रिसव आचार्य, बुटवल ।
लुम्बिनी वाणिज्य क्याम्पस, बुटवलमा बीबीएसको भर्ना खुलाउन विद्यार्थी संगठनहरुले माग गरेका छन् ।
Advertisement
अखिल (छैठौं) सहित विभिन्न चार विद्यार्थी संगठनले मंगलबार विज्ञप्ति प्रकाशित गरी ‘सबै वर्गका विद्यार्थीले पढ्न सक्ने, सर्वशुलभ अध्ययन अध्यापन भइरहेको बीबीएस कार्यक्रमको भर्ना नखुलाउने नियत प्रष्ट देखिएको’ बताएका छन् ।
अखिल (छैठौं), अखिल (क्रान्तिकारी), नेविसंघ र अखिल (क्रान्तिकारी) द्वारा संयुक्त प्रकाशित विज्ञप्तिमा ‘विद्यार्थीका आवाज कुल्चने प्रयास गरे’ सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ ।


