• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मसाल विभाजन : एउटा बहुलट्ठीपन


  •   बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
  • नेकपा (मसाल)मा विभाजन ल्याउनको लागि विगत लामो समयदेखि ठूलो मेहनत भएको थियो । नेताकार्यकर्ताको सुझबुझका कारण हालसम्म विभाजन रोकिएको थियो । तर विभाजनको विरुद्धमा उभिएका कार्यकर्ताको प्रयत्न सफल हुन सकेन ।अन्ततः पार्टीबाट निष्काशित व्यक्तिहरुले नयाँ पार्टी घोषणा गरेका छन् । राष्ट्रिय भेला गरेर नयाँ पार्टी घोषणा गरिसकेर पनि हामीले पार्टी बनाएका होइनौं भनिरहेका छन् । त्योभन्नु निकै हास्यास्पद कुरा हो ।

    Advertisement

    पार्टीभित्र विगत लामो समयदेखि केन्द्रीय सम्पर्क केन्द्र बनाएको कुरा पत्रकार सम्मेलनमा स्वीकार गरेका छन् । हालसम्म त्यसलाई गोप्य राखिएको थियो । केन्द्रीय सम्पर्क केन्द्र अब ‘नेकपा (मसाल) केन्द्रीय समन्वय समिति’मा रुपान्तरण भएको छ । त्यही केन्द्रीय सम्पर्क केन्द्रले राष्ट्रिय भेलाको आयोजना गरेर पार्टी गठन गरेको कुरालाई अश्वीकार गर्ने कुरा इमान्दारिता होइन । हामीले नयाँ पार्टी घोषणा गरेका छौं, अब हाम्रो उद्देश्य यो हो, हाम्रा नीति र कार्यक्रमहरु यी हुन् भनेर जानु इमान्दारिता हो ।

    पार्टीविभाजन हुनै हुँदैन भन्ने पनि होइन । दर्शन, विचार, सिद्धान्त, नीति, कार्यक्रम, संगठनात्मक प्रणाली आदि कुरामा मिल्नै नसक्ने गरी भिन्नता आयो भने पार्टी अलग हुनु राम्रो कुरा हो । यदि साथीहरुका दर्शन, विचार, सिद्धान्त, नीति, कार्यक्रम, संगठनात्मक पद्धतिहरु फरक छन् भने उनीहरुको पार्टी घोषणा कार्यक्रममा नेकपा (मसाल)का प्रवक्ता गएर शुभकामना दिंदा पनि फरक पर्दैन ।

    उही विचार, उही सिद्धान्त, उही नीति, उही कार्यक्रम, उही संगठनात्मक प्रणाली अपनाएर पार्टी विभाजन गर्नु गम्भीर भुल र बहुलट्ठीपना हो । साथीहरुले अहिले त्यही बहुलट्ठीपना प्रदर्शन गरिरहेका छन । उनीहरुको क्रान्तिकारी लफ्फाजीको पर्दाफास भएको छ भनेर नेकपा (मसाल)का प्रवक्ताबाट जुन वक्तव्य प्रकाशित भएको छ, त्यो सही छ ।साथीहरुमा आत्मकेन्द्रित, महात्वाकांक्षा, नेतृत्वको कुण्ठाका कारण फुटपरस्त बाटो लिएका हुन् भनेर वक्तव्यमा भनिएको छ । कुरा त्यति मात्रै होइन, त्यो भन्दा अझै धेरै हो । साथीहरुमा देखा परेको कुरौटेपन, खुराफात, गालीगलौज, गैरराजनीतिक चरित्र, पार्टीले दिएका जिम्मेवारीहरुलाई पूरा गर्न नसक्ने गरी उनीहरुको क्षमतामा आएको ह्रास, बढ्दै गएको नैरास्यता, ग्लानी आदि धेरै कारणहरुले काम गरेको छ ।

    पार्टी फुटेको हो कि होइन ?
    कुरा प्रष्ट छ, पार्टी फुटाइएको हो । नेकपा (मसाल)बाट निस्कासित व्यक्तिहरुले २०७८ मंसिर ९ र १० गते चितवनमा राष्ट्रिय भेला सम्पन्न गरिसकेका थिए । मसालको विभाजन निश्चय पनि पार्टीका सम्पूर्ण नेताकार्यकर्तालाई पीडादायी हुनेछ । भविष्यमा उनीहरुले पनि त्यसको पीडा भोग्नेछन् ।

