चितवन । अखिल (छैठौं) चितवनले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि, पर्यवेक्षक चयन गरेको छ । शनिबार नारायणगढमा बसेको चितवन जिल्ला समितिको बैठकले आसन्न राष्ट्रिय सम्मेलन सम्पन्न गर्न विभिन्न निर्णयहरुसमेत गरेको छ ।
Advertisement
सम्मेलनमा जिल्लावाट प्रतिनिधित्व गर्ने प्रतिनिधि र पर्यवेक्षकहरुको ठेगान गर्नुको साथै आर्थिक अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी विभिन्न नगर समितिहरुको बैवैठक बस्ने पनि ठेगान भएको अखिल (छैठौं) चितवनले जनाएको छ ।
जिल्ला अध्यक्ष कमल आचार्यको अध्यक्षतामा बसेको बैठकमा संगठनका केन्द्रीय सचिव सुवाश जिसिको विषेश उपस्थिति थियो । बैठकमा पूर्वजिल्ला अध्यक्ष माधव पौडेलको पनि उपस्थिति थियो ।
अखिल (छैठौं) को २२औं राष्ट्रिय सम्मेलन आगामी असोज २२,२३ र २४ गते वुटवलमा सम्पन्न हुँदै छ ।