• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

‘व्यवहारिक ज्ञान आजको आवश्यकता’


  •   शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
  • तिर्थराज पोख्रेल

    Advertisement

    मानिसले शिक्षा प्राप्त गर्नु सँगसँगै राम्रो संस्कार पनि सिक्नु आवश्यक छ । हाम्रो घर, परिवार र समाजमा जस्तो प्रकारको संस्कार छ, हाम्रा बालबच्चा पनि त्यस्तै बन्दछन् । भन्ने गरिन्छ, परिवार नै बाल बालिकाको पहिलो पाठशाला हो । त्यसैले बाल बच्चाको अगाडि कहिल्यै पनि नकारात्मक सन्देश दिने कुनै पनि कुरा गर्नु राम्रो हुँदैन । पढेर राम्रो ल्याएर सफल भयो भनेर गर्व गर्नु भन्दा असल बन्नुमा गर्व गर्नु पर्छ ।

    आजकलका अधिकांश बाल बच्चाहरू आवश्यक भन्दा अनावश्यक कुराहरु (फ्रि–फायर, पप्–जी, टिकटक आदि) मा ब्यस्त भइ आफ्नो अध्ययन कार्यप्रति बेवास्ता गरेको देखिन्छ । धेरै जसो समय मोबाइलमै व्यस्त भइ रहने हुनाले पारिवारिक सम्बन्ध, आफ्नो जिम्मेवारीपनको अभाव, सामाजिक भावनाको कमि, बोलिमा मिठासपनको अभाव, झर्कने स्वभाव, आफ्नो भविष्यको योजना तयारीको कमी आदि कुराहरुमा एक दमै अस्तव्यस्त देखिन्छ। असल संस्कार र व्यवहारिक ज्ञान बिनाको मानिस गन्ध बिनाको फूल, तृप्ति बिनाको प्राप्ति, उद्देश्य बिनाको कार्य र प्रसन्नता बिनाको जीवन जस्तै व्यर्थ हुन जान्छ । सुख र सन्तुष्टि भन्ने कुरा सम्पति पद र प्रतिष्ठाबाट होइन असल काम र व्यबहार बाट हुन्छ । हरेक अभिभावकले आफ्नो सन्तानहरुबाट यस्तो कुरा सिकोस् भन्ने अपेक्षा राख्नु उपयुक्त हुन्छ ।

    परिश्रम गरी कमाएको सय रुपैयाँ सित्तैमा कमाएको हजारौं रुपैयाँ भन्दा बढी मूल्यवान हुन्छ । अब्राहम लिंकनले भने झैँ आकासमा उडिरहेका चराहरु घमाइलो दिनमा भुनभुनाइ रहेका माहुरीहरु र पहाडि काखमा फूलेका फूलहरुको शाश्वत रहस्य बुझ्न सक्ने होस् । सुनेको कुरालाई राम्ररी छुट्टयाउन सक्ने होस्, दुःख र कष्टमय अवस्थामा पनि प्रफुल्ल रहन सकोस्, ऊ आफ्नो बाहुबल बुद्धि र सामर्थ्यमा विश्वास गरोस्, यदि उद्देश्य उपयुक्त र सही छ भने जस्तोसुकै विरोध भए पनि जिउ ज्यानले लागि परोस्, ऊ भित्र सत्य र न्याय प्राप्तिका लागि सङ्घर्ष गर्न सक्ने साहस र दृढ शक्तिको विकास गर्न सकोस्, ऊ भित्र साहस र सधैँ केही गरौँ भन्ने भावना आइरहोस् । आफ्नो सन्तान निर्भीक साहसी र उत्साहित बन्न प्रेरित भइरहोस् । ऊ मानवताप्रति परम आस्थावान् हुन सकोस् । हरेक व्यक्तिसँग बोल्दा प्रेरणादायी तरिकाले बोलोस् ।