    नयाँ पार्टी गठन गरेका साथीहरुले पार्टीले उनीहरुमाथि कारवाही गरेको आरोप लगाएका छन् । एकछिनलाई उनीहरुकै आरोपलाई सही मानौं । पार्टीले एकै पटक कसैलाई पनि कारवाही गरेको होइन । केही महिना निलम्बन गरेको कुरा उनीहरु आफैले सार्वजनिक गरेका थिए । निलम्बनको केही महिना पनि कुर्न किन सकेनन् ?पार्टीले जिम्मेवारी नदिएको अवधिसम्म काम नगरी बस्न साथीहरुलाई के कुराले बाधा हालेको थियो ? साथीहरुले केही महिना काम नगर्दा वित्तिकै क्रान्तिलाई ठूलै नोक्सान पुग्ने थियो ? कारवाही भएकामध्ये धेरै साथीहरुले पहिले पार्टीबाट ६ महिना, १ वर्ष विदा लिने गर्दथे । पार्टीको कारवाहीलाई विदाकै रुपमा लिएर उनीहरुले आफ्ना व्यक्तिगत कामहरु गर्न सक्दैन थिए ? पढेर, लेखेर, पार्टीको प्रचार कार्यमा लागेर, उत्पादनका केही काम गरेर बस्न सक्दैन थिए ? उनीहरुले त्यो काम गरेनन् । किनभने कुरा कारवाहीको मात्रै थिएन, कुरा साथीहरुको भित्र लुकेको नियतको थियो । नियत बोलीमा भेटिंदैन, व्यवहारमा देखिंदै जाने कुरा हो ।

    साथीहरुको अहिलेको उद्देश्य पार्टीलाई आगामी चुनावमा जहाँ जसरी सकिन्छ, हराउने हो । त्यसको लागि साथीहरुले तयारी गरिसकेका छन् । नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने र चुनाव लड्ने । एउटै पार्टी दुई वटा भएर चुनाव लड्दा निर्वाचनमा हार्ने कुरा स्वभाविकै हुन्छ । यहाँ यो पनि उल्लेखनीय छ कि पार्टीले चुनावलाई रणनीतिक बनाएको हुनाले त्यसलाई कार्यनीतिक बनाउनको लागि पार्टीलाई दर्ता गर्ने बताएका छन् । साथीहरुको पार्टीले चुनावमा भाग लिंदा कार्यनीतिक हुने, राष्ट्रिय जनमोर्चाले चुनावमा भाग लिंदा रणनीतिक हुने ? यस्ता तर्कहरु गरेर दुनियाँलाई मुर्ख बनाउने प्रयत्न गरिरहेका छन् ।

    पार्टीमा फरक मत हुँदा वित्तिकै पार्टी अलग गर्ने धेरै पुरानो रोग हो । अहिले पार्टीबाट अलग भएको समूहले जुनसुकै तर्क गरे पनि उनीहरुका कुराहरु पुष्टि हुन सक्ने आधारहरु छैनन् । एउटै विचार, सिद्धान्त, राजनीति र कार्यक्रमलाई अगाडि बढाउनको लागि पार्टी अलग बनाउनुपर्ने कुनै आवश्यकता थिएन । बहुमतको निर्णयलाई स्वीकार गर्ने कुरामा उनीहरु सैद्धान्तिक रुपमा सहमत छन् । तर व्यवहारमा त्यही कुरालाई कार्यान्वयन गर्ने गरेका थिएनन् । पार्टीले गर्ने गरेका सामान्य कारवाहीलाई सार्वजनिक गर्दै पार्टी खराब हो भनेर प्रचार गर्ने गरेका थिए । वास्तवमा कारवाही आफै सार्वजनिक गर्ने ठूलो विषय होइन ।उनीहरु आफैले मलाई कारवाही भयो भनेर बहादुरी प्रदर्शन गरिरहेका थिए । पार्टीको कारवाहीमा परेपछि बहादुरी प्रदर्शन गर्नु सही तरिका थिएन। कारवाही ठीक थियो कि बेठीक थियो भन्ने कुरा समयले पुष्टि गर्दै लैजान्छ । कतिपय कारवाही गलत रहेछन् भने पनि समयले पुष्टि गर्दछ ।पार्टीले गरेको कारवाहीलाई गलत पुष्टि गर्नको लागि नेताकार्यकर्ताले धैर्यता देखाउन सक्नुपर्दछ । यदि पार्टीले गरेको कारवाही गलत छ भने पार्टीभित्रै लड्न सक्नुपर्दछ । कारवाही गलत छ भनेर पार्टीभित्र सफाई दिन सक्नुपर्दछ । तर उनीहरुले पार्टीलाई गलत देखाउँदै आफू सही भएको सार्वजनिक गर्दै आएका थिए । साथीहरुमा धैर्यताको छेउटुप्पो पनि देखिएन । परिवर्तनको लामो यात्रामा हिंडेका साथीहरुले ६ महिना पनि कुर्न नसक्ने गरी कुन चाहिं ग्रन्थीले काम ग-यो भन्ने कुरा आफै जाँच गरेर हेर्दा पनि पत्ता लगाउन सक्नेछन् ।

