बागलुङ । राष्ट्रिय जनमोर्चा बडिगाड गाउँपालिका– १० दर्लिङको प्रशिक्षण भेला सम्पन्न भएको छ । भेलाले राजमोको वडा समिति पुनर्गठनसमेत गरेको छ ।
सोमबार सम्पन्न कार्यक्रममा राजमो बागलुङका सचिव भिमलाल पोखरेल, नेकपा (मसाल)का जिल्ला प्रवक्ता मेकबहादुर पाइजा, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, युवक संघका जिल्ला कोषाध्यक्ष अनिल गिरी, राजमो बडीगाडका सचिव इस्वरमान विक, दुर्गाबहादुर बुढा, नरबहादुर बिक पुर्णाकुमारी सुनार लगायतले शुभकामना दिनुभएको थियो ।
सो भेलाले पूर्णबहादुर विकको अध्यक्षतामा ३१ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा दुजमान बुढा, सचिव उति प्रसाद परियार, सहसचिव अर्जुन थापा र कोषाध्यक्षमा पुर्णा कुमारी सुनार रहनुभएको छ ।
सदस्यहरुमा मेहर सिह थापा, हेमबहादुर थापा, जुठे विक, मिना बुढा, असोक विक, ईश्वरमान विक, सन्जे विक, नविन विक, अनबहादुर बुढा, रुमा आचार्य, केसर विक, सुशील बुढा, लाल जङ गुरुङ, उदयराज बुढा , दुर्गा बुढा, राजु विक, तनरुप बुढा, मने विक, अमरसिंह थापा, अजय विक, सन्जु विक, देबे विक, मनोज बुढा, बोम विक, अने विक र देब बहादुर विक रहनुभएको छ ।

मेहरसिंह छन्त्यालको अध्यक्षता, सुशील बुढाको सञ्चालन र दुजमान थापाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।