेमा हामीले धेरै समय खर्चिनु पर्ने खास कारण अब केही पनि छैन । यस्ता खालका प्रवृत्तिलाई बुझिराख्दा पुग्यो । तर एउटा पंक्ति अझै मझधारमा बसेर ठूला ठूला क्रान्तिकारी नारा ओकलिरहेको छ । अब हामीले यिनिहरूको भ्रममा परेका इमान्दार साथीहरूलाई पार्टीमा फर्किने वातावरण निर्माण गर्नु पर्नेछ र यिनिहरूलाई प्रश्न गर्नु पर्ने छ, क्रान्ति गर्न कसले रोक्यो ? यतिका दिनसम्म एउटा पार्टी घोषणा गरेर स्पष्ट दिशा दिन नसक्नेहरूलाई क्रान्तिकारी गफ हाँक्न अलिकति सरम लाग्नु पर्ने हो तर लाज पचाई सकेपछि केही नलाग्दो रहेछ ।

    अब यस्ता खालका प्रवृत्तिहरूलाई समयमै चिन्नु जरुरी छ । आजको हाम्रो पार्टीको तत्कालीन अवस्थालाई मात्र ध्यान दिएर हामीले सोच्यौँ भने हाम्रा अगाडि कैयौँ चुनौतीका चाङहरू छन् । तर सधैँभरि यो स्थिति रहने छैन । समग्र विश्वपरिवेश, बदलिँदो सामाजिक अन्तर्विरोध, ब्यापक असमानता, मेहनतकस जनतामाथिको शोषण दमन र भावी मुक्ति आन्दोलनको सपना देखेर हामी निरन्तर संघर्षरत रहने हो भने हामीले हाम्रो संघर्षलाई निरन्तर अगाडि बढाउन सक्ने छौँ । र, पाइला पाइलामा उज्ज्वल भविष्य देखिने छ । त्यसकारण निरन्तर आशावादी बनौँ, सपना देखौँ, निराशा र पलायनवादी दृष्टिकोणको विरुद्ध निरन्तर संघर्ष गरौँ ।

    (लेखक राष्ट्रिय जनमोर्चा, डोटीका अध्यक्ष हुनुहुन्छ ।)

    मङ्गलबार, पुष २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.