• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सीमा अतिक्रमण विरुद्ध प्रलेसको अट्ठाइसौँ परिसंवाद

"राष्ट्रिय आत्मसमर्पणवाद अहिले मुलुकको मुख्य समस्या "

  •   शुक्रबार, मङि्सर ०६, २०७६ मा प्रकाशित
  • प्रकाश थापा मगर
    काठमाडौँ । सीमा अतिक्रमणको विरुद्धमा प्रगतिशील लेखक सङ्घले २०७६ मङ्सिर ६ गते अट्ठाइसौँ परिसंवाद सम्पन्न गरेको छ । “सीमा अतिक्रमणको समस्या र राष्ट्रियता” विषयक सो परिसंवादमा विषयवस्तु प्रस्तोता हुनुहुन्थ्यो– सीमा सरोकार अभियन्ता साध्यबहादुर भण्डारी ।

    Advertisement

    उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा सीमा अभियन्ता साध्यबहादुर भण्डारीले राष्ट्रिय आत्मसमर्पणवाद अहिले मुलुकको मुख्य समस्या रहेको बताउनुभयो । “अहिले पनि कालापानी–लिपुलेकमा मात्र सीमा अतिक्रमण भएको मानिएको छ” भण्डारीले अगाडि भन्नुभयो– “कालापानी–लिपुलेकमा सीमा अतिक्रमण भएको त खालि छ हजार हेक्टर मात्र हो, वास्तवमा सीमा अतिक्रमण भएको लिम्पियाधुरादेखि कालापानी हुँदै लिपुलेकसम्म हो ।” उहाँले त्यस क्षेत्रमा मात्र ३७ हजार हेक्टरभन्दा बढी सीमा अतिक्रमण भएको बताउनुभयो ।

    उहाँले सीमा समस्या समाधान गर्न भारतले डिएसपी पठाउँदा नेपालले इन्स्पेक्टर मात्र पठाउने गरेको बताउँदै राष्ट्रिय आत्मसमर्पणवादी प्रवृत्तिकै कारण भारतसितको सीमा समस्या समाधान हुन नसकेको दावी गर्नुभयो ।

    उहाँले देशमा अहिले सीमा अतिक्रमणका विरुद्ध अभूतपूर्व राष्ट्रिय एकता कायम भएको बताउँदै त्यसको समाधानका लागि उच्चस्तरीय गम्भीर पहलकदमी तत्कालै थालनी गरिनुपर्दछ । “सर्वप्रथम त प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय समिति बनाइनुपर्दछ, जसले भारतसित सीमा अतिक्रमण हटाउने गरी वार्ता गरोस्” उहाँले भन्नुभयो– “तथ्य प्रमाणहरू हामीसित प्रशस्त छन्, सक्षम कूटनीतिज्ञ र प्राविधिकको सहयोगमा वार्ता, संवाद अगाडि बढाइनुपर्दछ ।” उहाँले सरकारमा अहिलेसम्म देखा परेको प्रारम्भिक अडान कायमै राखिराख्न देशभक्त जनताले दबाब दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    प्रलेस केन्द्रीय कार्यालय बागबजारमा आयोजित सो कार्यक्रममा डा. मधुसुदन गिरी, जगत वाशिष्ट, चूडामणि गिरी, शिवधर आचार्य, आनन्द खड्का, प्रा.डा. धु्रव घिमिरे र केशव खड्काले पूरक प्रश्नहरू राख्नुभएको थियो ।

     

    शुक्रबार, मङि्सर ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.