• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राष्ट्रिय जनमोर्चा सुदूर पश्चिम प्रदेशमा देखिएका समस्याबारे


  •   शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
  • मेर्जन शाही ##
    गत केही दिनयतादेखि सुदूर पश्चिम प्रदेशमा भइरहेका गतिविधिप्रति देशभरिका राष्ट्रिय जनमोर्चासित सम्बन्धित नेता–कार्यकर्ता, समर्थक तथा शुभचिन्तक सबैमा चिन्ता र चासो हुनु स्वाभाविकै हो । खासगरी सिद्धान्त र निष्ठाप्रति प्रतिबद्ध भनेर परिचत हाम्रो पार्टी र त्यसका कार्यकर्ताको यस प्रकारका गतिविधिले हाल हाम्रो पार्टीमा फैलाइएको अराजकता र अनुशासनविहिनता बाहिर छताछुल्ल भएको छ ।

    Advertisement

    दुई वर्षपहिले नेकपा (मसाल) को आठौँ महाधिवेशन सम्पन्न भएको खबर सार्वजनिक भएको थियो । उक्त महाधिवेशनको सेरोफेरोमा बहुमत र अल्पमतमाझ छलफल चलेर महाधिवेशनले बहुमतको आधारमा आफ्नो राजनीतिक लाइन निश्चित गरेको पार्टसम्बद्ध श्रोतले जानकारी दिएको थियो । यसरी पारित भएको पार्टीको राजनीतिक लाइन अर्काे महाधिवेशनसम्मको लागि थियो । आठौँ महाधिवेशनपछि महाधिवेशनद्वारा पारित राजनीति कार्यान्वयनमा लैजानु सम्पूर्ण सदस्यको मुख्य जिम्मेवारी हुन जान्थ्यो । वास्तवमा आठौँ महाविधेशनको स्प्रिट त्यही थियो । तर जे हुनुपर्ने थियो, त्यो भएन ।

    महाधिवेशनपछि फुटपरस्त र अराजनीतिक गतिविधि बढेर गए । यतिसम्म कि हिजो हाम्रो पार्टीबाट विभिन्न समयमा विभिन्न आरोप लगाउँदै बाहिरिनुभएका बाबुराम भट्टराई, दिनानाथ शर्मा, डिलाराम आचार्यभन्दा पनि अघि बढेर पार्टीकेन्द्रको आलोचना गर्ने काम भयो, त्यो पनि एकदमै अनुशासनविहीन र अराजक शैलीमा । यसरी त्यो अराजकता र अनुशासनविहीनता विकृत रूपमा बढ्दै जाँदा यहाँका केही साथीहरूले अगाडि बढाउन प्रयत्न गर्दै हुनुहुन्छ ।

    यो समानान्तर कमिटी निर्माण गर्नुका पछाडि जुन तर्क वा तथ्य प्रस्तुत गरिएको छ, त्यसले झनै गम्भीर प्रश्न सिर्जना गर्ने कार्य गरेको छ । तिनै प्रश्नले उहाँहरूभित्र वर्षौंदेखि लुकेर बसेको चरम महत्त्वाकाङ्क्षा, अवसरवाद र पदलोलुप चरित्रलाई प्रष्ट रूपमा सबैका सामु प्रस्तुत गरेको छ । उहाँहरूले जुन प्रकारको आरोप लगाउनुभएको छ, तीमध्ये धेरै आरोप स्वयम् उहाँहरूतिर सोझिन पुग्दछन् ।

    यही र यस्तै सेरोफेरोमा सुदूर पश्चिम प्रदेशमा अलग्गै प्रकारको समस्या देखिएको छ । देशैभरि “राष्ट्रिय जागरण अभियान” वा अन्य नाममा आफ्ना अनुशासनविहीन गुटगत गतिविधि सञ्चालन भइरहेको अवस्थामा सुदूर पश्चिम प्रदेशमा भने राष्ट्रिय जनमोर्चाकै नाममा समानान्तर कमिटी बनाएर मूल नेतृत्वलाई गाली गर्ने कार्य आरम्भ भएको छ । हाम्रो अध्यक्ष त चित्रबहादुर केसी नै हो भन्दै राष्ट्रिय जनमोर्चालाई नै सराप्ने कार्य भइरहेको छ ।

