• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

सङ्गठन र अधिनायकत्व


  •   शनिबार, मङि्सर ११, २०७८ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##
    सङ्गठन धेरै जना व्यक्तिहरू संलग्न भएको संस्था हो । त्यहाँ विभिन्न विचार, योग्यता, संस्कृति, परम्परा, जात, धर्म आदि फरक फरक व्यक्ति र पक्षको संलग्नता भएको हुन्छ । काम सामूहिक भएकाले एउटा मात्रैको योगदानले पुग्दैन । धेरै जनाको पसिना मिसिएको हुन्छ तर नेतृत्व र अधिनायकत्व भने धेरैको हुने गर्दैन । सीमित व्यक्ति र सङ्ख्या कायम रहन्छ र रहेको पनि हुन्छ । त्यसका लागि नेतृत्व तहका व्यक्तिहरूको योग्यता र सकृयता मुख्य रूपमा जिम्मेवार हुन्छ ।

    Advertisement

    योग्यताको कुरा गर्दा पनि सबैको योग्यता समान हुने कुरा हुन सक्दैन तर फरक फरक योग्यतालाई एकरूपतामा आबद्ध गर्न पनि बढी महत्त्वको योग्यता र त्यो भन्दा क्रमशः कम योग्यताका महत्त्वलाई लाइनबद्ध गरेर राख्ने जिम्मा सङ्गठनकै भएकाले नेतृत्व र अधिनायकत्वको आवश्यकता पर्दछ । लाइनबद्ध अथवा अनुशासनबद्ध बनाउने कामका लािग कतै धनसम्पत्तिको त, कतै योग्यता, क्षमताको आडभरोसा अथवा मूल्याङ्कनको कठिन प्रयास गर्छन् भने कसैको मातहतमा कसी त बनाउनैपर्याे । कसैले धनसम्पत्तिलाई, पदप्रतिष्ठालाई, मानसम्मानलाई आधार मानेर त्यसकै मातहतमा अनुशासनबद्ध बनाउने प्रयत्न गर्छन् भने कसैले योग्यता, कार्यदक्षता, अनुभव र लगनशीलतालाई आधार मानेर अनुशासनबद्ध बनाउने प्रयत्न गर्दछन् । कुन तरिका ठिक र कुन तरिका बेठिक भन्ने कुरा कसैको उद्देश्य र गन्तव्यको विषयमा जानकारी लिएर मात्र निश्चित गर्न सकिन्छ ।

    उद्देश्य र गन्तव्य परम्पर विरोधी भएको हुनाले व्यवहार पनि त्यसैमध्ये एउटा निश्चित गरेर अर्काेको विरुद्ध सङ्घर्ष गर्नैपर्छ ।

    उद्देश्य र गन्तव्य परम्पर विरोधी भएको हुनाले व्यवहार पनि त्यसैमध्ये एउटा निश्चित गरेर अर्काेको विरुद्ध सङ्घर्ष गर्नैपर्छ । बुढापुरानाले दुवै हातमा लड्डु पार्ने कुरा सम्भव र सफल हुन्न भनेको पनि सायद त्यही हो जस्तो लाग्छ । परस्पर विरोधी पक्ष जतासुकै विद्यमान रहेको हुनाले सङ्गठन र अधिनायकत्वको विषयमा पनि एउटा पक्ष सही हुन्छ ।

    सङ्गठनमा अधिनायकत्व आवश्यक छ तर अधिनायकत्व खासगरी वर्ग र वर्गीय विश्वदृष्टिकोणले मात्र नपुगेर भौतिक रूपमा आफै वर्ग हुने कुरा र वर्गीय अनुशासन पालन गर्ने कुराले सबैभन्दा बढी अनुशासनको तत्त्व भई काम गरेको हुन्छ । समाजमा सम्पन्न वर्गका मान्छे सङ्ख्यामा थोरै भए पनि सामाजिक मनोविज्ञानका हिसाबले समाजका धेरै मान्छेको उद्देश्य सम्पन्नता हासिल गर्ने नै हुन्छ । त्यसकारण हाम्रो अथवा समाजवादीहरूको सम्पूर्ण ध्यान सर्वसाधारण व्यक्तिको विश्वदृष्टिकोणमा आमूल परिवर्तन गरेर सर्वहाराकरण गराउनेमा केन्द्रित नगरिकन अरू सानातिना स्वार्थका कुरामा अल्झिने हो भने त्यो टालेटुले समाधान मात्र हुने छ† निर्णायक परिवर्तनमा योगदान थप्न सकिने छैन ।

