• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

‘एक शिक्षण संस्था एक उद्यम कार्यक्रम’ सञ्चालनको तयारी


  •   मङ्गलबार, असोज ०५, २०७८ मा प्रकाशित
  • काठमाडौं । अब विद्यार्थी विद्यालयमा नै उद्यमशील बन्ने भएका छन् । पढाइको बाबजुद उनीहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्न राष्ट्रिय युवा परिषद्ले विद्यालयमा ‘एक शिक्षण संस्था एक उद्यम कार्यक्रम’ सञ्चालन गर्न थालेको छ ।

    Advertisement

    पढाइपछि बचेको समयमा विद्यालयमा नै माछापालन, बाख्रापालन, पुष्प, तरकारी खेतीसहित उद्यमशील बनाउनका लागि उक्त कार्यक्रम सञ्चालन गर्न थालिएको परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । परिषद्ले यसै आर्थिक वर्षदेखि शिक्षण संस्थालाई उद्यम गर्ने सिकाइस्थलको रुपमा विकास गर्न र शिक्षामा गुणस्तर, नवप्रवर्तन तथा उद्यमशीलताको विकास गरी शिक्षण रुपान्तरण गर्न कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

    परिषद्का उपाध्यक्ष ढुङ्गेलले विद्यार्थीलाई विद्यालयबाट नै उद्यमशील बनाउन ‘एक एक शिक्षण संस्था एक उद्यम’ कार्यक्रम सञ्चालन गर्न थालिएको जानकारी दिनुभयो । उहाँले उक्त कार्यक्रमले आफू पढेलेखेको ठाउँबाट नै विद्यार्थी व्यवसायमा लाग्न सहयोग पुग्ने बताउनुभयो । ‘द्यालय तहबाट नै विद्यार्थीलाई उद्यमतर्फ आकर्षित गर्न यो कार्यक्रम सञ्चालन गरेको हौं’, उहाँले भन्नुभयो, ‘विद्यालयबाट बाहिर निस्केपछि पनि उनीहरु बेरोजगार बन्नुपर्दैन ।’

    उहाँका अनुसार अभिभावक पनि महिनामा एक दिन विद्यालयमा आए आफ्ना विद्यार्थीले गरेको उद्यममा सहभागी हुनेछन् । ‘आफ्ना विद्यार्थीले विद्यालयमा नै उद्यम देखेर अभिभावक पनि आफ्नो खाली रहेको खेतबारीमा केही न केही खेती गर्न सक्नेछन्’, उहाँले भन्नुभयो, ‘यसले सिङ्गो समाजलाई उद्यमशील बनाउन सहयोग मिल्ने छ ।’

    सञ्चालनका लागि परिषद्ले देशभरिका विद्यालयसँग प्रस्ताव माग गरेको छ । परिषद्ले कार्यक्रम सञ्चालन गर्न इच्छुक प्राविधिक तथा व्यावसायिक धार÷शिक्षा सञ्चालित वा नमूना विकासका लागि छनोट भएका सामुदायिक माध्यमिक विद्यालयले यही असोज २१ गतेभित्र व्यावसायिक परियोजना प्रस्ताव पेश गर्न आग्रह गरेको छ । विद्यालयले पेश गरेको प्रस्तावलाई परिषद्को छनोट समितिले छनोट गर्नेछ । कार्यान्वयन कार्यढाँचामा निर्धारित मूल्याङ्कनका आधार बमोजिम प्रत्येक प्रदेशबाट एक एक र सङ्घबाट एक गरी आठ वटा विद्यालय छनोट गरिने परिषद्का उपसचिव कमला ज्ञवालीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार छनोट भएको विद्यालयले बीउ पुँजीको रूपमा परिषद्ले नै शुरुमा सात लाख रूपिया अनुदान दिने छ । परिषद्ले उपलब्ध गराएको र क्लबले विभिन्न स्रोतबाट प्राप्त गरेको रकमबाट नै विद्यालयमा उद्यम कार्यक्रम सञ्चालन गरिने छ ।

    सरकारले नमूना विकासका लागि छनोट गरिएका ४२२, प्राविधिक शिक्षा सञ्चालन गर्ने ४८४ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी०बाट १८ महिनाको कक्षा सञ्चालन गरिरहेको विद्यालयले उक्त कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

    प्राविधिक तथा व्यावसायिक धार÷शिक्षा लागू भएका नमूना सामुदायिक माध्यमिक विद्यालयलाई विशेष प्राथमिकता दिइने छ । विद्यालयले कृषि तथा पशुपक्षी (माछापालन, बाख्रापालन, कुखरापालन) वन, पर्यटन प्रवद्र्धन, निर्माणमा आधारित उद्यम, कलामा आधारित उद्यमलगायत आठ प्रकारका उद्यममा कार्यक्रम सञ्चालन गर्न सक्ने छन् ।

    विद्यालयमा उद्यम कार्यक्रम सञ्चालनका लागि विद्यालयमा ९ देखि १२ कक्षा अध्ययनरत विद्यार्थी र कक्षामा प्रथम हुने विद्यार्थी सम्मीलित १७ सदस्यीय विद्यार्थी उद्यमी क्लब गठन गरिने छ । उक्त क्लबमा रहेका विद्यार्थीले नै उद्यम कार्यक्रम सञ्चालन गर्ने छन् ।

    उद्यम सञ्चालनका लागि विद्यालयमा उद्यम कोष स्थापना गरिने छ । विद्यालयका प्रधानाध्यापक अध्यक्ष, उद्यमी क्लबका अध्यक्ष सदस्य र विद्यालयको लेखा हेर्ने कर्मचारी सदस्य सचिव रहनेछन् । कोषमा अभिभावकबाट उद्यम गर्न वार्षिक रुपमा सङ्कलिन रकम, प्रदेश सरकारबाट प्राप्त अनुदान, उद्यमबाट प्राप्त आम्दानी, पूर्व विद्यार्थी मञ्चबाट उद्यम सञ्चालनार्थ स्वेच्छिक रुपमा प्राप्त रकम, स्थानीय तह र अन्य व्यक्ति, सङ्घसंस्थाको अनुदानबाट प्राप्त रकमले एक विद्यालय एक उद्यम कार्यक्रम सञ्चालन गरिने उपाध्यक्ष ढुङ्गेलले जानकारी दिनुभयो । परिषद्का प्रमुख प्रशासकिय अधिकृत डा बाबुराम ढुङ्गानाले विद्यार्थी आफैले उद्यमबाट कमाएको पैसाले विद्यालयमा पढ्ने बताउनुभयो ।(रासस)

    मङ्गलबार, असोज ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.