• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

जापानबाट फुटपरस्तको समानान्तर समितिमा बस्नेहरू साधारण सदस्यताबाट निलम्बन


  •   शनिबार, असोज १६, २०७८ मा प्रकाशित
  • मेघराज रिष्मेली, टोकियो ।

    Advertisement

    जापान नेपाली एकता समाजले फुटपरस्त तत्त्वहरूको गतिविधिमा सामेल भई समानान्तर समितिमा बस्नेहरूलाई साधारण सदस्यताबाट निलम्बन गरेको छ ।

    २०७८ असोज १६ गते अध्यक्ष यामलाल सापकोटा तथा महासचिव तेजेन्द्र क्षेत्रीद्वारा जारी प्रेसवक्तव्यमा सो जानकारी दिइएको हो ।

    एकता समाज गत असोज ११ गते अन्तर्राष्ट्रिय नामबाट गरिएको कथित छैटौँ भेलाको विपक्षमा उभिएको छ । समाजले भनेको छ– ‘दुर्गाबहादुर केसी अध्यक्ष, लुमाकान्त पुन महासचिव र सक्तमान बुढाथोकी कोषाध्यक्ष रहेको अन्तर्राष्ट्रिय नेपाली एकता समाज नै आधिकारिक समिति हो र त्यसैको निर्णय र निर्देशन मान्ने निर्णय भयो ।’

    एवम् प्रकारले एकता समाजको मातहत रहेको रक्तिम विभागका संरक्षक रहेका सचित्र केसीले बिहान आफैले रक्तिमको भेलाको अध्यक्षता गर्ने, साँझ कीर्ते लेटरप्याड प्रयोग गरी फुटपरस्त तत्त्वलाई समर्थन गरेकोमा त्यसलाई गैरजिम्मेवार र द्वैध चरित्र रहेको किटानी गरेको छ ।

    त्यस्तै, प्रेसवक्तव्यमा फुटपरस्त गतिविधिमा सामेल एकता समाजका सदस्यलाई एकपटक स्वविवेक वा बहकाउमा त्यसो गरिएको हो भनी स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआएमा कारबाही गर्ने निर्णय भएको पनि बताइएको छ ।

    प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
    “जापान नेपाली एकता समाज, केन्द्रीय समितिको बैठक समितिका अध्यक्ष यामलाल सापकोटाको अध्यक्षतामा २०२१ सेप्टेम्बर ३० का दिन १०ः०१ मा सम्पन्न भयो । केही दिनदेखि अन्तर्राष्ट्रिय नेपाली एकता समाज र जापान नेपाली एकता समाजको वैधानिक धारणा विपरीत फुटपरस्त गतिविधि सामाजिक सञ्जालमा र केही प्रायोजित मिडियामा देखा परेका छन् । त्यसबाट साधारण सदस्य, शुभचिन्तक र सर्वसाधारणमा पर्न सक्ने भ्रमलाई स्पष्ट पार्न यो वक्तव्य जारी गरिएको छ ।

    १. अन्तर्राष्ट्रिय नेपाली एकता समाजको असोज ११ मा भएको भनिएको कथित छैटौँ भेला फुटपरस्त गतिविधिको नमुना हो । यो सङ्गठनभित्रै बसेर सङ्गठन विरोधी गतिविधि गर्ने अराजक र गैरजिम्मेवारीपनको उपज हो । यसबाट हाम्रा सदस्य शुभचिन्तक र सर्वसाधारणलाई कुनै भ्रममा नपर्नु हुन अनुरोध गर्दछौँ । दुर्गाबहादुर केसी अध्यक्ष, लुमाकान्त पुन महासचिव र सक्तमान बुढाथोकी कोषाध्यक्ष रहेको र जापानबाट सालिकराम सापकोटा, गोपाल सापकोटा सदस्य र हेमलाल गौतम सल्लाहकार रहेको अन्तर्राष्ट्रिय नेपाली एकता समाजको समिति नै आधिकारिक समिति हो । त्यही आधिकारिक समितिको निर्णय र निर्देशन मात्रै पालना गर्ने निर्णय भयो ।

    २. रक्तिम सांस्कृतिक अभियान जापान जापान नेपाली एकता समाजको विभाग हो । सो विभागका संरक्षक सचित्र केसीले बिहान पुनर्गठित समितिको घोषणा सभाको अध्यक्षता गर्नुलगत्तै त्यही दिन कथित अन्तर्राष्ट्रिय नेपाली एकता समाजको भेलालाई समर्थन गरी त्यो समितिमा सल्लाहकारमा बस्नुले उहाँमा साङ्गठनिक इमान्दारिता नभएको प्रष्टै देखिन्छ । साथै कीर्ते लेटरप्याडमा नक्कली र भ्रामक वक्तव्य प्रकाशित गराउनु र प्रथम कार्यसमितिको अध्यक्षलाई आफू कहिलेदेखि त्यो नेतृत्वमा बसेको हो भन्नेसम्मको हेक्का नहुनुले उहाँको गैरजिम्मेवार र द्वैध चरित्रलाई थप पुष्टि गर्दछ । उहाँलाई रक्तिम सांस्कृतिक अभियानको संरक्षक र एकता समाजको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गर्ने निर्णय भयो ।

    ३. फुटपरस्त गतिविधिमा लागेका मान्छेको समर्थन गर्दै सामाजिक सन्जालमा गैरजिम्मेवारीपूर्ण भनाइहरू राख्ने समितिका जिम्मेवार स्थानमा भएका सदस्यहरूलाई उहाँले कसैको बहकाउमा त्यसो गर्नुभयो कि स्वविवेकले हो भन्ने विषयमा स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआएमा उक्त पद र जिम्मेवारीबाट हटाउने निर्णय भयो ।

    ४. अनुशासन र साङ्गठनिक मर्यादा र त्योसँग सम्बन्धित रहेर केही साथीहरूले केही महत्त्वपूर्ण सवाल उठाउनुभयो । त्यस विषयमा पर्याप्त छलफलको आवश्यकता रहेको महसुस गरी पुनः एकपटक उक्त विषयमा मात्रै प्रवेश गरी छलफल गर्ने निर्णय भयो ।

    ५. फुटपरस्त गतिविधिमा लाग्ने साथीहरूको भ्रममा नपर्न आआफ्नो तह र क्षेत्रबाट पहल गर्ने र उक्त गतिविधिमा लागेका मान्छेको पहिचान गरी उनीहरूलाई जोडिएका हाम्रा सामाजिक समूहबाट हटाउने निर्णय भयो । तिनीहरूले गरेको कुनै पनि गतिविधिप्रति हाम्रो नैतिक जिम्मेवारी रहने छैन । उक्त गतिविधिमा लागेको र समानान्तर समितिमा बसेका सबैलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गर्ने निर्णय भएको जानकारी गराउँछौँ ।”

    शनिबार, असोज १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.