टेकराज भुसाल, अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ्गमा आगामी माघ १६ गते प्रथम अर्घाखाँची रोडरेस प्रतियोगिता हुने भएको छ।
स्पोर्ट्स भ्वाइस ग्यागेजिन र अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघको संयुक्त आयोजनामा प्रथम अर्घाखाँची रोडरेस प्रतियोगिता गर्न लागेको महासंघका अध्यक्ष पृथ्वी थापाले जानकारी दिनुभयो।
उक्त प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक बिजेता धावक जित बहादुर केसी र धावक बैकुण्ठ मानन्धरको उपस्थित रहने र ब्लु क्रस हस्पिटलको टिमको प्राविधिक सहयोग हुने अध्यक्ष थापाले जानकारी दिनुभयो।
थापाका अनुसार प्रतियोगितामा मिडिया पार्टनरका रुपमा सुपादेउराली अनलाइन डटकम, युगदर्शन साप्ताहिक तथा अनलाइन, रंगशाला साप्ताहिक, खेलकुद न्यूज डटकम र डि एन ए पोष्ट अनलाइन रहने छन्।
प्रतियोगितामा खुल्ला (महिला पुरुष) र भेट्रानतर्फ प्रथम पुरस्कार नगद रु ३० हजार, दोस्रो पुरस्कार २० हजार, तेस्रो पुरस्कार ६ हजार, चौथो पुरस्कार तीन हजार र पाँचौ पुरस्कार नगद दुई हजार रुपैयाँ रहेको छ ।
यस्तै, विद्यालयतर्फ प्रथम पुरस्कार २० हजार, दोस्रो १० हजार, तेस्रो पाँच हजार, चौथो चार हजार र पाँचौ पुरस्कार नगद दुई हजार रुपैयाँ रहेको छ ।

