• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

आर्मी, पुलिस, एपीएफ र बागमतीको विजयी सुरुवात


  •   सोमबार, पुष २६, २०७८ मा प्रकाशित
  • काठमाडौं । विभागीय टोलीत्रय त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ र बागमती प्रदशले आजबाट राजधानीमा सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेका छन् ।

    Advertisement

    कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आज भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रन तथा पुलिसले सुदुरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेका हुन । यस्तै अर्को खेलमा एपिएपफले प्रदेश २ लाई २४ तथा बगामती प्रदेशले लुम्बिनी प्रदेशलाई ४९ रनले हराएर प्रतियोगितामा सुखद सुरुआत गरेका हुन् ।

    १ सय १७ रनको लक्ष्य पछ्याएको कर्णाली १४.४ ओभरमा सबै विकेट गुमाएर मात्र ५३ रन जोड्न सक्यो । कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक १६ तथा कप्तान रविन्द्र शाहीले १५ रन जोडे । आर्मीका लागि जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट हात पारे । सुशान भारी र शहाब आलमले दुई–दुई विकेट लिए । सोमपाल कामी र विक्रम सोबले एक–एक विकेट हात पारे ।

    यस अघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय १६ रन जोड्यो । आर्मीका लागि कप्तान विनोद भण्डारीले २९ रन जोडे । हरि चौहानले २० रन जोड्दा रोहित पौडेल र कुशल मल्ल समान १० रनमा आउट भए । सोमपाल कामी ९ रनमा आउट हुँदा जितेन्द्र मुखिया ८ रनमा अविजित रहे । कर्णालीका प्रकाश जैशीले ३ विकेट लिए । अनुज चुनराले २ तथा दिनेश अधिकारी, रविन्द्र शाही र राज शाहले १/१ विकेट लिए ।

    यस्तै मुलपानी क्रिकेट मैदानमा पुलिसले दिएको ९४ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर ९१ रन मात्र बनाउँदा पुलिसले २ रनको रोमाञ्चक जित निकालेको हो । सुदुरपश्चिमका लागि जगेन्द्र बोहराले २७ रन जोडे । नारायण जोशीले २२ रन जोड्दा खडक बोहरा १३ रनमा आउट भएका थिए । पुलिसका आरिफ शेखले ४ विकेट लिए । दिपेन्द्र सिंह ऐरी, करण केसी र पवन सर्राफले १/१ विकेट लिए ।

    यस अघि पहिला ब्याटिङ गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाएर ९३ रन बनाएको थियो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक २१ रन जोडे । यस्तै पवन सर्राफले २० रन जोड्दा आरिफ शेखले १० रन बनाए । सुदुरपश्चिमका नारायण जोशी र आदित्य महताले ३/३ विकेट लिए । शेर मल्लको नाममा २ विकेट रह्यो ।

    कीर्तिपुरकै अर्को खेलमा एपिएफले प्रदेश नम्बर २ लाई २४ रनले पराजित ग¥यो । १ सय ६४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएरमात्र १ सय ३९ रन जोड्न सक्यो । हरिशंकर साहले २६ बलमा ३६ रन तथा मोहमद आदिल आलमले १४ बलमा ३५ रनको योगदान गरेपनि त्यो जितका लागि पर्याप्त भएन । एपीएफका लागि अविनाश बोहरा, भुवन कार्की र कमल ऐरीले समान दुई–दुई विकेट हात पारे । शरद भेषावकर र किशोर महतोको नाममा एक–एक विकेट रह्यो ।

    यस अघि एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन जोडेको थियो । एपीएफका लागि आसिफ शेखले ४५ बलमा सर्वाधिक ६३ रनको योगदान गरे । प्रदेश २ का लागि रितेश सिंहले सर्वाधिक चार विकेट हात पारे । विवेक यादवले एक विकेट लिए ।
    अर्को खेलमा बागमतीले मूलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेशमाथि ४९ रनको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । जितका लागि १ सय १५ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५.४ ओभरमा समेटियो । कप्तान कृष्ण कार्कीले सर्वाधिक १६ रन तथा बसिर अहमदले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । बागमतीका लागि नन्दन यादवले सर्वाधिक ३ विकेट हात पारे । रामनरेश गिरी, तिलक भण्डारी र सुवास खत्रीले समान दुई–दुई विकेट लिए ।

    यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय १४ रन जोडेको थियो । बागमतीका लागि सुवास खुकुरेलले सर्वाधिक ५१ रन जोडे । कप्तान ज्ञानेन्द्र मल्ल १९ रनमा आउट भए । लुम्बिनीका लागि दुर्गेश गुप्ता र अनिल खरेलले दुई–दुई विकेट हात पारे ।

    प्रतियोगितामा मंगलबार पनि चार खेल हुनेछन् । मूलपानी र कीर्तिपुर मैदानमा गरी दुई/दुई खेल हुनेछन् ।

    सोमबार, पुष २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.