• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

पार्टीको आन्तरिक मामिलामा नखेल्न वैद्य, विप्लवलाई राजमो प्रदेश अध्यक्ष भट्टको ‘सुझाव’


  •   बुधबार, भदौ २३, २०७८ मा प्रकाशित
  • धनगढी । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले राजमोको आन्तरिक मामिलामा चलखेल नगर्न अन्य राजनीतिक दलहरुलाई सुझाव दिनुभएको छ ।

    Advertisement

    एमसीसीलगायत राष्ट्रियताका विभिन्न मुद्दामा पार्टीसँग सहकार्य गरेका कतिपय दलहरुले सुदूरपश्चिममा पार्टीबाटै निष्काशित व्यक्तिहरुसँग साँठगाँठ गरेको उहाँले आरोप लगाउनुभएको छ ।

    सुदूरपश्चिमका केही दलले राष्ट्रिय जनमोर्चाबाट निष्काशित व्यक्तिहरुसँग संयुक्त बैठक बसी आज (भदौ २३ गते) एमसीसीविरुद्ध संयुक्त कार्यक्रम भन्दै पार्टीबाट निष्काशित व्यक्तिलाई प्रदेश अध्यक्ष भनी संयुक्त वक्तव्य निकालेकोप्रति उहाँले आपत्ति जनाउनुभएको छ । दलहरुको यस्तो कार्यले सहकार्य बलियो नहुने पनि उहाँले बताउनुभएको छ ।

    वक्तव्यमा भनिएको छ,
    ‘एमसीसीका विरुद्ध भाद्र २३ गते कैलालीको अतरियामा विरोध कार्यक्रम गर्ने उद्देश्यले हाम्रो पार्टीको नाम सहित सामेल गरि विप्लप, वैद्य माओवादी र नेकपा (माले) ले भाद्र २२ गते जारि गरेको संयुक्त वक्तव्य प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सर्वप्रथम हाम्रो पार्टीको नाम सामेल गरी वक्तव्य जारी गर्दा वा विरोध कार्यक्रमको आह्वान गर्दा हामीसँग कुनै पनि स्तरमा बैठक बसि सरसल्लाह, सहमति भएको थिएन । हामीसँग कुनै पनि प्रकारको सरसल्लाह वा सहमति नगरी हाम्रो पार्टीको नाम सहित जोडेर जारी गरेको वक्तव्य अनधिकृत छ । हामीसँग कुनै पनि प्रकारको सरसल्लाह सहमति नगरी हाम्रो पार्टीको नाम वक्तव्यमा सामेल गर्ने अधिकार विप्लप सहितका अन्य समूहलाई कहाँबाट प्राप्त भयो ?

    अझ त्यसमा पनि गम्भीर विषय हाम्रो पार्टीले सार्वजनिक रुपमै अनुशासनको कारबाही गरी निष्काशन गरेका व्यक्तिले प्रदेश अध्यक्षको रूपमा वक्तव्यमा हस्ताक्षर गरेका छन् । सार्वजनिक रुपमा कारबाही भइ दलबाट निष्काशित व्यक्तिलाई पार्टीको प्रदेश अध्यक्षका रूपमा स्वीकार गर्ने कार्य समेत घोर आपतिजनक छ । कुनै पनि प्रकारको सहकार्य गर्दा केन्द्रीय स्तरमा सामेल पक्षले प्रदेश वा स्थानीय स्तरमा सम्बन्धित पार्टीको आधिकारिक व्यक्ति वा समितिसँग नै सम्पर्क वा छलफल गरेर संयुक्त कार्यक्रम तय गर्नु पर्दछ । तर वक्तव्यमा हस्ताक्षर गरेका पक्षहरुले त्यो नगरी हाम्रो पार्टीबाट निष्कासित व्यक्तिहरुले गठन गरेको अवैध समितिसँग सम्बन्ध कायम गरि हाम्रो पार्टीको आन्तरिक मामिलामा खेल्न खोज्ने कार्य भएको छ । यो कार्यले सहकार्य वा कार्यगत एकतालाई बलियो बनाउन सक्दैन ।

    केन्द्रीय स्तरमा हाम्रो पार्टीसँग सहकार्य गर्ने तर प्रदेश वा स्थानीय स्तरमा हामीले अनुशासनको कारबाही गरेका व्यक्तिलाई हाम्रो पार्टीको नामबाट बैठकमा वा कार्यक्रममा सामेल गर्ने कार्य गलत हुन्छ । त्यस्तो कार्यले आन्दोलनमा फुट पार्ने वा कमजोर बनाउने काम हुन्छ । हामीसँग कुनै सरसल्लाह नगरी हाम्रो पार्टीको नाम दुरपयोग गरि आह्वान गरेकोएमसीसी विरुद्धको आजको कार्यक्रममा हाम्रो सहभागिता हुने छैन । यद्यपी एमसीसीका विरुद्ध हामी दृढ छौँ । हामीले एकल तथा संयुक्त रुपमा एमसीसीका विरुद्ध संघर्ष गर्दै आएका छौँ । आगामी दिनहरुमा पनि हाम्रो त्यो नीति कायमै हुनेछ ।

    धन्यवाद
    नन्द राज भट्ट
    अध्यक्ष, राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समिति

    बुधबार, भदौ २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.