    धेरै मान्छेका कुरा र काम मिल्दैनन् । कुरा गरे पनि त्यसअनुसार काममा खट्ने गर्दैनन् । कुराका लागि कुरा गर्छन् । काम गर्ने समयमा आफ्नो कमजोर योग्यता र कमसल विश्वदृष्टिकोण प्रदर्शन गरेकै हुन्छन् । त्यसकारण पहिले त कुरागराइ र कामगराइबिच एकरूपता स्थापित गर्ने/गराउने पहिलो सर्त मानेर त्यतापट्टि ध्यान दिनुपर्छ । दोस्रो कुरो, समाजमा रहेर सामाजिक व्यक्ति बन्नेका नाममा जसले जे भन्छ, त्यही मान्ने गर्नुहुन्न । एक्लै जान्ने हुन नसकिए पनि आफ्ना निश्चित मान्छेसँग आफ्नो कामगराइ र आफ्नो विचार निर्माण गर्ने र व्यवहारमा लागु गर्ने सम्बन्धमा अध्ययन र छलफल गर्नैपर्छ । त्यसो गर्दा एकरूपता आई सङ्गठित रूप प्रदर्शन हुने र त्यसले भौतिक शक्ति जुटाउन सहयोग पुग्ने हुन्छ । त्यसो गर्दा विचार विचार मात्रै रहन्न, त्यो विचारले भौतिक शक्ति निर्माणमा योगदान थप्ने काम गरिरहेको हुन्छ । त्यसकारण तिनै सीमित व्यक्तिबिचमा योग्यता, क्षमता, लगनशीलता र तीक्ष्ण बुद्धिको आधारमा वर्गको अधिनायकत्वको सुरु भई अघि बढेको हुन्छ ।

    निश्चित समाजको औसत विचार त्यतिखेरका उत्पादक शक्ति र तिनीहरूसँगको सबैभन्दा ठुलो निर्माण भएको हुन्छ । त्यसको अभिव्यक्ति सबैभन्दा ठुलो सङ्गठित व्यक्तिले व्याख्या, विश्लेषण र घोषणाबाट होइन, समाजको विचारले निर्णायक महत्त्व राख्दछ । समाज कुनै औपचारिक संस्था होइन, अधिकांश नागरिक विचारको प्रतिनिधित्व गर्ने सर्वसाधारण जनता नै नागरिक समाज हो । तिनीहरूको विचार पनि आर्थिक सम्बन्ध र उत्पादक शक्तिको औसत विचारको नै प्रतिनिधि विचार हुन्छ ।

    जहाँसम्म कम्युनिस्ट पार्टी हो, त्यो अरू पार्टीभन्दा फरक किसिमले सञ्चालन भएको हुन्छ । मुख्य फरक अरू पार्टीमा एउटा पक्ष संसद् या मन्त्रिमण्डल या सर्वाेच्च अदालत आदि संस्थाले निर्णय गर्छन् । उनीहरूले कार्यान्वयन गर्नुपर्दैन ।

    राज्यसत्तामा सम्पन्न वर्गको पकड रहेको हुन्छ । सर्वसाधारण जनताबाट सहभागीको सङ्ख्या राज्यसत्तामा धेरै भए पनि नेतृत्व र अधिनायकत्व सम्पन्न वर्गको हुन्छ र सम्पन्नताकै लागि आफ्नो स्वर्ग नगुमाउनुका लागि नै हुन्छ । उत्पादक शक्तिको चेतना र उत्पादन सम्बन्धमा नयाँ तरिका प्रचलित भएपछि राज्यसत्ता जतिसुकै शक्तिशाली भए पनि चल्न सक्दैन । नियम, कानुन, नैतिकता, अनुशासन, अड्डा–अदालत, धर्म, संस्कृति, परम्परा सबै फिका हुन्छन् । उपरी संरचनाका सबै स्वरूप आधारमा भएको परिवर्तनअनुसार आमूल परिवर्तन हुनलाई हार खानैपर्छ । आमूल परिवर्तनका लागि सम्झौताहीन सङ्घर्षका कारणले शासक शासितमा र शासित शासकमा रूपान्तरण हुनैपर्छ । त्यो उत्पादक शक्ति नयाँ भएकाले आफ्नो अनुकूल हुने गरी उपरी संरचना निर्माण भएर नयाँ व्यवस्थानुसार सञ्चालन भएको हुन्छ । त्यतिखेरको परिवार आर्थिक एकाइ मात्र नभएर राजनैतिक एकाइको रूपमा सञ्चालित हुन्छ । प्रत्येक व्यक्ति समूहको मातहतमा र समूह वर्गको मातहतमा भएर सञ्चालन र विकासको बाटोमा अगाडि बढ्छ । यो सम्पूर्ण काम राजनैतिक सङ्घर्षबाट राजनैतिक पार्टीको नेतृत्वमा र राजनैतिक पार्टी वर्गको नेतृत्व र सर्वहारा वर्गको अधिनायकत्वमा सञ्चालन भई विजयी भएको हुनुपर्छ ।

