• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

यस्तो रह्यो अखिल (छैठौं) को २२औँ राष्ट्रिय सम्मेलन उद्घाटन


  •   शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित
  • श्याम पोखरेल, बुटवल ।
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को २२ औँ राष्ट्रिय सम्मेलन भब्य उद्घाटन भएको छ । बुटवलको बेलबास चोकस्थित अर्घाखाँची पार्टी प्यालेसको हलमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्मेलनको उद्घाटन गर्नुभयो ।

    Advertisement

    कार्यक्रममा नेकपा (मसाल) का विभिन्न जनवर्गीय संगठन एवम् सहयात्री विद्यार्थी संगठनका नेताहरुले शुभकामना दिएका थिए । रक्तिम सांस्कृतिक अभियानका कलाकारले उल्लासमय बनाएको उद्घाटन सत्रमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

    सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला राजनीतिक दलहरुको दलालीपूर्ण राजनीतिका कारण मुलुकै नरहने अवस्था देखिएको बताउनुभयो । आफूलाई ठूलो दल भन्नेहरुले सत्ताका लागि देशी विदेशी तत्वहरुसँगको सांठगाठ गर्दा नेपालको राष्ट्रिता, स्वतन्त्रता र स्वाधीनता कमजोर भएको नेता केसीको दाबी छ ।
    अध्यक्ष केसीले देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाधिनता, गणतन्त्रको रक्षाका लागि विद्यार्थीले राजनीति बुझ्नुपर्ने बताउनुभयो ।

    पूर्पउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले विद्यार्थीले सही प्रकारको राजनीति बुझेमा देशमा जनताले चाहेको परिवर्तन हुन सक्ने बताउनुभयो । नेपालको शिक्षा नीतिले विदेशीको दलाली र चाकडी गर्ने जनशक्ति तयार गरिरहेको बताउँदै अहिलेका सत्ताधारी नेतृत्व राजनीतिक रुपमा नै विचलित भइसकेकाले त्यस्तो नेतृत्वबाट सही शिक्षा नीति बन्नै नसक्ने अध्यक्ष केसीको तर्क छ ।

    अध्यक्ष केसीले भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उल्लेख गर्दै ठूला दलहरुमा देखापरेको राजनीतिक विकृति र विसंगतिको परिणामले निम्ताएको अक्रमण्यताको फल नेपाली जनताले भोगिरहेको बताउनुभयो ।
    नेता केसीले ओलीले संसद विघटन गर्दै प्रतिगमनकारी कदम चाल्दा त्यसको विरुद्धमा एक ठाउंमा भएको गठबन्धनले जनताको आकांक्षा अनुरु कामगर्न नसकेको बताउनुभयो । उहाँले संघीयताका कारण राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षता संकटमा परेको बताउंदै एमसीसीका बिरुद्व राष्ट्रवादी शक्ति एक ठाउंमा उभिने बेला आएको बताउनुभयो ।

    पार्टी भित्रको विवाद वामपन्थी संकिणवादको संकेत भएको बताउँदै आफ्नो कुनै क्रान्तिकारी लाईन दिन नसक्ने तर पार्टीले दक्षिणपन्थी लाईन लियो भन्ने प्रवृति नै वामपन्थी संकिर्णवादको एक उदाहरण भएको चित्रबहादुर केसीको दावी छ ।
    नेता केसीले आफूहरु जनवादी व्यवस्थाको पक्षपोषक उल्लेख गर्दै राष्ट्रिय जनमोर्चा जनवादी व्यवस्थाको पक्षधर हो भन्नुभयो ।
    लुम्बिनी प्रदेश सभा सदस्य तारा जिसीले शिक्षा नीति सही प्रकारको नहुँदा देशमा सर्टिफिकेट प्राप्त गरेका हजारौं विद्यार्थी

    बेरोजगार भएर विदेश पलाएन हुनुपरेको बताउंदै शिक्षामा आमूल परिवर्तन आजको आवश्यक्ता रहेको बताउनुभयो ।
    अखिल (छैठौं)का अध्यक्ष विमल पोखरेलले अहिले शिक्षा प्रणाली असफल सिद्व भएको उल्लेख गर्दै देशको शिक्षा प्रणाली नै गलत भएका कारण बेरोजगार बढेको बताउनुभयो । शिक्षाको दालालीकरण र माफियाकरण फैरहको भन्दै त्यसको जालो तोड्न सशक्त आन्दोनको आवश्यक रहेको अध्यक्ष पोखरेलको भनाइ छ ।

    अखिल (छैठौं)का पूर्व केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले वैज्ञानिक, जनवादी र व्यवहारिक शिक्षा ल्याउनका लागि अखिल (छैठौं) कसैसँग नझुक्ने बताउनुभयो । शिक्षामा रहेका सबै प्रकारका विसंगति र विकृति हटाउँदै व्यवहारिक शिक्षाका लागि शैक्षिक आन्दोलन आवश्यक रहेको बताउनुभयो ।

    कार्यक्रममा अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाही, नेकपा निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, नेपाल विद्यार्थी संघका उपसभापति मुक्तिराज पौडेल, अनेरास्वयूका उपाध्यक्ष यमराज पाण्डे, नेकपा (एकीकृत समाजवादी) निकटको अनेरास्वयूका अध्यक्ष सुदेश पराजुली लगायतले बोल्दै शिक्षालाई पूर्णरुपमा राष्ट्रियकरण गरी निशुल्क र शर्वशुलभ बनाउन विद्यार्थी एकता हुनुपर्नेमा जोड दिनुभयो ।

    अखिल (छैठौं)का अध्यक्ष विमल पोखरेलको अध्यक्षता र सचिव शुभास जिसीको सञ्चालनमा भएको कार्यक्रममा तराई मधेश जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, जातीय समता समाजका अध्यक्ष राजेश विक, अखिल नेपाल किसान संघका उपाध्यक्ष चन्द्र बहादुर केसी, जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढा, अखिल नेपाल शिक्षक संघकी कमला बञ्जाडे, अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल नेपाल महिला संघका महासचिव सकुन्तला रानालगायतले आआफ्ना भनाइ राख्नुभएको थियो । उद्घाटन कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले जनवादी गीत र नृत्य प्रस्तुत गरेका थिए । तीन दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।

    शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.