    यो समानान्तर कमिटी निर्माण गर्नुका पछाडि जुन तर्क वा तथ्य प्रस्तुत गरिएको छ, त्यसले झनै गम्भीर प्रश्न सिर्जना गर्ने कार्य गरेको छ । तिनै प्रश्नले उहाँहरूभित्र वर्षौंदेखि लुकेर बसेको चरम महत्त्वाकाङ्क्षा, अवसरवाद र पदलोलुप चरित्रलाई प्रष्ट रूपमा सबैका सामु प्रस्तुत गरेको छ । उहाँहरूले जुन प्रकारको आरोप लगाउनुभएको छ, तीमध्ये धेरै आरोप स्वयम् उहाँहरूतिर सोझिन पुग्दछन् ।

    जुन प्रश्न उहाँहरूले हाम्रो प्रदेशको मूल नेतृत्वलाई सोध्नुभएको छ, एक कार्यकर्ताको रूपमा हामीहरूले पनि उहाँहरूलाई ठिक यस्तै प्रश्न सोध्नुपर्ने भएको छ । उहाँले सुदूर पश्चिमको मूल नेतृत्वमाथि प्रहार गर्दै “टीका लगाएको अध्यक्ष” को आरोप लगाउनुभएको छ । त्यसका बाबजुद उहाँहरूमध्ये पछिसम्म धेरै जना त्यही कमिटीमा विभिन्न जिम्मेवारीमा बस्नुभएको थियो ।

    अब यहाँनेर हामीले प्रश्न गर्नुपर्ने हुन्छ कि जवाफ दिनुहोस्, केवल अध्यक्षलाई मात्र टीका लगाइयो कि तपाईंंहरू सबैले टीका लगाउनुभएको हो ? उही हातबाट आफूले अरू पदका लागि टीका लगाउँदा अपवित्र र विधिविधानसम्मत हुने, अनि अध्यक्षले लगाएको टीका कसरी पद्धति विरुद्ध भयो ? उहाँहरूमध्ये एक जनाको पनि म फलानो, फलानो पदका लागि अयोग्य हुँदाहुँदै वा मेरो मनसाय र चाहना विरुद्ध जबर्जस्ती टीका लगाएर दिइएको पद अस्वीकार गर्दछु भनी कुनै प्रकारको विज्ञप्ति पढ्न र सुन्न पाइएन त कमरेड । आज आएर तपाईंलाई विधिविधान र पद्धित याद आयो ? जवाफ दिनुपर्ला ।

    उहाँहरूले दोस्रो आरोप पार्टीले आफूहरूलाई काम गर्न दिइएन भनेर लगाउनुभएको छ । तर उहाँहरूले यसो भन्दै गर्दा कुन काममा गर्न कहाँनेर अवरोध सिर्जना भयो ? उहाँहरूसँग कुन त्यस्तो कार्यक्रम थियो, जसले पार्टी सङ्गठन, किसान, मजदुर, तथा शोषित–पीडित जनताको हकहितको पक्षमा थियो र पार्टीले त्यो कार्यान्वयन गर्न दिएन वा असहयोग गरियो ? त्यसबारे स्पष्टसँग केही भन्नुभएको छैन ।

    पार्टीको नीति सम्पूर्ण सर्वहारा, श्रमजीवी, शोषित–पीडित जनताको पक्षमा हुँदाहुँदै पार्टीका ती कार्यक्रम आम जनताको बिचमा जान नसक्नु वा दृढतापूर्वक कार्यान्वयन हुन नसक्नु नितान्त साङ्गठनिक समस्या होइन, जसका लागि सुदूर पश्चिम प्रदेशको नेतृत्व तहमै विराजमान तपाईंहरू पनि कहिँ न कहिँ जिम्मेवार हुनुहुन्न र ?