    राजनैतिक पार्टी निश्चित विधान, घोषणापत्र र सङ्गठनात्मक नियमावलीको आधारमा सञ्चालन भएको हुन्छ । जहाँसम्म कम्युनिस्ट पार्टी हो, त्यो अरू पार्टीभन्दा फरक किसिमले सञ्चालन भएको हुन्छ । मुख्य फरक अरू पार्टीमा एउटा पक्ष संसद् या मन्त्रिमण्डल या सर्वाेच्च अदालत आदि संस्थाले निर्णय गर्छन् । उनीहरूले कार्यान्वयन गर्नुपर्दैन । पुलिस, सेना या कर्मचारीले कार्यन्वयन गर्छन् । उनीहरूलाई निर्णय गर्ने अधिकार हुन्न । त्यसले गर्दा सम्पूर्ण राज्यसत्ता शोषकको अखाडा अथवा शोषण गर्ने संस्थाको रूपमा सञ्चालित भएको हुन्छ तर कम्युनिस्ट पार्टीको शासन गर्ने तरिका मौलिक रूपमा फरक हुन्छ । जसले निर्णय गर्छ, कार्यान्वयन गर्ने निम्मा पनि उसको हुन्छ । त्यसकारण राज्यसत्ताका चारओटै अङ्गमा पार्टीको सहभागिता हुन्छ र हुनुपर्दछ । त्यसो गर्नु बहुदलीय संसदीय व्यवस्थामा सम्भव छैन । यो पुँजीपतिको व्यवस्था हो । पुँजीपतिहरू आफै शोषक वर्गका व्यक्ति हुन र शोषण बढाउने एकातिर र विरोध बढ्न नदिने अर्काेतिर—दुवै काम पूरा गर्ने उनीहरूको उद्देश्य हुन्छ । त्यसकारण सत्तामा पुगेकाले दोहोरो चरित्र अर्थात् दमन र उदारता दुवै चरित्र प्रर्दशन गर्दछन् र गर्नैपर्ने हुन्छ ।

    जतिखेर समाजमा आन्दोलनको चहलपहल बढ्छ, त्यतिखेर नेतृत्वको परीक्षण गर्ने र आन्दोलनको नेतृत्व आफ्नो पार्टीको हातमा पार्ने जिम्मा पनि नेतृत्वको नै भएकाले केन्द्रीयताको पक्ष बलियो हुन्छ र बनाउन पनि आवश्यक हुन्छ ।

    यो व्यवस्था शोषणमा परेकाले नबुझ्दासम्म मात्र चल्ने हो । राजनीतिको छिनोफानो सत्ताबाहिरको आन्दोलनले निश्चित गर्दछ । त्यो आन्दोलनको क्रममा जनताको राजनैतिक चेतनास्तर बढ्दै जान्छ । उनीहरू सचेत र सङ्गठित हुँदै जान्छन् र आन्दोलनमा सहभागिता बढाउँदै जान्छन् । आन्दोलन जति जति व्यवस्थित र अनुशासित हुँदै जान्छ, राज्यसत्ता उति उति दमनकारी बन्दै जान्छ । दमन गर्ने र आन्दोलन शान्तिपूर्ण रूपमा बढ्दै जाने खेलको सीमा पार गरेर सशक्त बनाउने क्रममा जनसेनासमेतको विकास हुने र अवैधानिक घोषणा हुने गर्दै जाँदा राज्यसत्ताको हार र विद्रोही पक्षको जित हुने हो ।

