• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

किसानको ‘सुरक्षित वर्तमान, सुनिश्चित भविष्य’ का लागि कार्यक्रम घोषणा गर्न माग


  •   बिहिबार, कार्तिक ०४, २०७८ मा प्रकाशित
  • काठमाडौं । अखिल नेपाल किसान महासंघ (अप्पा) सहित चार किसान संगठन बाढीपहिरो तथा डुबानबाट किसानहरुले ठूलो नोक्सानी ब्यहोर्नुपरेको भन्दै तत्काल राहत र क्षतिपुर्ति दिन माग गरेका छन् ।

    Advertisement

    बिहीबार संयुक्त विज्ञप्ति प्रकाशित गरी चार किसान संगठनले किसानको ‘सुरक्षित बर्तमान तथा सुनिश्चित भविष्य’ का लागि अल्पकालिन र दीर्घकालिन नीति बनाउन सरकारसँग माग गरेका छन् ।

    अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरबराज रेग्मी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुबेदी र अखिल नेपाल प्रगतिशील किसान संघका इन्चार्ज कृष्ण रानाद्वारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तिमा किसानहरुले उठाउनुपरेको नोक्सानी राष्ट्रकै नोक्सानी भएको उल्लेख गरिएको छ ।

    यस्तो छ चार किसान संगठनको विज्ञप्ति
    नाफा केन्द्रित प्रकृति बिरोधी साम्राज्यवादी विकास मोडेलका कारण उत्पन्न भएको जलवायु परिवर्तनले गर्दा बेमौसमी वर्षा, भीषण गर्मी, भयंकर आँधी र मरुभूमिकरणले आज विश्व नै त्राहीमाम हुँदै जान थालेको छ । यस प्रकार प्रकृतिको जथाभावी निर्मम दोहनले गर्दा आज बाढी, पहिरो, डुवान, कटान र अपूर्व रोगब्याधी आदिले नेपालमा पनि नराम्रोसँग जन धनको क्षति हुँदै आएको छ ।

    यसै प्ररिप्रेक्षमा अहिले बितेको ३-४ दिनदेखिको नेपालब्यापी अविरल बेमौसमी भीषण वर्षा र त्यसले उत्पन्न गरेको बाढी, पहिरो, डुबान र कटानले गर्दा देशमा ठूलो धन जनको क्षति भएको छ । बाटो र पुल पुलेसा भत्किएर आवात जावत बन्द भएको छ । यसबाट सबैभन्दा बढी क्षति नेपाली किसानको भएको छ । वास्तवमा यो राष्ट्रकै ठूलो नोक्सानी हो ।

    कोरोना महामारीले थला परेको किसान थप यस प्राकृतिक प्रकोपले यो हाम्रो देशको जीवनदायिनी शक्तिको जुन क्षति भएको छ, खासगरी हाम्रो प्रमुख खाद्यान्न बाली धानको, त्यसप्रति हामी चार किसान संगठन अत्यन्तै चिन्तित र दुःखी छौं । बिपत्ति र क्षतिको यस घडीमा हामी राज्यले जन धनको क्षति भएका किसान परिबारको उद्धार, राहत, सुरक्षा तथा सम्पूर्ण किसान परिबारको सुनिश्चित भबिष्यका लागि युद्धस्तरमा प्रभावकारी कदम चालोस् र किसानको सुरक्षित बर्तमान तथा सुनिश्चित भविष्यका लागि तत्कालीन र दीर्घकालीन अग्रगामी र उन्नत नीति र कार्यक्रमको घोषणा गर्दै भूमि, कृषि र किसानका समस्या गरोस् भन्ने जोडदार माग गर्दछौं ।

    यसरी मात्र खाद्य संप्रभूता, पोषणको रक्षा र वास्तवमा देशको पनि रक्षा हुन सक्तछ भन्ने कुरा हामी प्रष्ट पार्न चाहन्छौं । साथै यस दुःखद घडीमा हामी चार किसान संगठनमा आबद्ध किसान नेता तथा कार्यकर्ताहरुलाई पनि एक जुट भएर प्राकृतिक बिपत्तिमा परेका किसानहरुलाई आ–आफ्नो ठाउबाट उद्धार, सहयोग तथा सहानुभूति जे गर्न सकिन्छ तदारुकताकासाथ गर्न पनि विशेष आह्वान गर्दछौं ।

    भैरवराज रेग्मी, अध्यक्ष , अखिल नेपाल किसान महासंघ (अप्फा)

    सीताराम तामाङ, अध्यक्ष, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)

    लोकनारायण सुबेदी , अध्यक्ष, अखिल नेपाल किसान यूनियन

    कृष्ण राना, इञ्चार्ज, अखिल नेपाल प्रगतिशील किसान संघ

    २०७८ कार्तिक ४

    बिहिबार, कार्तिक ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.