काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (ई.पी.एल.) को पहिलो खेलमा काठमाडौँ किङ्ग्स विजयी भएको छ ।
Advertisement
काठमाडौँ किङ्ग्सले ललितपुर पेट्रियट्सलाई ७ विकेटले पराजित गरेको हो ।
लतिलपुरले प्रस्तुत गरेको १५८ रनको लक्ष्य काठमाडौँले मात्र १४.२ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो ।
काठमाडौँका लागि रायन बर्लले विस्फोटक ब्याटिङ गर्दै मात्र ३४ बलमा ७३ रन बनाए । उनले यस क्रममा ३ चौका र ७ छक्का हिर्काए । त्यसैगरी, ओपनर रमानुल्लाह गुबाजले ५९ रन बनाए ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रन बनाएको थियो ।
ललितपुरका लागि पवन शर्राफले सर्वाधिक ६१ रन बनाए भने योगेन्द्र सिंह कार्कीले ३३ रनको योगदान दिए । काठमाडौँका लागि जितेन्द्र मुखियाले ४ विकेट लिए ।