रामप्रकाश पुरी ##
अहिले राष्ट्रिय जनमोर्चाका प्रवक्ताबाट भाद्र १५ गते र नेकपा (मसाल) का प्रवक्ताबाट भाद्र १७ गते जारी वक्तव्यलाई आधार बनाएर राजमो महासचिव का. मनोज भट्ट तथा अखिल (छैठौँ) का अध्यक्ष का. विमल पोखरेल र स्वयम् हाम्रो पार्टीसमेतबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् । यो लेखको उद्देश्य ती विभिन्न टीकाटिप्पणीबारे स्पष्ट गर्नु नभई सार्वजनिक रूपमा पार्टीद्वारा गरिने आलोचनाको पक्षलाई स्पष्ट गर्नु मात्र रहेको छ ।
सार्वजनिक भएका वा गरिएका विषयमा कुनै पनि टिप्पणी हुने विषयलाई हामीले अन्यथा मान्दैनौँ । फरक यति हो कि हाम्रो पार्टीका सदस्यहरू कसरी प्रस्तुत भइरहनुभएको छ ? पार्टीले त्यो प्रश्नमाथि निश्चय नै ध्यान राख्दछ । पार्टीले यस्तो किन गर्दछ भने पार्टीसदस्यहरू पार्टीका सम्पत्ति हुन्, तिनीहरूको सुरक्षा, संरक्षण, विकास र सम्बद्र्धन पार्टीको अनिवार्य दायित्व र कर्तव्यभित्र पर्दछ ।
पार्टीसदस्यको सकुशलता भनेको उनको वैचारिक, सैद्धान्तिक, राजनीतिक, सङ्गठनात्मक प्रतिबद्धता र कार्यान्वयनप्रतिको इमान्दारिता हो । यी पक्षमा विचलन आउनेबित्तिकै सुरक्षा, विकास र सम्बद्र्धनका पक्ष जोखिममा पर्दछन्; अर्थात्, कम्युनिस्ट पार्टीको सदस्य नरहने असुरक्षा बढेर जान्छ, त्यसो भयो भने विकास र सम्बद्र्धनको प्रश्न त धेरै टाढाको बन्न जान्छ । त्यसैले पार्टी सदस्यको सकुशलता पार्टीको शक्तिको एउटा महत्त्वपूर्ण पक्ष हो ।
पार्टीको उद्देश्यलाई पार्टीसदस्यले कार्यान्वयनमा लैजाने भएकाले सदस्यहरूका काम, कर्तव्य, दायित्व, अभिव्यक्ति आदि गतिविधिबारे पार्टी सँधै गम्भीर बनिरहेको हुन्छ ।
पार्टीको उद्देश्यलाई पार्टीसदस्यले कार्यान्वयनमा लैजाने भएकाले सदस्यहरूका काम, कर्तव्य, दायित्व, अभिव्यक्ति आदि गतिविधिबारे पार्टी सँधै गम्भीर बनिरहेको हुन्छ । उहाँहरूको जीवनशैली, आचरण, कार्यशैली, अनुशासन, अभिव्यक्ति आदि जति कम्युनिस्ट सिद्धान्त, विधि र पद्धतिअनुसार मजबुत ढङ्गले प्रस्तुत हुन्छन्, त्यति र त्यही रूपमा कम्युनिस्ट पार्टी मजबुत भएर अगाडि बढ्दछ ।
हाम्रो पार्टीबाट निकालिएका व्यक्ति, कम्युनिस्ट पार्टीको सिद्धान्त, विधि र पद्धतिबाट अलग भएका मान्छे, सर्वसाधारण वा अरू विरोधी वर्ग र राजनीतिक सङ्गठनका मान्छेले हामी र हाम्रो पार्टीको विषयमा के धारणा बनाउँछन् वा के नीति अपनाउँछन् वा कस्तो अभिव्यक्ति दिन्छन् ? त्यो गौण कुरा हो । मुख्य कुरा हो, हाम्रो पार्टीका सदस्यले पार्टीको घोषित नीति र पद्धतिअनुसार काम गरिरहनुभएको छ वा छैन ? अहिले पार्टीबाट निष्काशित भइसकेका व्यक्तिबारे पनि पहिले उनीहरू पार्टीमा भएको बेला पार्टीले त्यही प्रकारले ध्यान राख्दथ्यो ।
