• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

रोल्पाका शिक्षक दुर्गाप्रसाद रोका विरुद्ध चरित्रहत्या गरिएकोमा चौतर्फी विरोध


  •   बिहिबार, असोज २८, २०७८ मा प्रकाशित
  • काठमाडौँ । रोल्पाका शिक्षक दुर्गाप्रसाद रोकाको चरित्रहत्या गरिएको चौतर्फी विरोध भएको छ ।

    Advertisement

    जनआस्था साप्ताहिकले २०७८ असोज २० गतेको अङ्कमा र एभरेस्ट मिसन डट कम अनलाइनले २०७८ असोज ८ गते शिक्षक रोकाको चरित्रहत्या हुने गरी पीतपत्रकारिता गरिएपछि सर्वत्र विरोध भएको हो ।

    जनआस्था साप्ताहिकले असोज २० गतेको अङ्कमा “गुरु रक्सी खाएरै पढाउँछन् खुरुखुरु” शीर्षकमा र एभरेस्ट मिसन डट कमले “मिझिङमा शिक्षक रोकाका कारण विद्यार्थी आजित, शिक्षकलाई राजमो जिल्लाध्यक्षको साथ” शीर्षकमा समाचार प्रकाशन गरेका थिए ।

    यस सम्बन्धमा रोल्पा सुनिलस्मृति–३ मिझिङस्थित श्री चन्द्र प्रभा माध्यमिक विद्यालयका शिक्षक दुर्गाप्रसाद रोकाले २०७८ असोज २४ गते प्रेसविज्ञप्ति प्रकाशित गर्दै उक्त समाचार झुटो भएको बताउनुभएको छ । उहाँले आफ्नो चरित्रहत्या हुने गरी राजनीतिक पार्टी, विद्यालय प्रशासन र गाउँपालिकाको नामसमेत जोडेर बद्नाम गर्न खोजिएको बताउनुभएको छ ।

    विज्ञप्तिमा एभरेस्ट मिसन डट कमले खिमबहादुर जिएमको “दसैँतिहार” म्युजिक भिडियोको तस्बिरसमेत राखेर आफूलाई बदनाम गर्न खोजेको पनि दावी गर्नुभयो । उहाँले यस्तो गलत समाचार नसच्याइएमा दुवै मिडियाका विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउने समेत जानकारी गराउनुभयो ।

    उपर्युक्त क्रियाकलापको चन्द्र प्रभा विद्यालय प्रशासनले पनि प्रेसविज्ञप्ति जारी गर्दै विरोध व्यक्त गरेको छ ।

    विद्यालयका प्रधानाध्यापक अभिमानसिंह घर्तीले असोज २४ गते प्रेसविज्ञप्ति जारी गर्दै गलत समाचार सच्याउन आग्रह गर्नुभएको छ ।

    त्यसैगरी, असोज २८ गते सोही विद्यालयका निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर विष्ट, नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिका सदस्य ठगेन्द्रप्रकाश केसी र शिक्षक–अभिभावक सङ्घका अध्यक्ष वीरबहादुर रोकाको हस्ताक्षरमा जारी सो विज्ञप्तिमा यस्तो झुट कपोलकल्पित समाचार प्रकाशन गरेकोमा खेद प्रकट गर्दै सच्याउन आग्रह गरिएको छ ।

    सो घटनाको विभिन्न शिक्षक सङ्गठनले पनि विरोध गरेका छन् ।

    शिक्षकहरूको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घको रोल्पा जिल्ला समितिले असोज २५ गतेका दिन प्रेसविज्ञप्ति जारी गर्दै मिडियाको यस्तो क्रियाकलापको विरोध गरेको छ । महासङ्घका जिल्लाध्यक्ष भीमप्रकाश पुनको हस्ताक्षरमा जारी विज्ञप्तिमार्फत विरोध व्यक्त गरिएको हो ।

    त्यस्तै, अखिल नेपाल शिक्षक सङ्घ रोल्पाका अध्यक्ष कमलराज भट्टराईले पनि असोज २५ गते प्रेसविज्ञप्ति जारी गर्दै शिक्षकको पेसाबारे नै भ्रामक, कपोलकल्पित र तथ्यहीन समाचार प्रकाशन गरेकोमा दुवै मिडियाप्रति घोर निन्दा र खेद प्रकट गरिएको छ ।

    एवम् प्रकारले नेपाल राष्ट्रिय शिक्षक परिषद् रोल्पाले पनि असोज २५ गते प्रेसविज्ञप्ति प्रकाशन गर्दै सत्य तथ्य नबुझी गैरजिम्मेवार ढङ्गले समाचार सम्प्रेषण गरेकोमा त्यसो नगर्न अनुरोध गरेको छ । परिषद्का रोल्पा जिल्ला सचिव ओमप्रकाश विष्टको हस्ताक्षरमा जारी विज्ञप्तिमा सो विरोध गरिएको हो ।

    एभरेस्ट मिसन डट कमले राष्ट्रिय जनमोर्चाका जिल्लाध्यक्ष मेघनाथ विष्टको समेत शिक्षक दुर्गाप्रसादलाई साथ रहेको समाचारमा उल्लेख गरेपछि उहाँले पनि असोज २५ गते नै प्रेसविज्ञप्ति जारी गरी यस्तो प्रयासलाई राष्ट्रिय जनमोर्चासमेतको चरित्रहत्या गर्ने कोसिस बताउनुभएको छ ।

    यता, एभरेस्ट मिसन डट कममा राखिएको फोटोको सम्बन्धमा खिमबहादुर घर्तीले असोज २६ गतेका दिन प्रेसविज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिनुभएको छ । उहाँले उक्त समाचार झुटा र कपोलकल्पित भएको पनि बताउनुभएको छ ।

    “उक्त समाचारमा छपाइएको तस्बिरको एक दृष्य मैले निर्माण गरेको म्युजिक भिडियो दशैँतिहारको गीतको दृष्य भएको र त्यस भिडियोमा निज शिक्षक दुर्गाप्रसाद रोका र मलगायत धेरै सहकर्मी साथीहरूले अभिनय गरी निर्माण गरेको” उहाँले विज्ञप्तिमा भन्नुभएको छ– “उक्त भिडियो खिमबहादुर जिएम, टीका सुवेदी र नारायण दहित नामको युट्युब च्यानमा हेर्न सकिने जानकारी गराउँछु ।”

    एभरेस्ट मिसन डट कमले प्रकाशन गरेको समाचार

    मिझिङमा शिक्षक रोकाका कारण विद्यार्थी आजित, शिक्षकलाई राजमो जिल्ला अध्यक्षको साथ

     

    बिहिबार, असोज २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.