    सङ्गठन र अधिनायकत्वको अवस्था सधैँ एकनासको रहन सक्दैन र रहनुहुन्न पनि । जतिखेर समाज स्थिर र शान्तिको अवस्थामा रहन्छ अथवा आन्दोलन सशक्त भएको हुन्न, त्यतिखेर नेतृत्वले जनवादको पक्षलाई बढाउँछ अथवा बढाउनैपर्ने हुन्छ तर जब समाजमा विरोध र आन्दोलनको हलचल बढी हुन्छ, त्यतिखेर नेतृत्वले केन्द्रीयताको पक्षलाई बलियो बनाउने र बनाउनुपर्ने हुन्छ । शान्तिपूर्ण समयमा सङ्गठन व्यवस्थित बनाउने र नेतृत्व छनौट गर्ने समयको रूपमा उपयोग गर्नुपर्छ । जतिखेर समाजमा आन्दोलनको चहलपहल बढ्छ, त्यतिखेर नेतृत्वको परीक्षण गर्ने र आन्दोलनको नेतृत्व आफ्नो पार्टीको हातमा पार्ने जिम्मा पनि नेतृत्वको नै भएकाले केन्द्रीयताको पक्ष बलियो हुन्छ र बनाउन पनि आवश्यक हुन्छ । जहाँसम्म राज्यसत्तामा सहभागी हुने कुरा हो, त्यो त्यहाँ गएर आफूले शोषित, उत्पीडित जनताको पक्षमा काम गर्न सक्ने अथवा आफ्नो पार्टीको स्थिति बलियो बनाउने प्रयोजनका लागि गर्ने काम हो ।

    अर्काे कुरा, कुनै व्यक्ति नेता भयो भन्ने हो भने उसका अनुयायीको नेता हो । अवसरवादी अनुयायीलाई साथमा लिएर नेता भए भन्ने हो भने ऊ आफै अवसरवादी हो र हुनैपर्छ । क्रान्तिकारीको नेतृत्वका लागि आफै पनि क्रान्तिकारी हुनुपर्छ । आफ्ना अनुयायी पनि क्रान्तिकारी छनौट गर्नुपर्छ । आफू क्रान्तिकारी नभइकन आफ्ना अुनयायी क्रान्तिकारी हुने कुरा हुन सक्दैन । फेरि अवसरवादीलाई आफ्नो अनुयायी बनाउँदा क्रान्तिकारी अनुयायी विस्थापित भई आफूलाई अवसरवादी बाटो समाउनैपर्ने बनाइदिन्छन् ।

    पार्टी भनेको नै परम्परा विरोधी विचारको सङ्गमस्थल हो । त्यहाँ पक्ष र प्रतिपक्ष दुवै षड्यन्त्र गर्न लाग्ने मान्छे मात्र होइन, विरोधी पक्ष राज्यसत्ताको सूचनाका बाहक पनि भए भने ठुलो षड्यन्त्र हुने हुनाले त्यस्ता व्यक्तिबाट पार्टीलाई बनाउने पनि मुख्य जिम्मेवारीअन्तर्गतकै काम पर्दछ ।

    त्यसैगरी पार्टी खोल्ने राज्यसत्ता सञ्चालन गर्ने उद्देश्यले हो । राज्यसत्ता व्यक्तिले होइन, वर्गले मात्र सञ्चालन गर्न सक्छ ।

    वर्ग विश्वदृष्टिकोणबाट सुरु हुन्छ । भौतिक रूपमा नै शोषित व्यक्तिमा छिटो र शोषक व्यक्तिमा ढिलो सर्वहारा विश्व दृष्टिकोणको विकास हुन सक्छ ।

    सर्वहारा विश्वदृष्टिकोण नभइकन कम्युनिस्ट पार्टी शोषित–उत्पीडित वर्गको नजिक पुग्न र त्यो वर्गको प्रतिनिधित्व गर्न सक्दैन । यो सजिलो र छिटो उपलब्ध भइहाल्ने काम पनि होइन । फेरि पार्टीमा एकमना किसिमले सर्वहारा विश्वदृष्टिकोण बनिबनाउ किसिमले भइहाल्ने पनि होइन । लगातारको प्रयत्न र सङ्घर्षबाट विकास हुने र विकास गराउनुपर्ने विषय हो ।