अहिले उनीहरूबारे पार्टीले उनीहरूको गतिविधिलाई ध्यानमा राख्दैन । उनीहरू हाम्रा पार्टीका विरुद्धमा कुर्लिरहेका हुन्छन्, लेखिरहेका हुन्छन्, चरित्रहत्यासमेत गरिरहेका हुन्छन् । तैपनि पार्टीले त्यसलाई स्वाभाविक रूपले लिन्छ† किनभने, उनीहरू अब हाम्रो पार्टीमा रहेका छैनन् । त्यसैले उनीहरूले निर्धक्क र स्वतन्त्रतापूर्वक हाम्रो पार्टीको विरोध गर्न सक्छन् वा कुनै षड्यन्त्र पनि गर्न सक्छन् । पार्टीले आवश्यकतानुसार तिनीहरूलाई विफल बनाउँदै लैजान्छ ।
पार्टीले विरोधी पक्षबाट हुने सबै विरोध र आरोपबारे गम्भीर बनिरहनुपर्दैन । उनीहरूको विरोध र आरोपले कुनै राजनीतिक वा सैद्धान्तिक महत्त्व राख्ने रहेछ वा कुनै भ्रमले जनतामा असर पर्ने र स्पष्ट पार्नुपर्ने आवश्यकता देखिएमा त्यसको खण्डन गर्दछ वा स्पष्टीकरण दिन्छ । भौतिक रूपले नै पहलकदमी लिनुपर्ने आवश्यकता देखिएमा पार्टीले त्यस्तो योजनालाई पनि पूरा गरेरै छाड्छ । तर अहिले नै त्यस प्रकारको पहलकदमी लिनुपर्ने आवश्यकता रहेको छैन । त्यस्तो पहलकदमी लिनुपर्ने भएमा पार्टीको निर्णय र नीति पनि बन्दछ । हाम्रो पार्टीको तर्फबाट सार्वजनिक गरिने कुनै विषयसम्बन्धीको आधिकारिक धारणा त्यससम्बन्धी अर्को निर्णय वा पुनर्विचार गर्नुपर्ने आवश्यकता नदेखिएसम्मका लागि र अर्को धारणा सार्वजनिक नहँुदासम्म आधिकारिक हुन्छ । त्यसअनुसार पार्टीका सम्पूर्ण सदस्य विचरित हुनुपर्दछ । कुनै पार्टीसदस्यलाई अर्कै नियम र कुनै पार्टीसदस्यलाई अर्कै नियम लागु हुँदैन । त्यो महामन्त्रीदेखि उम्मेदवार सदस्यसमेतलाई एकनासले लागु हुन्छ ।
हाम्रो पार्टीको विरोधीले हाम्रो पार्टीका सधैँ विरोध गर्दै आएका छन् । अब उनीहरूको पङ्क्तिमा पार्टीबाट निष्काशित व्यक्तिहरू पनि सामेल भएका छन् । अहिले उनीहरूले बढी नै खरानी घसेको देखिन्छ । सम्भवतः पार्टीबाट निस्कदाको ताजा ताजा अनुभूतिका कारण उनीहरू त्यसरी खरानी घस्न उत्साहित भइरहेका हुन सक्छन् ।
