बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ मा सञ्चालित सुमेरु बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा नित्यानन्द ज्ञवाली चयन हुनुभएको छ ।
संस्थाको १५ औं साधारण सभा तथा छैठौं अधिवेशनबाट ज्ञवाली निर्विरोध अध्यक्ष चयन हुनुभएको हो । संस्थाको उपाध्यक्षमा लोकनाथ ज्ञवाली, सचिव यज्ञ ज्ञवाली र कोषाध्यक्ष आत्मराम पन्थी चयन हुुनुभएको छ ।
कार्यक्रमममा सहकारी अभियान्ता लक्ष्मण ज्ञवाली, प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ठ पत्रकार अर्जुन ज्ञवाली, प्राडा हिरण्यलाल ज्ञवाली, राजु ज्ञवाली, रमा गिरी, किशोर ज्ञवाली लगायतले सहकारीको बारेमा आआफ्ना भनाइ राख्नुभएको थियो ।

सहकारीका अध्यक्ष ज्ञिलोचन ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष लोकनाथ ज्ञवालीको स्वागत र हेम थापाको सञ्चालनमा भएको कार्यक्रममा कोषाध्यक्ष नित्यानन्द ज्ञवालीले आर्थिक प्रतिवेदन र इश्वर पोखरेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।