    अझ उहाँहरूले त त्योभन्दा बढी यसो पनि भन्न सक्नुपर्दथ्यो कि उहाँहरू सबै यो प्रदेशको जिम्मेवार तहमा हुनुहुन्छ, झन् केही साथीहरू त केन्द्रीय कमिटीमा पनि हुनुहुन्छ । उहाँहरूले कुन त्यस्तो प्रस्ताव एकल वा सामूहिक रूपमा आफू संलग्न पार्टी कमिटीमा लैजानुभयो र पार्टीले त्यो प्रस्तावलाई अगाडि बढाएन वा त्यस्ता कुनै प्रस्ताव पेस नै गर्न दिइएन ? यदि उहाँहरूले भने झैँ सर्वहारा मजदुर–किसान र शोषित–पीडित जनताको बारेमा पार्टीले केही पनि गरेन वा पार्टीसँग त्यस्तो कुनै कार्यक्रमै छैन भनेर भनेको कुरा साँचो हो भने उहाँहरूले आजका मितिसम्म गरेका आफ्ना सबै गतिविधिप्रति माफी माग्दै कुनै नयाँ क्रान्तिकारी पार्टी गठन गर्नुपर्दथ्यो । होइन भने पार्टीको नीति सम्पूर्ण सर्वहारा, श्रमजीवी, शोषित–पीडित जनताको पक्षमा हुँदाहुँदै पार्टीका ती कार्यक्रम आम जनताको बिचमा जान नसक्नु वा दृढतापूर्वक कार्यान्वयन हुन नसक्नु नितान्त साङ्गठनिक समस्या होइन, जसका लागि सुदूर पश्चिम प्रदेशको नेतृत्व तहमै विराजमान तपाईंहरू पनि कहिँ न कहिँ जिम्मेवार हुनुहुन्न र ? यतिका कुरा उहाँहरूजत्तिका नेता–कार्यकर्ताले नबुझ्ने कुरै भएन ।

    त्यसै सन्दर्भमा उहाँहरूले लगाउनुभएको अर्काे गम्भीर आरोप नेता–कार्यकर्तामाथि बिनाकारण कारबाही गरिएको छ, त्यो पनि छानी छानी खास एक पक्षलाई मात्र भन्ने हो । त्यो आरोप अहिले हाम्रो पार्टीभित्र सुदूर पश्चिम प्रदेशमा मात्र नभएर सिङ्गो पार्टीको समस्याका रूपमा अगाडि आएको छ ।

    हाम्रो पार्टीभित्र फरक विचारलाई सम्बोधन पद्धति छ । पछिल्लो अवस्थामा हाम्रो पार्टीभित्र व्यवस्थित रूपमा फरकमत राख्ने वा सञ्चालन गर्ने विधि विपरीत जाने र अनुशासनमा बस्न नचाहनेले विभिन्न अवैधानिक गतिविधि गर्दै आइरहेका छन् । खासगरी सामाजिक सन्जालमार्फत पार्टीका विभिन्न निर्णय सार्वजनिक गर्नेदेखि लिएर पार्टीका विरुद्ध कुप्रचार पनि गर्दै आइरहेका छन् । पार्टीले बेला बेलामा त्यस्ता कार्य नगर्न/नगराउन अपिल पनि जारी गरिरहेको छ । यसैबाट के पुष्टि हुन्छ भने हाम्रो पार्टीभित्र अनुशासन उल्लङ्घनसम्बन्धी मामिला बढेर मात्र गएका छैनन्, समयसँगै झन् व्यापक बनेर गएका छन् । त्यसको केही न केही असर हाम्रो प्रदेशमा पनि पर्न गएको छ र परेको छ । अझ यो प्रदेशमा फरकमत पक्षको त्यो लाइन आफ्ना चरम व्यक्तिवादी कुण्ठा र महत्त्वाकाङ्क्षा प्रदर्शन गर्ने गतिलो माध्यम बनेको छ ।

    कारबाही पनि वर्गसङ्घर्षकै एक पाटो हो र छ । एक इमान्दार कार्यकर्ताले त्यसलाई सोहीबमोजिम स्वीकार गर्न सक्नुपर्दछ । त्यसै कुरालाई मुद्दा बनाएर अघि बढ्नु स्वयम् उहाँहरूलाई पनि भोलिका दिनमा कुनै फरक पार्टीमा प्रवेश गरे पनि वा अलग पार्टी बनाए पनि जुनसुकै क्षेत्रमा अनुशासनको आवश्यकता पर्ने छ ।