    गालीगलौजको नशामा डुबेपछि…
    हाँक साप्ताहिक कब्जा गरिनु पार्टीमा सामान्य घटना थिएन । पार्टी निर्णयको गम्भीर उल्लंघन थियो । हाँक साप्ताहिक पार्टीको वैधानिक पत्रिका थियो र त्यही पत्रिकाले नेकपा (मसाल)को प्रचारकार्यमा प्राण धानेको थियो । पत्रिका सबैथोक होइन, तर पार्टीमा विचार प्रवाह गर्ने महत्वपूर्ण साधन भने अवश्य हो । हाँक साप्ताहिक व्यक्तिको नाममा रहेको पत्रिका थियो । तर व्यक्ति एक्लैको निर्णयले मात्रै हाँकसम्बन्धी पार्टी निर्णय उल्लंघन भएको थिएन । पार्टीभित्र रहेका धेरै साथीहरुको सहयोगकै कारण हाँकसम्बन्धी निर्णयको उल्लंघन भएको थियो ।
    हाँक साप्ताहिकनेकपा (मसाल)विरुद्धको अखडा बनेको छ । पार्टीको वैधानिक पत्रिकालाई पार्टीविरुद्धको अखडा बनाइएपछि र त्यही अखडामा पार्टीका पूर्व पोलिटव्युरो सदस्यहरु, पूर्वकेन्द्रीय सदस्यहरु, वैधानिक मोर्चाका पूर्वप्रमुखहरुले लेखेका लेखहरु प्रकाशित भइरहेका छन् । नियोजित प्रकारले मसालका विरुद्धमा प्रहार गरिएको छ । सार्वजनिक रुपमा पार्टीका विरुद्धमा प्रहार गरिएपछि पार्टी कमजोर हुुन्छ भन्ने कुरा थाहा नभएको होइन ।

    हाँक साप्ताहिकमा मसालका विरुद्धमा लेख्न सक्ने जति सबै लेखिसकिएको छ । त्यहाँ लेख्ने व्यक्तिहरु लेख लेख्दालेख्दै वाक्क दिक्क भइसकेका छन् ।किनभने तिनीहरुले पार्टी एकताको कुरा गर्न थालेका छन् । करिब दुई वर्ष पार्टीको विरुद्धमा प्रहार गरिरहेको हाँक साप्ताहिकमा किन पार्टी एकताको कुरा गर्न थालिएको छ ? किनभने तिनीहरु थाकिसकेका छन् । पहिले पार्टीका विरुद्धमा विद्रोह गर्नुपर्छ भन्नेहरु अहिले एकता गर्नुपर्छ भन्न थालेका छन् । तर समस्या के छ भने, उनीहरुलाई गालीगलौजको नशा लागेको छ । कुनै पनि व्यक्ति गाँजा, चरेस, रक्सी, खैनी, चुरोटको नशामा परेपछि ऊ शारीरिक र मानसिक रुपमा थकित र कमजोर हुन्छ । धेरै कमजोर भएपछि उसले ‘अब मैले गाँजा, चुरोट, रक्सी खान छोड्छु’ भनेर कसम पनि खान्छ । तर उसले छोड्दैन, खाइरहन्छ । किनभने उसलाई छोड्नै नसक्ने गरी नसा चढेको हुन्छ । एक जनाले खैनीको नशाबारे मसँग भनेका थिए, ‘म ढाकाबाङ हिंडेको मान्छे, खैनीको नशामा नुवाकोटको अर्काे डाँडातिर हिंडेछु, माथि टाकुरोमा पुगेपछि बल्ल ए म त ढाकावाङ जानको लागि पो हिंडेको थिएँ, कसरी यहाँ आइपुगेछु भनेर झसङ्ग भएँ ।’ अहिले साथीहरु गालीगलौज र चरित्रहत्याको त्यस्तै नशामा डुबेका छन् । नशाको तालमा उनीहरु कहाँ जान हिंडेका छन् भन्ने आफैलाई थाहा छैन ।

