• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

क्रान्तिकारिता वा प्रतिगमनको सेवा ?


  •   शनिबार, भदौ १९, २०७८ मा प्रकाशित
  • वासुदेव पोख्रेल ##
    कामरेड विमल शर्माले हालै प्रकाशित एउटा लेखमा लेख्नुभएको छ : नेकपा (मसाल) को नेतृत्वले देशमा अहिले स्थापना भएको बहुदलीय व्यवस्था र गणतन्त्रलाई कहिलेसम्म संरक्षण गरिरहनुपर्दछ ? त्यसबारे केही बताउन सकेको छैन । नेतृत्वको भनाइ अहिले एउटा कम्युनिस्ट पार्टीले बहुदलीय व्यवस्था र गणतन्त्रको विरोध गर्नुहुँदैन र त्यसलाई संरक्षण गरिरहनुपर्दछ भन्ने रहेको छ । यदि कसैले यो व्यवस्थाभन्दा माथिल्लो व्यवस्था नयाँ जनवादी व्यवस्था स्थापनाको लागि प्रचार प्रसार गर्ने, त्यसका लागि योजना बनाउने र त्यसको स्थापनाका लागि वर्गसङ्घर्षलाई उचाइमा उठाउने कार्यलाई प्राथमिकतामा राखेर काम गर्नुपर्दछ भन्यो भने त्यसलाई “प्रतिगमनको सेवा” गरेको बताउने गर्दछ ।

    Advertisement

    विमल शर्माको माथिको भनाइले उहाँको राजनीतिक लाइनको चुरो कुरा अर्थात् उहाँले जतिसुकै ठुला ठुला क्रान्तिकारी कुरा गरे पनि त्यसको वास्तविक अर्थ प्रतिगमनको सेवा नै हो भन्ने कुरालाई राम्ररी उदाङ्गो बनाएको छ ।

    पार्टीबाट निष्काशित र फुटपरस्त तत्त्वले नयाँ जनवादी क्रान्तिको नारालाई तात्कालिक कार्यदिशाका रूपमा नै पेस गर्ने नीति अपनाएका छन् ।

    नेकपा (मसाल) ले नयाँ जनवादी व्यवस्थाको स्थापनाको कार्यक्रम वा वर्गसङ्घर्षलाई तिलाञ्जली दिने काम गरेको छैन र त्यसको प्रचार प्रसारमा जोड दिने नीति त्यो पार्टीद्वारा प्रकाशित आठौँ महाधिवेशनका दस्तावेज, न्यूनतम कार्यक्रम र राजनीतिक प्रतिवेदनमा स्पष्ट गरिएको छ । तर त्यो पार्टीले नयाँ जनवादी क्रान्तिको कार्यक्रमलाई कार्यनीतिक नाराको रूपमा होइन, रणनीतिक रूपमा नै प्रस्तुत गरेको छ ।

    पार्टीबाट निष्काशित र फुटपरस्त तत्त्वले नयाँ जनवादी क्रान्तिको नारालाई तात्कालिक कार्यदिशाका रूपमा नै पेस गर्ने नीति अपनाएका छन् ।

    रणनीतिलाई कार्यनीतिक रूपमा पेस गर्नु वामपन्थी सङ्कीर्णवादी दृष्टिकोण नै हो । मसालले उनीहरूले नयाँ जनवादी क्रान्तिमा जोड दिएको कारणले होइन, त्यसलाई कार्यनीतिक रूपमा पेस गर्ने गरेकोमा नै उनीहरूको आलोचना गरेको छ । तर उनीहरूको त्यो नीतिलार्ई प्रतिगमनको सेवा गरेको भनेर कहिल्यै पनि आरोप लगाएको छैन । तैपनि उनीहरूलाई किन प्रतिगमनको सेवा गरेको भनिएको छ ? त्यो कुरा कामरेड विमल शर्माको माथि उद्धृत लेखको पहिलो अंशबाट नै प्रष्ट हुन्छ ।

    उनीहरूको तीव्र विरोध मसालले बहुदलीय व्यवस्था र गणतन्त्रलाई समर्थन गरेको कुरामा नै छ ।

    माथि उद्धृत लेखको पहिलो अंशमा मसालको नीतिका सन्दर्भमा यो प्रश्न उठाइएको छ– “पार्टीको नेतृत्वले देशमा अहिले स्थापना भएको बहुदलीय व्यवस्था र गणतन्त्रलाई कहिलेसम्म संरक्षण गरिरहनुपर्दछ ?… नेतृत्वको भनाइ अहिले एउटा कम्युनिस्ट पार्टीले बहुदलीय व्यवस्था र गणतन्त्रको विरोध गर्नुहुँदैन र त्यसलाई संरक्षण गरिरहनुपर्दछ भन्ने रहेको छ ।”

