• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

वर्तमानभित्र भविष्य नियाल्ने प्रयास गरौँ


  •   आइतबार, मङि्सर २६, २०७८ मा प्रकाशित
  • लक्ष्मण बेल्बासे ##
    नेपालका सबै राजनीतिक दलले स्थापनाकालको प्रारम्भिक चरणमा इमान्दार र सिद्धान्तमा विश्वास गरेको पाइन्छ । त्यसैले होला, दललाई सबै जनताले रुचाए पनि । सबैलाई सहयोग र साथ पनि दिए । यसैको परिणामस्वरूप व्यवस्था परिवर्तन पनि सम्भव भयो ।

    Advertisement

    कुनै बेला धेरै सैद्धान्तिक बहस गर्ने दलहरू व्यावहारिकभन्दा धेरै सैद्धान्तिक भएको पनि पाइन्छ । तत्कालीन अवस्थामा कम्युनिस्ट होउन् या काङ्ग्रेस, सबैको नेतृत्व सम्पन्न परिवारबाटै आएको पाइन्छ । यिनै सम्भ्रान्त परिवारको तत्कालीन राज्यसत्तासँगको टकरावको परिणाम नेपालमा राजनीतिक पार्टीको जन्म एउटा कारण बन्न पुगेको थियो । बी.पी. हुन् या गणेशमान, सुवर्ण तथा सी.पी. मैनाली तथा झलनाथ—सबै सम्भ्रान्त परिवारबाटै आएका थिए ।

    काङ्ग्रेसमा भन्दा कम्युनिस्ट पार्टीमा धेरै सैद्धान्तिक बहस हुने गर्दथे । सायद सबै सैद्धान्तिक प्रवर्तक आयातित भएर पनि होला । पाठ्य सामग्रीको अभाव, भाषागत समस्यालगायत धेरै समस्या थिए पनि । त्यसैको परिणाम होला, धेरै कुरा अतिरञ्जित पनि रहेको पाइन्छ कम्युनिस्ट पार्टीमा । धेरै कम्युनिस्ट नेता–कार्यकर्ता भ्रमित भएको पनि पाइन्छ । सैद्धान्तिक कुरा र व्यवहारको तालमेल कहिँ कतै मिलेको पाइँदैन ।

    कुनै बेला धेरै सैद्धान्तिक बहस गर्ने दलहरू व्यावहारिकभन्दा धेरै सैद्धान्तिक भएको पनि पाइन्छ । तत्कालीन अवस्थामा कम्युनिस्ट होउन् या काङ्ग्रेस, सबैको नेतृत्व सम्पन्न परिवारबाटै आएको पाइन्छ । यिनै सम्भ्रान्त परिवारको तत्कालीन राज्यसत्तासँगको टकरावको परिणाम नेपालमा राजनीतिक पार्टीको जन्म एउटा कारण बन्न पुगेको थियो ।

    काङ्ग्रेसलाई बुर्जुवाको पार्टी भनेर त्यति धेरै महत्त्व दिने चलन थिएन कम्युनिस्ट पार्टीमा । काङ्ग्रेसलाई सधैँ दुस्मनशक्ति नै मान्ने चलन थियो । कुरा काङ्ग्रेसको पनि उस्तै थियो । अवस्था काङ्ग्रेसको पनि उस्तै नै रहेको छ । सत्ताको अभ्यासमा काङ्ग्रेस–कम्युनिस्ट सबैको हाल उस्तै देखियो । व्यावहारिक शिक्षाबाट दीक्षित भएर राजनीतिक चरित्रको विकास भएको कसैमा पनि देखिँदैन । सबै हिजोको बुर्जुवा तथा सामन्ती चरित्रबाट मुक्त हुन सकेनन् । त्यसैको परिणाम कम्युनिस्ट–काङ्ग्रेस सबै व्यवहारतः असफल नै देखिन्छन् । चुनावी परिणामलाई हेरेर सफलताको मापन गर्ने हो भने अर्कै रूप देखिन सक्छ तर त्यो मात्र विकल्पविहीन रोजाइ पनि हो । त्यसपछि हुने सत्ताको अभ्यासमा फेरि सबै असफल नै देखिन्छन् ।

