काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ–१० बालुवाखानीमा रहेको नागरिक मार्ट शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ ।
Advertisement
शुक्रबार एक कार्यक्रमबीच बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले मार्टको शुभारम्भ गर्ने कार्यक्रम छ ।
सो मार्टमा सामान किन्दा नाफाको ५० प्रतिशत उपभोक्ताले नै प्राप्त गर्ने छन् । मार्टमा दैनिक उपभोग्य वस्तु दाल, चामल, तरकारी, कस्मेटिक्स इत्यादि सामान सुपथ मूल्यमा खरिद गर्न पाइने छ ।
नागरिक बहुउद्देश्यीय सहकारीमार्फत सञ्चालनमा रहेको सो मार्टले बिना कुनै लगानी उपभोक्तालाई सहकारीको मालिक बनाउने लक्ष्य राखेको सहकारीका अध्यक्ष विष्णुचन्द्र अधिकारीले बताउनुभयो ।
यो पनि…
‘नागरिक मार्ट’ मा सामान किन्दा ५० प्रतिशत नाफा उपभोक्ताकै