अर्घाखाँची । अखिल (छैठौं) केन्द्रीय समितिले तय गरेको ‘विद्यालयदेखि विश्व विद्यालयसम्म’ को संगठनात्मक अभियान ढाकावांगमा भेला सम्पन्न भएको छ । मंगलबार ढाकावांगको विश्व माविमा प्रशिक्षात्मक भेला सम्पन्न भएको हो ।
अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष जिवन नेपालीले भेलालाई सम्बोधन गर्दै राष्ट्रियता, संघीयता र एमसीसीको अवधारणा बिषयमा विद्यार्थीहरुलाई प्रष्ट पार्नु भएको थियो ।
त्यस्तै, अखिल (छैठौं) का राष्ट्रिय परिषद् सदस्य तथा लुम्बिनी प्रदेश समिति सदस्य टेकराज भुसालले शैक्षिक क्षेत्रमा देखिएका विकृति हटाउन र निःशुल्क शिक्षा प्राप्त गर्न विद्यार्थीले राजनीति गर्नुपर्ने बताउनु भएको थियोे ।

सो भेलाले प्रशंसा खनालको अध्यक्षतामा २५ सदस्यीय अखिल (छैठौं) बिश्व माविको मूल इकाई समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा सन्तोष खनाल, सचिव मनिषा खनाल, सहसचिव कृष्ण खनाल र कोषाध्यक्षमा आशिका परियार चयन हुनुभएको छ ।
सदस्यहरुमा राज खनाल, अनिल बिक, सुजाता नेपाली, सन्ध्या खड्का, उमेश भुसाल, राजेश बिक, मनिष भुसाल, दिपक बिक, सन्तोष बन्जाडे, एलिना परियार, सुप्रिया राउत, विपना खड्का, रितृ खनाल, विपना थापा, अस्मिता भट्टराई, एलिसा खनाल र दिपक बिक रहनुभएको छ भने हाललाई ३ सदस्य रिक्त राखिएको छ।
प्रशंसा खनालको अध्यक्षता र अखिल (छैठौं) अर्घाखाँचीका उपाध्यक्ष प्रकाश चुदालीको सञ्चालनमा भेला सम्पन्न भएको थियो।