हाम्रो पार्टीको विरोधीले हाम्रो पार्टीका सधैँ विरोध गर्दै आएका छन् । अब उनीहरूको पङ्क्तिमा पार्टीबाट निष्काशित व्यक्तिहरू पनि सामेल भएका छन् । अहिले उनीहरूले बढी नै खरानी घसेको देखिन्छ । सम्भवतः पार्टीबाट निस्कदाको ताजा ताजा अनुभूतिका कारण उनीहरू त्यसरी खरानी घस्न उत्साहित भइरहेका हुन सक्छन् । तर पछि पनि त्यही प्रकारले खरानी घसिरहने रहेछन् भने मसाल विरोधी जत्थाकोे रूपमा उनीहरू बदनाम हुँदै जाने छन् । उनीहरूले आफ्नो बाटो तय गर्ने वा नगर्ने केही टुङ्गो त छैन, तैपनि हाम्रो पार्टी विरुद्धको उनीहरूको अन्तिम सेलिब्रेसन सुरु भएको छ । यो सेलिब्रेसनलाई उनीहरूले ‘तरङ्ग’ भन्दा रहेछन्; जस्तै कि “सुदूर पश्चिम भेलाको तरङ्ग” ।
सुदूर पश्चिममा ‘तरङ्ग’ आयो । त्यो ‘तरङ्ग’ को प्रयास कैयौँ वर्ष पहिलेदेखि नै भएको थियो । विगत ४ वर्ष अगाडिदेखि लगातार फुटपरस्त तत्त्वहरू पार्टी विरोधी काममा योेजनाबद्ध रूपमा सक्रिय रहँदै आएका थिए । त्यो तथाकथित तरङ्गमा सामेल भएका व्यक्तिका हिजोअस्तिसम्मका स्पष्टीकरण हामीसित सुरक्षित छन् । ती स्पष्टीकरणमा फुटपरस्त गतिविधि नगर्ने प्रतिबद्धता गर्दै आएका थिए ।
यद्यपि उनीहरूले फुटपरस्तको कार्यलाई अगाडि बढाउँदै आएका थिए र त्यसका लागि उनीहरूलाई पटक–पटक स्पष्टीकरण सोधिनुका साथै त्यसो नगर्नका लागि ध्यानाकर्षण पनि गरिएको थियो । त्यसैले “अल्पमत” को हवाला दिइएको त्यो तथाकथित तरङ्ग कुनै आकस्मिक घटना त थिएन नै, त्यसका साथै इमान्दार र अनुशासित सदस्यको विद्रोहसित पनि सम्बन्धित थिएन ।
राष्ट्रिय जनमोर्चाका प्रवक्ताले जारी गरेको वक्तव्यका यी पक्ष महत्त्वपूर्ण छन्– “सुदूर पश्चिमको फुटपरस्त गतिविधिका सन्दर्भमा कतिपय अनलाइन वा पत्रपत्रिकाले त्यो फुट नेकपा (माओवादी–केन्द्रमा) मा मिल्न जानका लागि नै भएको भन्ने समाचार पनि प्रकाशित गरेका छन् । निश्चय नै कतिपय सूत्रबाट त्यस प्रकारका समाचार आएका पनि छन् । त्यसबारे हाम्रो पार्टीमा छलफल पनि भएको थियो ।
तर त्यो छलफलपछि हाम्रो पार्टी यो निष्कर्षमा पुगेको थियो कि उनीहरू माओवादीमा जाने प्रकारका समाचार आएको भए पनि त्यस प्रकारका समाचारको आधिकारिक रूपमा पुष्टि भएको थिएन । त्यो अवस्थामा फुटपरस्त तत्त्वहरूमाथि त्यस प्रकारका आरोप लगाउनु सही हुँदैन भन्ने नै हाम्रो पार्टीको निष्कर्ष थियो ।”
हाम्रो आधिकारिक विचार सम्प्रेषण गर्ने वैधानिक मिडियामा प्रकाशित हुने हाम्रो पार्टीसँग सम्बन्धित विषयका सन्दर्भलाई लिएर समाचार प्रकाशित गर्दा हाम्रो आधिकारिकतालाई ध्यानमा राख्नुपर्छ । त्यो अवस्थामा “फुटपरस्त तत्त्वमाथि त्यस प्रकारले आरोप लगाउनु सही हुँदैन भन्ने निष्कर्ष थियो” भन्ने का. दुर्गा पौडेलका व्यक्तव्यले पार्टीको स्थितिलाई नै स्पष्ट गरेको हो । यसको अर्थ फुटपरस्त तत्त्वको क्रियाकलाप सही थियो भन्ने होइन ।
