काठमाडौं । कक्षा १२ को परीक्षाफल प्रकाशन भएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
Advertisement
एनईबी स्पेस अनि सिम्बोल नम्बर लेखी १६०० मा एसएमएस पठाएर वा आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा जानकारी पाउन सकिने बोर्डले जनाएको छ । तर, अहिले नतिजाको विवरण अपलोड भइरहेकाले केही समय लाग्ने भएको बोर्डले जनाएको छ ।
कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ सम्म सञ्चालन भएको थियो । जसमा ३ लाख ७४ हजार विद्यार्थी सहभागी भएका थिए।
गत वैशाखमै गरिनुपर्ने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण असोजमा सञ्चालन गरिएको थियो। परीक्षा होम सेन्टरमा सञ्चालन गरिएको थियो ।
परीक्षाको नजिता https://neb.ntc.net.np/ मा हेर्न सकिन्छ ।