रौतहट । राष्ट्रिय जनमोर्चा, रौतहटले जिल्लाको ईमुनामाई गाउँपालिका वडा नं ५ मा संगठन विस्तार गरेको छ । बुधबार झुन्खुनवा टोलमा सम्पन्न एक भेलाले ९ सदस्यीय वडा समिति गठन गरेको हो ।
Advertisement
समितिको अध्यक्षमा मो. अतिउल्लाह, उपाध्यक्ष मो. जमिम अख्तर नेपाली, सचिव नौसाद आलम, सहसचिव मो. अतिउल्ला र कोषाध्यक्ष प्रमशिल देवी धोबी चयन हुनुभएको छ । यस्तै, सदस्हरुमा जनिफा मियाँ, समिम अख्तर नेपाली, जाहिर हुसेन र मनिर मियाँ रहनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष तथा प्रदेश नं २ का सदस्य हरिकिशोर महतो र राजमो जिल्ला सदस्य तथा तराई मधे श जनवादी मोर्चाका जिल्ला अध्यक्ष शेख नुरुलहकको विशेष उपस्थिति रहेको थियो ।