    यसले के देखाउँछ भने हिँजो सैद्धान्तिक कुरामा सबै खरा नै थिए । उनी सबै सैद्धान्तिक कम्युनिस्ट र काङ्ग्रेस बनेका थिए । वास्तविक कम्युनिस्ट र काङ्ग्रेस बन्नै सकेनन् । दोष उनीहरूको मात्रै होइन, उनलाई सुगा बनाएर नेता बनाउने पार्टीको पनि उत्तिकै भूमिका थियो । निष्ठावान् र नैतिकवान् हुनुपर्छ भन्ने कम्युनिस्ट चरित्र हो । पार्टीस्कुलले सधैँ सैद्धान्तिक कुरा मात्र सिकायो । कम्युनिस्टहरू निजी सम्पत्तिमा रुचि राख्दैनन् र राख्नु पनि हुँदैन । यो राम्रो कुरा थियो ।

    समय गुज्रँदै गयो । कुनै बेला सबै सम्पन्न र सम्भ्रान्त परिवारका सबै सम्पत्ति खोसेर सबैलाई बाँडेर समानता ल्याउने विश्वास दिलाएको नेतृत्वले कसैलाई पनि पुँजीविहीन र घरबारविहीन पक्कै बनाउने छैन । कार्यकर्तामा यही विश्वास थियो । कसैका ठुला घर देखे पनि वा कसैका ठुला फाँट देखे भने यी सबै भोलि हाम्रै हुन् भनेर चित्त बुझाउने गर्थे। त्यसैले होला, आफ्नै बाउबाजेले जम्मा गरिदिएको जग्गाजमिन, पेसा–व्यवसायमा पनि निरन्तरता दिन आवश्यक ठानेन । भोलि हाम्रै पार्टीले सहजै व्यवस्था मिलाउने कुरामा आशावादी भइरहे ।

    लडाइँ सकियो । अवस्था यस्तो आयो, तिनै समानता र सामाजिक न्यायको कुरा गर्ने तिनै कम्युनिस्ट पार्टी सत्तासिन पनि भए । तिनै पार्टीका नेता राज्यसत्ताको साँचो हातमा लिएर घुम्ने भए । हिँजो सबैभन्दा धेरै सैद्धान्तिक कुरा हुने पार्टीमा सैद्धान्तिक र विचार गौण हुन थाले । किताबमा धमिराले बास बस्न थालेका छन् ।

    पार्टीले पनि सबै खुड्किला एकै चोटि पार गरेर समाजवाद र साम्यवादभन्दा वारिका कुरै गरेनन् । पहिले राष्ट्रिय पुँजीको प्रशस्त विकास गरेर मात्र समाजवादको आधार निर्माण हुन्छ भन्ने त्यति नै बेला बताउन आवश्यक ठानेन अथवा महाभारतमा कृष्णले जस्तै चलाखी गरे । यो एउटा बेइमानी थियो । यही समानताको आशामा ठुला ठुला बलिदानीपूर्ण राजनीतिक बद्लाव अर्थात् र व्यवस्था परिवर्तनसमेत सम्भव भए । तिनै लडाइँका दौरान त्यो लुटाइ र खोसाइको चरणमा भ्रष्ट मानसिकता भएका अलि चतुरले जीवनभर पुग्ने पुँजी जम्मा गरेर झनै क्रान्तिकारी बने भने इमान्दार कार्यकर्ताले परिवर्तनपछि आउने समानताको आसमा जीवनकै आहुति दिए र कल्पना गरे, भावी सन्तति स्वाभिमान र समानतासहितको विभेदरहित जीवन जिउन पाउने छन् । ती अबोध थिए र इमान्दार पनि।

    लडाइँ सकियो । अवस्था यस्तो आयो, तिनै समानता र सामाजिक न्यायको कुरा गर्ने तिनै कम्युनिस्ट पार्टी सत्तासिन पनि भए । तिनै पार्टीका नेता राज्यसत्ताको साँचो हातमा लिएर घुम्ने भए । हिँजो सबैभन्दा धेरै सैद्धान्तिक कुरा हुने पार्टीमा सैद्धान्तिक र विचार गौण हुन थाले । किताबमा धमिराले बास बस्न थालेका छन् । सबै कुरा ती आहुति दिने सहिद तथा जीवनमरणको लडाइँमा ज्यान जोगाउन सफल इमान्दार लडाकु तथा कार्यकर्ताले दखेको मिठो सपनाभन्दा विपना नितान्त भयानक तितो भएको छ ।

