काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यही असोज १ गतेदेखि विद्यार्थीलाई भौतिक उपस्थिति गराएर पठन पाठन गर्ने भएको छ ।
Advertisement
बिहीबार सूचना प्रकाशित गरी त्रिवीले असोज १ गतेदेखि सबै आंगिक एवम् सम्बन्धन प्राप्त कलेजहरुमा प्रत्यक्ष कक्षा सञ्चालन गर्ने जनाएको हो ।
यसअघि कोरोना संक्रमणको जोखिम र निषेधाज्ञाका कारण त्रिविले अनलाइन कक्षा सञ्चालन गर्दै आएको थियो ।
त्रिविले ‘पूर्वतयारी एवम् सतर्कता अवलम्बन गर्दै २०७८ आश्विन १ गतेदेखि सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न त्रिवि कार्यकारी परिषदको मिति २०७८।५।२७ को निर्णयानुसार त्रिवि अन्तर्गतका सम्पूर्ण क्याम्पस/विभाग/स्कुलहरुलाई सूचित’ गरिएको छ ।