    अहिले पार्टीबाट निश्कासितमध्ये केही व्यक्तिहरुले बेलाबेलामा अब यसो गर्नु हुँदैन, पार्टी एकता गर्नुपर्छ पनि भन्छन् । तर गालीगलौजको नशामा डुबेको हुनाले गालीगलौज गर्न छोड्दैनन् । त्यसैले उनीहरु समाप्तिको दिशामा अगाडि बढिरहेका छन् । गालीगलौजको घोडा चढेर उनीहरुले आफ्नो गन्तव्य धेरै अगाडि लैजान सक्ने कुनै सम्भावना छैन । उनीहरुले गालीगलौजको घोडा जति धेरै रफ्तारमा दौडाउनेछन्, उनीहरु त्यत्ति छिटो पछारिनेछन् वा उनीहरु चढेको घोडा नै भीरबाट खस्नेछ । पार्टी एकताको पहिलो शर्त पार्टीबाट निश्कासन गरिएका व्यक्तिहरुले पार्टीका विरुद्धमा सार्वजनिक लेख प्रकाशन गर्न र आरोपहरु लगाउन बन्द गर्नुपर्दछ । पार्टीका विरुद्धमा सार्वजनिक लेखहरु प्रकाशन गर्ने र दुनियाँथरी आरोपहरु लगाउने नशा उनीहरुको शरीरबाट नउत्रिंदासम्म पार्टी एकताको कुनै सम्भावना छैन भन्ने कुरा बुझ्न आवश्यक छ ।

    पार्टी एकताको बाँसुरी
    निश्चित रुपमा पार्टी एकता हुनुपर्दछ । त्यसै कारण उनीहरुले पार्टी एकताको बाँसुरी बजाइरहेका छन् । ताल मिलेको बाँसुरीको आवाजले मान्छेलाई मुग्ध पारिदिन्छ । जब डाँडाकाँडामा कोही कसैले ताल मिलाएर बाँसुरी बजाउँछ, वनजंगल गएका वा गाउँघरमा बसिरहेका व्यक्तिहरुले एकोहोरो भएर सुन्ने गर्दछन् । चौपाया, जनावर र रुखमा बसेका चराचुरुङ्गीहरुले पनि बाँसुरीको ताल सुन्छन् । बाँसुरीको आवाज निकै सुमधुर सुनिन्छ । गीतप्रति आकर्षित गर्नको लागि सुरुमै बाँसुरीको समुधुर ताल बजाइन्छ र बल्ल अरु बाजाहरु बजाउने गरिन्छ ।साथीहरुले पार्टी एकताको बाँसुरी त बजाइरहेका छन् । तर ताल मिलाएर होइन, जथाभावी फुकीरहेका छन् । जब बाँसुरीलाई जथाभावी फुकिन्छ, त्यसको आवाज निकै भद्दा र रुखो सुनिन्छ । कोही कसैले राम्रोसँग सुन्दैन । ठीक अहिले साथीहरुले गरेको पार्टी एकताको बाँसुरी बजाइलाई पार्टी एकता हुनुपर्छ भनेर धारणा राख्ने साथीहरुले पनि सुन्न छोडेका छन् । सुरुमा उनीहरुले बाँसुरी बजाउन सिक्दै होलान् भन्ने लागेको थियो र पार्टीले पार्टीले वार्ता समिति बनायो । जब उनीहरुले पहिले भन्दा झनै जथाभावी र भद्दा तरिकाले बाँसुरी फुक्न थाले, त्यसपछि बाँसुरीको तालले ध्वनि प्रदुषण गर्न थाल्यो । ध्वनि प्रदुषण हुन थालेपछिपार्टीले वार्ताको ढोका बन्द गरिदियो । तैपनि उनीहरुले सुमधुर स्वरमा ढंग पु¥याएर वार्ताको बाँसुरी बजाउन थाले भने पार्टी वार्ताको लागि तयार हुनुपर्दछ । त्यसैले उनीहरुले वार्ताको बाँसुरी बजाउने तालिम लिन जरुरी छ ।

    पार्टी एकता तिनीहरुले भनेबमोजिम होइन, पार्टीका शर्तबमोजिम हुनुपर्दछ भनेर पार्टीले सार्वजनिक गरेको छ । केही मान्छेहरुले जुनसकै हालतमा पार्टी एकता हुनुपर्छ भनेर धारणा राख्ने गरेको पाइन्छ । तर व्यवहारमा कैयौं बाधाहरु उत्पन्न हुने गरेका छन् । बाहिर बाहिर जतिसुकै चर्का कुरा गरे पनि साथीहरु थाकिसकेका छन् । पार्टीका विरुद्धमा प्रचार गरेर, पार्टी नेताहरुलाई गालीगलौज गरेर केही पनि प्राप्त हुने रहेनछ भनेर तिनीहरुलाई बोध भइसकेको छ । तर उनीहरुलाई नशा लागेपछि जबर्जस्ती पार्टीका विरुद्ध लेख्नु वा गालीगलौज गरिरहनु परेको छ । नशा जसले खाएको छ, उसैलाई लाग्ने र उसैलाई असर गर्ने हो, नशा नखाएको व्यक्तिलाई लाग्दैन भन्ने कुरा पनि बुझ्नु पर्दछ ।