    एक जना महिलाले पँधेरामा पानी भर्दै थिइन् त्यसै समयमा एकजना खाइलाग्दो पुरुष आउँछ र पानी माग्दै भन्न थाल्छ– ओ हो ! तपाईं त ठ्याक्कै मेरा बा की स्वास्नी जस्तै हुनुहुँदो रहेछ । तपाईंलाई देख्दा त मेरा बा की स्वास्नीको धेरै याद आयो भन्छ र ती महिला रिसाउँदै तैँले मलाई तेरा बा की स्वास्नी बनाइस् म तँलाई जानेकी छु भन्दै चप्पलै चप्पलले हिर्काउँदै त्यहाँबाट धपाउँछिन् । केही समयको अन्तरालपछि अर्को पुरुष त्यहीँनेर आइपुग्छ र उसले पनि पानी माग्दै भन्छ– ओ हो ! तपाईं त ठ्याक्कै मेरी आमा जस्तै हुनुहुँदो रहेछ । तपाईंलाई देख्दा त मेरी आमाको धेरै याद आयो भन्छ । र, ती महिला पनि भन्छिन्– मलाई पनि तपाईंलाई देख्दा मेरै छोराको याद आयो । तपाईं पनि मेरै छोरा जस्तै हुनुहुँदो रहेछ । एक अर्कोमा आमा छोराको नाता जोडिन्छ।

    बा की स्वास्नी भनेको पनि आमा नै हो । आमा जस्तै लाग्यो भन्नु पनि बा की स्वास्नी नै हो । त्यसैले भाषा र शब्द प्रयोग गर्दा भाषिक सीपको शब्द चयनमा ध्यान पुर्याउनु पर्ने देखिन्छ । यो पनि भाषिक संस्कार नै हो ।

    यी दुवै पुरुषहरुले व्यक्त गरेको आसय एउटै हो । तर प्रस्तुतीकरण शब्द चयन मात्र फरक हो, पहिलो पुरुषले बा की स्वास्नी भनेको पनि आमा नै हो । दोश्रो पुरुषले आमा जस्तै लाग्यो भन्नु पनि बा की स्वास्नी नै हो । त्यसैले भाषा र शब्द प्रयोग गर्दा भाषिक सीपको शब्द चयनमा ध्यान पुर्याउनु पर्ने देखिन्छ । यो पनि भाषिक संस्कार नै हो । हामीले जहिले जुनसुकै समयमा पनि सही तरिकाले फरक अर्थ नलाग्ने गरी कुरा गर्ने बानीको विकास गर्नुपर्छ । हामी राम्रो बोल्यौँ भने परिवार राम्रो बोल्छ । परिवार राम्रो बोल्यो भने छिमेक राम्रो बोल्छ र छिमेक राम्रो बोल्यो भने समाज राम्रो बोल्छ अनि सभ्य समाजको निर्माण हुन्छ ।

    त्यसैले त भन्ने गरिन्छ ‘मिठो वचन बोल्न सके शत्रु पनि मित्र बन्छ । आफ्नो मनलाई बुझ्न सके घृणा पनि प्रित बन्छ जिन्दगीलाई बुझ्न सके हार पनि जित बन्छ ।’

    यसरी नै सिकाउन यदि सक्यौँ भने असल संस्कारको विजारोपण हुन सक्छ । त्यसैले भनिन्छ बोलीले बताउँछ संस्कार कस्तो छ, हेराइले बताउँछ नियत कस्तो छ, बसाइले बताउँछ धैर्यता कस्तो छ, संगतले बताउँछ स्वभाव कस्तो छ, लेनदेनले बताउँछ व्यवहार कस्तो छ र कर्मले बताउँछ भाग्य कस्तो छ । हामीलाई थाहा छ जहाँ ज्ञान हुन्छ, त्यहाँ नियम हुन्छ । जहाँ नियम हुन्छ, त्यहाँ अनुशासन हुन्छ । जहाँ अनुशासन हुन्छ, त्यहाँ अनुसरण हुन्छ । जहाँ अनुसरण हुन्छ, त्यहाँ शान्ति हुन्छ । जहाँ शान्ति हुन्छ त्यहाँ प्रेम हुन्छ । जहाँ प्रेम हुन्छ त्यहाँ स्वर्ग हुन्छ ।

