बुटवल । जातीय समता समाज लुम्बिनी प्रदेश समितिको अध्यक्षमा अईन्द्र विक निर्वाचित हुनुभएको छ । शनिबार बुटवलमा सम्पन्न प्रदेश भेलाले अईन्द्र विक (प्युठान) को अध्यक्षतामा नयाँ प्रदेश समिति चयन गरेको हो।
५ सल्लाहकारसहित २५ सदस्यीय प्रदेश समितिको उपाध्यक्षमा मान बहादुर विक (बाँके) सचिव राजु सुनार (अर्घाखाँची) सहसचिव प्रतिभा सुनार (रोल्पा), कोषाध्यक्ष खुमबहादुर विक (कपिलवस्तु चयन हुनुभएको छ ।
सदस्यहरूमा रूमा विक (प्यूठान), चन्द्रबहादुर नेपाली (दाङ), कृष्ण बराईली (रूपन्देही), दिल प्रसाद नेपाली (रूपन्देही), नरेन्द्र विक (नवलपरासी), कृष्ण सुनार (अर्घाखाँची), भागीराम विक (रोल्पा), विनोद विक (प्यूठान), शमशेर परियार (प्यूठान) र शान्ति सुनार (दाङ) तथा वैकल्पिक सदस्यहरूमा मान बहादुर नेपाली (कपिलवस्तु), विष्णु सुनार (रूपन्देही), फुलमाया विक (पाल्पा), कृष्ण विक (गुल्मी), दाने सुनार (बर्दिया) रहनुभएको छ ।
यस्तै, भेलाले दिल बहादुर विक (कपिलवस्तु), बाबुराम पन्थी (अर्घाखाँची), सूर्य नेपाली (प्यूठान), जीत बहादुर विक (रूपन्देही) र गोबिन्द विक (रूपन्देही) लाई सल्लाहकार चयन गरेको छ ।
कार्यक्रमको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको थियो ।
प्रदेश समितिका उपाध्यक्ष बावुराम पन्थी सुनारको अध्यक्षता र सचिव अईन्द्र विकको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष राजेश विकले शुभकामना दिनुभएको थियो ।