    बाटो एकताको हो कि फुटको ?
    पार्टीबाट निस्कासित समूहले मंसिर ९ र १० गते चितवनमा आफ्नो भेला सम्पन्न गरिसकेको छ । त्यो समूहले ५६ जनाको केन्द्रीय समिति गठन गरेको छ । त्यो एकताको होइन, फुटको बाटो हो । त्यो समूहको दस्तावेजमा चुनावको लागि नयाँ पार्टी दर्ता गर्ने, जनवर्गीय संगठनहरु निर्माण गर्ने, संयुक्त मोर्चा बनाउने, चुनावमा भाग लिनेसम्मको कार्यनीति बनाइएको छ । पार्टीले सशस्त्र संघर्षको कुनै तयारी नगरेको र चुनावलाई रणनीति बनाएको आरोप लगाए पनि समूहले मसालकै शान्तिपूर्ण जनसंघर्ष र चुनावमा भाग लिने कार्यनीति अबलम्बन गरेको छ । संघीयताको खारेजी, एमसीसीको खारेजी, नेपाली भूभाग फिर्ताजस्ता मागहरु नेकपा मसालले लगातार उठाउँदै आएका मागहरु हुन् ।

    नेकपा (मसाल)ले पार्टीबाट निस्काशित व्यक्तिहरुसँग वार्ता गर्नको लागि वार्ता समिति बनाएको थियो । तर निश्कासित व्यक्तिहरुले वार्ता गर्नतिर होइन, समानान्तर भेला गर्न, वक्तव्य निकाल्न र कब्जा गरिएको पत्रिकामा पार्टीका नीतिहरु¥का विरुद्ध लेखहरु लेख्न थाले । समानान्तर भेला गर्न, गाउँगाउँमा पुगेर गुटबन्दी गर्न, पार्टीले दक्षिणपन्थी दिशा समातेको घोषणा गर्ने कुरामा कुनै कमी ल्याएनन् । सार्वजनिक रुपमा शर्तहरु तेस्र्याउन थाले । पार्टीले कुनै पनि व्यक्तिसँग सार्वजनिक रुपमा तेस्र्याइएका शर्तहरुलाई मानेर वार्ता गर्ने कुरा थिएन ।

    अन्ततः निष्काशित व्यक्तिहरुको पार्टी बनाउने योजना पूरा भएको छ । अब पार्टी एकता हुने सम्भावना टाढा देखिंदै गएको छ । साथीहरुको मागबमोजिम पार्टीले विशेष महाधिवेशनको आयोजना गर्दैन भन्ने कुरा साथीहरुलाई राम्रोसँग थाहा छ । साथीहरुले चार पानको वक्तव्य निकालेर घुक्र्याउँदैमा विशेष महाधिवेशन गर्नु पनि हुँदैन । भोली अर्काे समूहले केही असन्तुष्टि जनाएर पार्टी घोषणा ग¥यो भने तिनीहरुको लागि पनि विशेष महाधिवेशन बोलाइदिनुपर्ने हुन्छ । यसरी पार्टीको काम हरेक वर्ष विशेष महाविधेशन गर्दै बस्ने हुन जान्छ । पार्टीलाई यस्तो गोलचक्करमा फसाउनु हुँदैन ।

    पार्टी एकता गर्ने हो भने बाटो सरल छ, पार्टी विरुद्धका सम्पूर्ण गतिविधिहरु बन्द गर्ने, उनीहरुले बनाएका सम्पूर्ण समितिहरु भंग गर्ने, पार्टीले दिएका जिम्मेवारीअनुसार काम गर्दै जाने । पार्टीका विधिहरु मान्दै नमान्ने, पार्टीका निर्णयहरु मान्दै नमान्ने हो भने साथीहरुको पार्टी बनेकै छ, त्यही पार्टी चलाएर बस्ने गर्नुपर्छ । दस्तावेजमा वाम धुब्रीकरण भनिएकै छ, कहाँ कहाँ धु्रबीकरण गर्ने हो गर्ने कुरामा स्वतन्त्रता प्राप्त भइसकेको छ । अब साथीहरुको बाटो स्वतन्त्र र खुला भएको छ । स्वतन्त्र र खुला बाटो भएपछि जहाँको गन्तव्य पहिल्याउन पनि सकिन्छ ।

    बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.