    पार्टी गुण्डाका आश्रयस्थल हुन थालेका छन् । न्यायालयदेखि क्यान्टिनको ठेक्कामा पार्टी नेतृत्वले भाग पाउने अवस्था विकास भएको छ । हरेक क्षेत्रको बेथिति स्वाभाविक लाग्न थालेको छ । अहिले त अवस्था यस्तो पनि भयो, पैसा र पदको लागि न्यायमूर्तिले कार्यकारिणी भूमिकामा आफ्नो उपस्थितिको भागबन्डा हेरेर न्याय सम्पादन गर्न थालेका छन् । कार्यकारी प्रमुखले आफ्नोअनुकूल फैसला गराउन पार्टीका कार्यकर्तालाई पार्टीकै लेटरप्याडमा नामै सिफारिस गरी न्यायमूर्ति नियुक्त गर्न लगाए ।

    यसरी सबैतिर बेथितिले पराकाष्ठा नै नाघेको अवस्था रहेको छ । यो राजनीति भन्ने शब्दको समेत दुरूपयोग भएको छ । जसरी भए पनि पैसा कमाइसकेकालाई राजनैतिक पद चाहिएको छ । राजनीतिक ओहदा मिलाइसकेकालाई पदै बेचेर पैसा चाहिएको छ । यही पद र पैसाको होडमा नेपालीका सपना पिल्सिएका छन् । हरेक व्यक्ति होस् या विशिष्ट व्यक्ति, सबैले होस गुमाएको यो बेला भएको छ । अश्वमेघ यज्ञको घोडा जस्तै बेलगाम कुदेका राजनीतिकर्मी, पेसा–व्यवसायकर्मी, न्यायकर्मी, समाजका अगुवा सबै सबैको आकर्षण पद र पैसा मा केन्द्रित हुँदै गएको छ । पेसागत मर्यादा सबैले गुमाएको अवस्था छ । यही सबैले पेसागत भनौँ या प्राकृतिक चरित्र गुमाएको—यो बेला सबै कुरा हराएको छ । इमान्दार र क्षमतावान्सँगै लामो समय पार्टीमा योगदान पुर्याएका तथा राजनीतिक जिम्मेवारी सम्हाल्दै गर्दा दुस्मनशक्तिबाट जीवन जोगाएर पार्टीलाई जीवन दिएका नेता पार्टीबाट बाहिरिने अवस्था बनेको छ ।

    पैसाकै कारण उनीहरू असक्षम हुँदै गएका छन् । पैसाको अगाडि इमान्दार र क्षमताको मूल्य न्यून भएको छ । यसकै परिणाम हिँजो इमान्दारिता बेचेर आज पैसावाल बनेका चरित्रहीन पैसावालहरू नै सत्ताको वरिपरि रहेका छन् । उनीहरूकै स्वार्थअनुकूल नीतिनिर्माण तथा अदालती निर्णय भएका छन् । यसैले जनताका कुरा सुनिदैन ।

    पैसाकै कारण उनीहरू असक्षम हुँदै गएका छन् । पैसाको अगाडि इमान्दार र क्षमताको मूल्य न्यून भएको छ । यसकै परिणाम हिँजो इमान्दारिता बेचेर आज पैसावाल बनेका चरित्रहीन पैसावालहरू नै सत्ताको वरिपरि रहेका छन् । उनीहरूकै स्वार्थअनुकूल नीतिनिर्माण तथा अदालती निर्णय भएका छन् । यसैले जनताका कुरा सुनिदैन । ती बाढीपीडित हुन् या महङ्गीको चपेटामा रोटी सेकाउन बाध्य गरिब जनता हुन्, मन्त्री प्रधानमन्त्री हुन या कर्मचारी सबै जनताका सेवक हुन् र जनताको पैसाबाट वेतन बुझ्ने गर्छन् तर पनि जनताले आफूलाई मालिक बनाउन सकेनन् । नोकरसँग खर्चको हिसाबकिताब माग्न सक्दैनन् । जनता कमजोर हुँदा कमजोर मान्छे नोकर हुने नियम पूरा गरेका छन् ।