    पार्टी भनेको नै परम्परा विरोधी विचारको सङ्गमस्थल हो । त्यहाँ पक्ष र प्रतिपक्ष दुवै षड्यन्त्र गर्न लाग्ने मान्छे मात्र होइन, विरोधी पक्ष राज्यसत्ताको सूचनाका बाहक पनि भए भने ठुलो षड्यन्त्र हुने हुनाले त्यस्ता व्यक्तिबाट पार्टीलाई बनाउने पनि मुख्य जिम्मेवारीअन्तर्गतकै काम पर्दछ । जनता राजनीतिक आन्दोलनमा सहभागी बनाउने एकातिर, आफ्ना व्यक्तिगत आवश्यकतामा काम गर्ने अर्काेतिर—दुवै काम गर्न सक्ने हुनु/बनाउनुपर्छ । यो सबै काम पार्टीलाई भूमिगत अवस्थामा नै भएको/राखेको अवस्थामा गर्नुपर्छ । अराजकता होइन, अनुशासनको पालनाबाट मात्र त्यो जिम्माको काम पूरा गर्न सकिन्छ । पार्टीलाई नेता/कार्यकर्ताको मातहतमा राख्दा सजिलो होइन, अप्ठ्यारो पर्दछ । सर्वसाधारण जनता अथवा नागरिक समाजमा पुर्याउनुपर्छ तर पनि भूमिगत प्रणाली कायम राख्ने र जोगाउने कामको जिम्मा पनि पूरा गर्नैपर्छ । त्यसो नगर्ने हो भने ठुलो धनजनको क्षति ब्यहोर्नुपर्छ । माओले बुर्जुवा सत्तासिन वर्गलाई कागजी बाघ भनेको मात्र होइन, सतर्कताको कमी हुने हो भने साँच्चै मान्छे झम्टने बाघ पनि तिनै बुर्जुवा सत्तासिन हुन्; हुन्छन्; हुन सक्छन् । वार कि पारको लडाइँबिना राज्यसत्ता कब्जा हुन्न । त्यो बेलामा आफ्नो स्वर्ग जोगाउन अवश्य आक्रमण गर्ने नै छन् ।

    गतिशील सङ्गठन परस्पर विरोधी विचारबाट हुने हुनाले आफ्नो विचारको बचाउ र विरोधी विचारको भण्डाफोर गर्ने सिलसिलामा नेतृत्व निस्कने, निकाल्ने र जोगिने/जोगाउने काम पनि आआफ्नै हुने हुनाले राजनीति खुला र सङ्गठन भूमिगतको अभ्यास पनि गरेर नै सृजना हुने हो ।

    जब हामीले सङ्गठनको बिचमा गर्छाैं र सङ्गठन जनताकै मुक्तिको लागि हो भने जनताका बिचमा रहस्यको उद्घाटन गर्नैपर्छ । सतर्कताको खाँचो जनताभित्र भएका विरोधीका एजेन्टबाट बचाउनलाई हो । त्यस्तो व्यक्तिको उपस्थिति थाहा पाउनु र बच्नु, बचाउनु पनि सङ्गठनभित्रैका मान्छेको काम हो । त्यसका लागि शन्तिपूर्ण र वैज्ञानिक आन्दोलन सञ्चालनको समय त्यस्तै सही र गलत मान्छे चिन्ने अवसरको रूपमा पनि उपयोग गर्न/गराउन पनि सक्नुपर्छ ।

    नेतृत्व निर्माण गर्ने र नेतृत्व जोगाउने दुवै काम आवश्यकतानुसार पार्टीले गर्ने जिम्माभित्रकै काम हो । नेतृत्व र अधिनायकत्व सबै वर्गबाट नै हुने हो भने वर्ग र वर्गीय पक्षधरता निर्माण र विकास गर्ने काम पनि सङ्गठनकै भएको हुनाले व्यक्तिले नेता हुने रहर गरेर होइन, गर्नैपर्ने कामको सूचिमा नेतृत्वबाटै समाधान गर्न/गराउन अनिवार्य जिम्माभित्र नै पर्दछ ।

    गतिशील सङ्गठन परस्पर विरोधी विचारबाट हुने हुनाले आफ्नो विचारको बचाउ र विरोधी विचारको भण्डाफोर गर्ने सिलसिलामा नेतृत्व निस्कने, निकाल्ने र जोगिने/जोगाउने काम पनि आआफ्नै हुने हुनाले राजनीति खुला र सङ्गठन भूमिगतको अभ्यास पनि गरेर नै सृजना हुने हो । कुन व्यक्ति कति भूमिगत र कुन व्यक्ति कति खुला ? त्यो उद्देश्य, जिम्मेवारी र त्यो जिम्मा पूरा गर्ने साँधसिमानाले पनि मान्छे जोगिने/जोगाउने कामको बारेमा जानकारी हुँदै जान्छ । आफ्नो मान्छेलाई जोगाउने काम पनि आफ्नै मान्छेको हो । सङ्गठनमा नै आफ्ना मान्छे छन् भने त सामूहिकता अन्त गर्नका काम र सामूहिकता विकास पनि अनिवार्य सर्त बन्दछ र बन्नैपर्दछ ।

    शनिबार, मङि्सर ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.