    यहाँ १०, १२ कक्षा पढेको छ, सब्जिमा नून कति राख्नु पर्छ अड्कल गर्न सक्दैन । घरमा आएको अतिथिलाई सत्कार गर्न जान्दैन । घरमा को आयो को गयो कुनै नाता सम्बन्ध छुट्याउँदैन । आफ्ना घरमा भएका सर सामानलाई व्यवस्थापन गर्न जान्दैन । आफ्ना बुबा आमाले आफ्ना सन्तान प्रति गरेको कर्तव्य र दायित्वलाई बिर्सेर आफूले उहाँहरु प्रति गर्ने कर्तव्य र दायित्वलाई कुल्चेर अगाडि बढेको देखिन्छ । हरेक अभिभावकले छोरा छोरीलाई परिवार प्रतिको जिम्मेवारी सामाजिक दायित्व, राष्ट्रप्रतिको प्रेम, सद्भाव, समर्पित भावना र सकारात्मक सोचको विकास गराउन सक्नुपर्छ ।

    शिक्षा प्राप्त गरेर मात्र पनि हुँदैन, त्यसको लागि असल संस्कारको आवश्यकता पर्दछ र संस्कार मात्र भएर पनि हुँदैन संस्कारलाई अगाडि बढाउन व्यवहारिक ज्ञानको पनि आवश्यक पर्दछ । हामीले हाम्रा सन्तान कस्तो बनाउने भन्ने कुरा हाम्रो संस्कारमा भर पर्दछ । हामीले हाम्रा सन्तानहरुलाई शारीरिक तन्दुरुस्ती, स्वस्थ्यकर बानी एवम् सिर्जनात्मकताको विकास तथा जातजाति, धर्म, भाषा, संस्कृति क्षेत्र प्रति सम्मान र सद्भावको विकास गर्न सिकाउनुका साथै दैनिक जीवनमा आइपर्ने व्यवहारिक समस्याहरुको पहिचान गरी समाधानका उपायहरुको खोजी गर्न पनि सिकाउनु जरुरी हुन्छ ।

    अर्जुन जस्तो लक्ष्य लिई सत् मार्गमा अगाडि बढ्न सकेमा मात्र गन्तव्यमा पुग्न सकिन्छ भन्ने कुराको आभास आफ्ना सन्तानहरुलाई दिन सक्नु पर्छ । असल संस्कार र व्यवहारिक ज्ञान पाएमा हाम्रा सन्तानहरु एक भएर होस्टेमा हैंसे गर्दै राष्ट्र निर्माणको पुनित कार्यमा लागि पर्ने हो भने कुनै पनि देशले अभावमा सिंगौरी खेल्नु पर्दैन । विकसित देशका अगाडि हात फैलाउनु पर्दैन । त्यो देशले चाँडै नै काँचुली फेर्न सक्छ । त्यहाँ उन्नति र प्रगतिका ढकमक्क फूलहरू फूल्न सक्छन् ।

    प्रत्येक सन्तानहरु एक भएर राष्ट्र निर्माणको महायज्ञमा जुट्ने हो भने कुनै पनि देशले गरीबीसँग सङ्घर्ष गर्नु पर्दैन । हामीले हाम्रा सन्तानहरुलाई पद, पैसा, प्रशंसा, प्रेमी, प्रेमिका, पुत्र, पुत्री, पति, पत्नी भन्दै ‘प’ को पछि लाग्न सिकायौं भने पाप गर्छौ, पछुताउँछौ, पश्चताप गर्छौं र पतन हुन्छौँ । बुद्धिमान मानिसहरू भूतबाट शिक्षा लिई भविष्यको सुन्दर कल्पना बोकेर वर्तमानको यथार्थमा उभिरहेका हुन्छन् । त्यसैले हामीले हाम्रा सन्तानहरुलाई असल संस्कार र व्यवहारिक ज्ञान दिनु अत्यन्तै आवश्यक देखिन्छ ।

    (लेखक झिमरुक–३ प्युठानको श्री प्रभात माविका शिक्षक हुनुहुन्छ ।)

    शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अपाङ्ग समन्वय समिति राप्तीको बैठक सम्पन्न
    लोककल्याणकारी विज्ञापनको रकम कटौतीबारे प्रचण्डलाई ध्यानाकर्षण
    वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन
    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.