फुटपरस्त तत्त्वहरू बेइमान र ध्वंसकारी भएर पार्टी विरोधी काममा लागेको र उनीहरूका समूहगत वा व्यक्तिगत रूपमा पनि विभिन्न पक्षसित बार्गेनिङ चलिरहेको कुराबारे पार्टीमा छलफल भएको कुरा वक्तव्यबाट स्पष्ट हुन्छ । विभिन्न सूत्रबाट त्यस प्रकारका सूचना आएको भए पनि फुटपरस्त तत्त्वहरूले के गर्ने हुन् ? कोसँग के सौदा गर्ने हुन् ? कोसँग मिल्न जाने हुन् ? त्यो कुरा उनीहरूको व्यवहारद्वारा पुष्टि नहुँदासम्म हाम्रो जस्तो पार्टीका लागि त्यसबारे आधिकारिक रूपमा धारणा सार्वजनिक गर्नका लागि पर्याप्त हुँदैन ।
हाम्रो आधिकारिक विचार सम्प्रेषण गर्ने वैधानिक मिडियामा प्रकाशित हुने हाम्रो पार्टीसँग सम्बन्धित विषयका सन्दर्भलाई लिएर समाचार प्रकाशित गर्दा हाम्रो आधिकारिकतालाई ध्यानमा राख्नुपर्छ । त्यो अवस्थामा “फुटपरस्त तत्त्वमाथि त्यस प्रकारले आरोप लगाउनु सही हुँदैन भन्ने निष्कर्ष थियो” भन्ने का. दुर्गा पौडेलका व्यक्तव्यले पार्टीको स्थितिलाई नै स्पष्ट गरेको हो । यसको अर्थ फुटपरस्त तत्त्वको क्रियाकलाप सही थियो भन्ने होइन ।
का. विमल पोखरेल हाम्रो पार्टीनजिकको विद्यार्थी मोर्चाको अध्यक्ष हुनुहुन्छ । उहाँबारे मसालका प्रवक्ताबाट जारी वक्तव्यमा जुन कुरा उल्लेख गरिएको छ, त्यो सन्दर्भ हाम्रो पार्टीको परम्परामाथि आधारित छ । सार्वजनिक जिम्मेवारीमा रहनुभएका कमरेडहरूले सार्वजनिक रूपमा सम्प्रेषित गरेका धारणा, वक्तव्य, मन्तव्य वा काम गर्ने सन्दर्भमा जानअन्जानमा भएका सार्वजनिक कमजोरीका लागि सार्वजनिक रूपमा नै आत्मालोचना गर्नुपर्दछ वा त्यसो नभएमा पार्टीले सम्बन्धित कामरेडलाई आलोचना गर्दछ । यो हाम्रो पार्टीको परम्परा हो ।
विगतमा कैयौँ चोटि का. मोहनविक्रम सिंह, का. चित्रबहादुर के.सी. वा अरू कतिपय कामरेडले या त सार्वजनिक रूपमा आत्मालोचना गर्नुभएको छ या त उहाँहरूको सार्वजनिक रूपमा पार्टीले आलोचना गरेको छ । गल्तीको प्रकृतिको आधारमा कतिपय अवस्थामा त सम्बन्धित कामरेडलाई सार्वजनिक वा पार्टीको आन्तरिक रूपमा रहेका कतिपय जिम्मेवारीबाट मुक्त गर्नुपर्ने पनि हुन्छ ।