    प्रजातन्त्रमै जनता रैती भएका छन् । नागरिकको हैसियत गुमाउँदै गएका छन् । अब राज्यसत्ताबाट जनताले केही हुन्छ भन्ने विश्वास पनि हराएको छ । यसैको परिणाम होला, जाति, भाषा र क्षेत्रको आधारमा विभाजित हुन थालेका छन् । यसले झनै सिङ्गो देश नै कमजोर हुने निश्चित छ । कमजोर बनेका जनतामा आशा हराएको छ । राजनीतिक दलप्रति नै निराशा बढेसँगै बदलाको भावले हेर्ने अवस्था बन्दै गएको छ । परिणाम राजनीतिक प्रणाली नै पश्चगमन हुने खतरा बढ्दै बढेको छ । यही अन्योलको अवस्थामा सीमा अतिक्रमणसँगै राष्ट्रिय अस्मिता नै खतरामा पर्न थालेको छ ।

    अहिलेको यो निराशाको समयबाट आशाको दियो बालेर फेरि पनि देश र समाजलाई सकारात्मक परिवर्तनको बाटोमा डो¥याउनु आजको प्रमुख आवश्यकता हो । इमान्दार नेता–कार्यकर्ताले फेरि जनतालाई भरोसा गर्ने आधार निर्माण गर्दै सैद्धान्तिक र व्यावहारिक कुराको तालमेल मिलाएर हिँड्नु अनिवार्य भइसकेको छ ।

    व्यक्तिभन्दा विधिविधान र कानुनअनुरूप देश अगाडि बढ्न सकोस्, जसको लाभ सम्पूर्ण जनताले लिन सकुन् । सबैले प्रणालीमा विश्वास गर्न सकुन् । अपनत्वको लिन सकुन्, तब देश आफै समृद्ध हुँदै जाने छ ।

    गलत बाटोबाट पाएको पद र गलत बाटोबाट जम्मा गरेको पुँजी क्षणिक हुन्छ । आफ्नै सन्तान बेघर हुन सक्छन् । अन्यायको सिकार हुन सक्छन् । पद र पैसाबाट क्षणभरमै टाढा पुग्न सक्छन् । विश्वभरि त्यस्ता थुप्रै उदाहरण रहेका छन् । परिवार नै निर्वासित भएका पनि धेरै उदाहरण छन् । त्यसैले वर्तमान मात्र हैन, भविष्यलाई पनि नियाल्ने बानी बसालौँ । आज भोलि नै हिँजो भइदिन्छ । यही समयको नियम हो, जसलाई हामीले चाहेर बदल्न सक्दैनौँ । यसले गर्दा आज पद र पैसा दुवै भएका बेला एउटा प्रणालीको विकास गरौँ । महाथीर हुन् या ली ब्वान सबैले एउटा सिङ्गो देशलाई प्रणालीमा ढालेका हुन् । देश व्यक्तिले भन्दा पनि प्रणालीले चल्ने कुराको विकास गरेका हुन् ।

    व्यक्तिभन्दा विधिविधान र कानुनअनुरूप देश अगाडि बढ्न सकोस्, जसको लाभ सम्पूर्ण जनताले लिन सकुन् । सबैले प्रणालीमा विश्वास गर्न सकुन् । अपनत्वको लिन सकुन्, तब देश आफै समृद्ध हुँदै जाने छ । आपसी विश्वास नै समृद्धिको आधार बन्ने छ । हरेक योजना सफल हुने छन् । समृद्धि आफै आउने छ ।

    आजैबाट प्रण गरौँ, सत्ता र शक्तिको दुरूपयोग बन्द गरौँ । घरपरिवारभन्दा माथि उठेर देशलाई नै सिङ्गो परिवार बनाउनतिर लागौँ, जसले गर्दा भोलि सत्ता र शक्तिभन्दा पर हुँदा पनि तपाईं र तपाईंको परिवार अपमानित हुनुनपरोस् । अहिलेको सत्ताको उन्मादको परिणाम भोलि निर्वासित हुनुनपरोस् । आफ्नै सन्तानले घृणा गर्ने अभिभावक बन्ने बाटो बन्द गरौँ । प्रल्हादकै बाउ हिरण्यकश्यपु बन्ने कोसिस नगरौँ । जनता जाग्दा जे पनि हुने हाम्रै नियम हो ।

    आइतबार, मङि्सर २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.