    कुनै पनि पार्टी अझ खास गरेर हाम्रो जस्तो पार्टी, जो सुदूर पश्चिम प्रदेशमा जे जस्तो साङ्गठनिक हैसियत राख्दछ, ले आफ्ना ती नेता–कार्यकर्ता, जोसँग दशकौँदेखि एकैसाथ काम गरियो, ती व्यक्तिलाई सजिलैसँग उहाँलाई कारबाही गरिँदैन, गर्न सकिँदैन । पार्टीले अन्तिम अवस्थासम्म पनि कुनै पनि कार्यकर्ता सुध्रेर आओस् र पार्टीको काम गरोस् नै भन्ने चाहन्छ । तर जब अमूक कसैका नियोजित गतिविधिले पार्टीका हितभन्दा पनि अहित बढी गरिरहेका हुन्छन्, तब त्यस्तो अवस्थामा उनीहरूलाई सुधार्ने माध्यमकै रूपमा विभिन्न प्रकारका कारबाही हुँदै आएको छ र हुन्छ पनि । त्यसका साथै त्यस्ता कारबाही ती व्यक्तिहरूको क्रान्तिकारी स्प्रिटलाई जोगाउनका लागि हुन्छ, न कि समाप्त पार्नका लागि ।

    कारबाही पनि वर्गसङ्घर्षकै एक पाटो हो र छ । एक इमान्दार कार्यकर्ताले त्यसलाई सोहीबमोजिम स्वीकार गर्न सक्नुपर्दछ । त्यसै कुरालाई मुद्दा बनाएर अघि बढ्नु स्वयम् उहाँहरूलाई पनि भोलिका दिनमा कुनै फरक पार्टीमा प्रवेश गरे पनि वा अलग पार्टी बनाए पनि जुनसुकै क्षेत्रमा अनुशासनको आवश्यकता पर्ने छ । अझ उहाँहरूले भने जस्तै उच्चतम दर्जाको क्रान्तिकारी पार्टी निर्माणका लागि झन् कठोर र मिलिटेन्ट अनुशासित क्रान्तिकारी कार्यकर्ताको आवश्यकता पर्ने छ । के त्यो यही दर्जाको अनुशासन र व्यवहारले सम्भव होला त ?
    अब यहाँनेर अन्तिम प्रश्न । बाँकी ठाउँका जस्तो यो प्रदेशमा किन जागरण अभियान वा त्यही खाले गतिविधि नगरी राष्ट्रिय जनमोर्चाकै नाममा समानान्तर गतिविधि गरियो ? यो एक विचारणीय प्रश्न छ ।

    म अझै पनि चाहान्छु, मेरो यो विश्लेषण गलत सावित होस् । तर सबै सूचकाङ्क त्यतैतिर इसारा गरिरहेका छन् ।

    अहिले सामाजिक सञ्जालमा जुन प्रकारका साथीहरूले उहाँहरूलाई समर्थन गरिरहनुभएको छ, त्यस आधारमा उहाँहरूलाई फरकपक्ष नजिक भने पनि उहाँहरूका गतिविधिले उहाँहरू त्यता जान अन्कनाइरहनुभएको छ भन्ने कुरा प्रष्टै छ । प्रश्न उठ्छ, त्यसो हो भने यो कुनै तेस्रो धारको जन्म हो त ? हो भने उहाँहरूको राजनीतिक, सैद्धान्तिक र साङ्गठनिक आधार के हो ? यो कुरा आगामी दिनमा अझ प्रष्ट हुँदै जाला । तर जहाँसम्म उहाँहरूमा भएको चरम व्यक्तिवादी चरित्र, पदलोलुपता, अवसरवादिता र अहम्ता छ, त्यसले उहाँहरूको दिमागमा कुनै त्यस्तो पार्टी छ, जहाँ उहाँहरूलाई चुनाव जित्न सजिलो होस्; सकेसम्म मन्त्री बढ्ने चाहना† भाषण गर्दा ताली ठोक्नेको जमात; उहाँहरूको त्यो अभीष्ट, त्यो लालसा हालकै हाम्रो पार्टीमा बसेर वा कुनै नयाँ पार्टी निर्माण गरेर कमसेकम तत्कालै पूरा नहुने कुरामा उहाँहरू विश्वस्त हुनुहुन्छ । त्यसका लागि उहाँहरूलाई हाल क्रियाशील तीनचार पार्टीमध्ये कुनै एउटा रोज्नुपर्ने हुने छ । त्यसमाथि उहाँहरूलाई आफ्नो विद्धता र क्षमतामाथि अपार भरोसा हुँदै हो । बार्गेनिङ क्षमता बढाउन केही थान कार्यकर्तालाई पनि अल्मल्याउन सफल हुनुभएको छ ।

    म अझै पनि चाहान्छु, मेरो यो विश्लेषण गलत सावित होस् । तर सबै सूचकाङ्क त्यतैतिर इसारा गरिरहेका छन् ।

    शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.