    त्यसरी उनीहरूको तीव्र विरोध मसालले बहुदलीय व्यवस्था र गणतन्त्रलाई समर्थन गरेको कुरामा नै छ । यो प्रश्नमा फुटपरस्त तत्त्व र मसालका बिचमा गम्भीर प्रकारको मतभेद भएको कुरा सत्य हो । उनीहरूको अहिलेको जोड बहुदलीय व्यवस्था र गणतन्त्रलाई समाप्त गर्नेतिर नै छ । त्यसैले उनीहरूले मसालको बहुदलीय व्यवस्था र गणतन्त्रलाई समर्थन गर्ने नीतिका विरुद्ध नै हमला केन्द्रित गरेका छन् ।

    मसालले यो कुरा बारम्बार स्पष्ट गर्दै आएको छ कि बहुदलीय व्यवस्था र गणतन्त्र नेपाली जनताको लामो सङ्घर्ष र बलिदानद्वारा प्राप्त उपलब्धि हुन । राजावादी शक्तिहरूले ती दुबैलाई समाप्त गरेर राजतन्त्र र हिन्दु राष्ट्रको पुनस्र्थापनाका लागि अभियान चलाइरहेका छन् ।

    त्यो अवस्थामा मसालले बहुदलीय व्यवस्था, गणतन्त्र र धर्म निरपेक्षतासमेत माथि प्रतिगमनको खतरा भएको बताएर तिनीहरूको रक्षाका लागि सङ्घर्ष गर्ने कुरामा जोड दिइरहेको छ । मसालको त्यही नीति फुटपरस्त तत्त्वलाई असह्य भएको छ र उनीहरूले बहुदलीय व्यवस्था र गणतन्त्रलाई समाप्त गर्नका लागि नै मुख्य जोड लगाइरहेका छन् । त्यसरी उनीहरूको त्यो नीति राजावादीसित मिल्न गएको छ । मसालले उनीहरूको त्यो नीतिलाई प्रतिगमनको सेवा बताएको छ ।

    प्रतिगामी शक्तिहरूको हमलाका विरुद्ध मसालले बहुदलीय व्यवस्था र गणतन्त्रको रक्षाका लागि जोड दिने जुन नीति अपनाएको छ, त्यो उनीहरूका लागि दक्षिणपन्थी गल्ती बन्न जान्छ र त्यसका विरुद्ध उनीहरूले बहुदलीय व्यवस्था र गणतन्त्रलाई समाप्त गर्ने नीतिलाई क्रान्तिकारी बताउन पुगेका छन् ।

    विमल शर्माको लेखको माथिको अंशले पनि उनीहरूको मुख्य जोड बहुदलीय व्यवस्था र गणतन्त्रलाई समाप्त गर्नका लागि नै भएको कुरामा कुनै शङ्का रहन्न र उनीहरूको त्यस प्रकारको नीति नै प्रतिगमनको सेवा भएको कुरा प्रष्ट छ । त्यही उनीहरूको अहिलेको कार्यनीति पनि हो, जसका आधारमा उनीहरूले आफ्नो सङ्घर्षलाई अगाडि बढाउने प्रयत्न गरिरहेका छन् । प्रतिगामी शक्तिहरूको हमलाका विरुद्ध मसालले बहुदलीय व्यवस्था र गणतन्त्रको रक्षाका लागि जोड दिने जुन नीति अपनाएको छ, त्यो उनीहरूका लागि दक्षिणपन्थी गल्ती बन्न जान्छ र त्यसका विरुद्ध उनीहरूले बहुदलीय व्यवस्था र गणतन्त्रलाई समाप्त गर्ने नीतिलाई क्रान्तिकारी बताउन पुगेका छन् ।

    उनीहरूको नीतिले प्रतिगामीहरूको बहुदलीय व्यवस्था र गणतन्त्रमाथि हमला गर्ने नीतिसित मेल खाने हुनाले उनीहरूले देशमा प्रतिगामी खतरा छ भन्ने कुरालाई अस्वीकार गर्दछन् । त्यति मात्र होइन, उनीहरूले सामन्तवादसितको अन्तरविरोधलाई नै गौण बताउन पुगेका छन् ।

    त्यसरी उनीहरू सामन्तवादका विरुद्धको सङ्घर्षमा जोड दिने नीतिबाट पनि पछाडि हटेका छन् । त्यही नीतिका कारणले उनीहरू राजावादी वा प्रतिगमनको खतराका विरुद्ध सङ्घर्ष गर्ने नीतिलाई पनि तिलाञ्जली दिन पुगेका छन् । उनीहरूको बहुदलीय व्यवस्था र गणतन्त्रका विरुद्ध हमला गर्ने नीतिका नै यी सबै प्रकट रूप हुन । यी केही कुराबाट उनीहरूले क्रान्तिकारिताको नाममा प्रतिगमनको सेवा गरिरहेको कुरामा कुनै शङ्का रहन्न । तैपनि मसालले उनीहरूलाई प्रतिगामी शक्ति नै भनेको छैन र खालि प्रतिगमनको सेवा गरेको मात्र भनेको छ ।

    शनिबार, भदौ १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.