• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

रुपन्देही मोतीपुर घटनाका मृतकलाई क्षतिपूर्ति दिन राष्ट्रिय जनमोर्चाको माग


  •   मङ्गलबार, असोज २६, २०७८ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रहरीको गोली लागी निधन भएका रुपन्देही मोतीपुर घटनाका चार जना मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरेको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७८ असोज २६ गते जारी प्रेसवक्तव्यमार्फत् राजमोले यस्तो माग गरेको हो ।

    देशमा भूमिहीनको नाममा वास्तविक भूमिहीनलाई जमिन नदिने समस्यातर्फ राजमोले वक्तव्यमा सरकारको ध्यानाकर्षण गराएको छ ।

    “कथित भूमिहीन मानिसलाई ठुलो मूल्य पर्ने, प्रतिजग्गा ओगट्न राख्ने तर जग्गा भने आफ्नो नाममा दर्ता गर्ने गर्दछन्” वक्तव्यमा अगाडि भनिएको छ– “यसरी देशको राष्ट्रिय समस्यालाई झन् गम्भीर शोषण र अन्यायको माध्यम बनाएका छन् ।”

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ
    “रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका मोतिपुरमा यही असोज २४ गते प्रहरी र जनताबिच मुठभेड हुँदा ४ जनाको मृत्यु भएको र दर्जनौँ मानिस र प्रहरीहरू घाइते हुने गरी भएको घटनाप्रति राष्ट्रि«य जनमोर्चाको ध्यानाकर्षण भएको छ । सर्वप्रथम मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । मृतकका परिवार जनप्रति समवेदना प्रकट गर्दछौँ ।

    जग्गाको विषयलाई लिएर भएको त्यो घटनामा सरकार वा राज्यका निकायले संयमता र कुशलतापूर्वक समाधान गर्न नसकेर ४ जनाको ज्यान गएको छ । दर्जनौँ मानिस घाइते भएका छन् । सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्दछ र घाइतेको निःशुल्क उपचार गर्नुपर्दछ ।

    नेपालमा भूमिसम्बन्धी समस्या गम्भीर रूपमा रहेको छ । यो देशको ठुलो राष्ट्रिय समस्या हो । विशेष गरी तराईमा अझै कैयन् बहानामा हदबन्दीभन्दा माथि जमिन्दारले जमिन ओगटेर राखेका छन् । जग्गा दलालले ठुलो मात्रामा कृषियोग्य जमिन प्लटिङ गरी अत्यन्त महङ्गोमा जनतालाई बिक्री गर्ने गरेका छन् । गुठी जग्गाको पनि समस्या छ ।

    भूमिहीन सुकुम्बासी जनताले बास बस्ने जग्गासमेत पाइरहेका छैनन् । भूमिसम्बन्धी समस्या हल गर्न विभिन्न समयमा विभिन्न प्रकारका आयोग वा कार्यदल बन्ने गर्दछन् तर तिनले समस्याको समाधान गर्न सकिरहेका छैनन् । आज पनि त्यो समस्याले गर्दा सामन्त, जग्गा माफिया र गुठीका नाममा जग्गाको दुरुपयोग भएको छ । सरकार वा प्रायः सरकारमा जाने राजनीतिक दलले यो समस्याको अनुचित फाइदा लिने भ्रष्ट काम गरेका छन् । चुनावको बेला होस् वा अन्य बेलामा, भूमिहीन सुकुम्बासीलाई जग्गा दिने भनेर आयोग, कार्यदल वा सरोकारवालाको समिति बनाउँछन् । तिनले सस्तो लोकप्रियताका लागि वा अनुचित फाइदा लिने काम गर्दछन् । वास्तविक भूमिहीनले जग्गा पाउँदैनन् । कतिपय राजनीतिक दलका सम्बद्ध स्थानीय कार्यकर्ता र भूमाफिया मिलेर ती भूमिहीन सुकुम्बासीबाट पैसा असुली गर्दछन् । कथित भूमिहीन मानिसलाई ठुलो मूल्य पर्ने, प्रतिजग्गा ओगट्न राख्ने तर जग्गा भने आफ्नो नाममा दर्ता गर्ने गर्दछन् ।

    यसरी देशको राष्ट्रिय समस्यालाई झन् गम्भीर शोषण र अन्यायको माध्यम बनाएका छन् । हामीले बेला बेलामा यो समस्याको बारेमा आवाज उठाउँदै र सङ्घर्ष गर्दै आएका छौँ । जनताले पनि आवाज उठाउँदै आएका छन् । यसलाई गम्भीर रूपमा लिइएको छैन ।

    मोतिपुर घटना पनि त्यही पृष्ठभूमिमा भएको छ । त्यहाँ कतिपय वास्तविक सुकुम्बासी रहेका छन् भने कतिपय भूमाफिया, सम्पन्न व्यक्ति र अमूक राजनीतिक दलका कार्यकर्ता भन्नेहरूले महङ्गो जग्गा ओगट्ने दाउले काम गरिरहेका छन् । उक्त जग्गामा लुम्बिनी प्रदेश स्तरीय औद्योगिक क्षेत्र बनाउन भनेर त्यहाँ बसोबास गरिरहेका जनतालाई क्षतिपूर्ति दिने भनिएता पनि अहिलेसम्म क्षतिपूर्ति दिइएको छैन । हामीले उनीहरूलाई तत्काल क्षतिपूर्ति दिन माग गर्दछौँ । साथै उक्त असोज २४ गतेको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गर्दछौँ ।”

    मङ्गलबार, असोज २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.