काठमाडौं । काठमाडौंको त्रिपुरेस्वरस्थित वल्ड्र ट्रेड सेन्टरमा सोमबारदेखि ‘चीन तिब्बत व्यापार मेला’ शुरु भएको छ । नेपाल र चीनका उत्पादनहरुको प्रदर्शनी गर्ने तथा बजारको खोजि गर्ने उद्देश्य सहित नेपाल चीन उद्योग वाणिज्य संघ र तिब्बत बोर्डर ट्रेड चेम्बरले संयुक्त रुपमा मेलाको आयोजना गरेका हुन् ।
मेलालाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले नेपालको व्यापार घाटा बढ्दै गएको र चीनसँग पनि ठुलो मात्रामा व्यापार घाटा रहेको बताए । उनले नेपाल र चीनमा संयुक्त रुपमा गरिने व्यापार मेलाले नेपालका उत्पादनको प्रवर्धन गर्न सहयोग पु-याउने बताए । सचिव अर्यालले मेलाले बढ्दै गएको नेपालको व्यापार घाटालाई कम गर्न समेत सहयोग पु-याउने विश्वास व्यक्त गरे ।
मेलामा नेपाल र चीनको स्वसाशित क्षेत्र तिब्बतका व्यवसायीहरुको सहभागिता रहेको छ । मेलामार्फत दुई देशका उत्पादनहरुको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास आयोजकले गरेको छ । मेला चार दिन सम्म चल्ने छ ।