नेकपा (मसाल) को परम्परानुसार कुनै कामरेडबारे आलोचना गर्दा भद्दा तरिका अपनाइँदैन । त्यसबारे विधिसम्मत र नम्र भाषाको प्रयोग गर्दै सम्बन्धित कामरेडबाट भएका कमजोरीलाई औँल्याएर ती कमजोरीप्रति पार्टीले असहमति राख्दछ । कैयौँ गल्ती–कमजोरीका लागि पार्टीभित्र पनि आत्मालोचना र आलोचनाको प्रक्रिया चलिरहन्छ । तिनीहरूलाई सुधार गर्नका लागि पार्टीले सम्बन्धित कामरेडलाई सार्वजनिक रूपमा ल्याउनैपर्ने विषय अर्थात् जुन विषयको प्रभाव र प्रचार सार्वजनिक रूपमा भएको हुन्छ, तिनीहरूबारे स्पष्ट गरेर सम्बन्धित कामरेडलाई सार्वजनिक रूपमा आलोचना गर्दछ वा स्थितिलाई स्पष्ट गर्दछ । का. विमल पोखरेलबारे भएको यत्ति नै हो । यस विषयमा का. विमल पोखरेल स्पष्ट नै हुनुहुन्छ, बाहिरियाको अनावश्यक रोइलो मात्र हो ।
सार्वजनिक आलोचना गर्नुपर्ने विषयमा सार्वजनिक रूपमा नै आलोचना हुन्छ, त्यसको अर्थ जिम्मेवार तहमा रहनुभएका कामरेडलाई अझ सशक्त र उत्तरदायी बन्न र बनाउनका लागि आह्वान हो भने पार्टीको नीति के हो भनेर जनसमुदायलाई स्पष्ट गर्नु हो । यो कुरालाई पार्टीका सबै सदस्यले राम्रोसँग बुझ्नुपर्दछ ।
ती वक्तव्यलाई आधार बनाएर का. मनोज भट्ट र का. विमल पोखरेलबारे जुन आलोचना गरिएका छन्, तिनको कुनै राजनीतिक महत्त्व रहेको छैन । पार्टीमाथि आक्रमण गर्दै आएका तत्त्वले पहिले का. विमल पोखरेलद्वारा सार्वजनिक भएका कतिपय लेख र सामाजिक सन्जालमा प्रसारित अभिव्यक्तिलाई आधार बनाएर “आफ्नो पक्षको भएकाले कारबाही नगरेको” भनी टिप्पणी गर्दथे भने अहिले “बधाइ र शुभकामना” दिइरहेका छन् । यसबाट उनीहरू हाम्रो पार्टीलाई ध्वस्त बनाउनका लागि पूरै प्रतिबद्ध रहेको बुझिन्छ । त्यसरी उनीहरूले का. मनोज भट्ट र का. विमल पोखरेलबारे जुन टिप्पणी गरिरहेका छन्, त्यसको मुख्य उद्देश्य हाम्रो पार्टी विरुद्धमा क्रियाकलाप गर्नका लागि मात्र हो । सार्वजनिक आलोचना गर्नुपर्ने विषयमा सार्वजनिक रूपमा नै आलोचना हुन्छ, त्यसको अर्थ जिम्मेवार तहमा रहनुभएका कामरेडलाई अझ सशक्त र उत्तरदायी बन्न र बनाउनका लागि आह्वान हो भने पार्टीको नीति के हो भनेर जनसमुदायलाई स्पष्ट गर्नु हो । यो कुरालाई पार्टीका सबै सदस्यले राम्रोसँग बुझ्नुपर्दछ ।
बाह्य र पार्टी विरोधी तत्त्व त कराउँदै र आक्रमण गर्दै जान्छन्, पार्टीले त्यसको दृढतापूर्वक प्रतिवाद एवम् सामना गर्छ र गरेर जाने छ । विगतमा एक प्रकारका तत्त्वले त्यस प्रकारको कार्य गरेका थिए, आज अर्को प्रकारको तत्त्वले गर्दै छन् भने भविष्यमा नयाँ तत्त्वहरू नयाँ रूपधारण गरेर त्यस प्रकारको भूमिकामा आउन सक्ने कुरालाई अस्वीकार गर्न सकिन्न । ती गौण कुरा हुन् । मुख्य कुरा हामीले पार्टीको गौरवपूर्ण परम्परालाई ठम्याउनुपर्दछ र त्यो विरासतलाई माथि उठाउने सङ्कल्प गर्दै एकताबद्ध हुनुपर्छ ।