• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

क. सरोज शर्माबाट सिकौँ


  •   शुक्रबार, भदौ ११, २०७८ मा प्रकाशित
  • भैरवराज रेग्मी ##
    क. सरोज शर्माको जन्मजयन्तीको अवसरमा उनलाई श्रद्धाञ्जली अर्पण गर्नु औपचारिकता मात्र होइन, उनको क्रान्तिकारी चिन्तन र व्यवहारको आत्मसात गर्ने र उनीबाट आफूले सिक्ने पनि हो भन्ने लाग्छ ।

    Advertisement

    सामन्ती व्यवस्थाको अन्त र गणतन्त्र स्थापना हुनुपर्छ भन्ने विचारमा उनी दृढ थिए । त्यही सिलसिलामा नेपाली काङ्ग्रेसलाई छोडेर रामराजा प्रसाद सिंहको पार्टीमा सक्रिय भए । रामराजा प्रसाद सिंहको पार्टीले गणतन्त्र स्थापनाको लागि क्रान्ति नै गर्नुपर्छ भने पनि राष्ट्रियताको सवालमा उनले दृष्टिकोण भारतीय विस्तारवादपरस्त दृष्टिकोण अपनाएकाले त्यो विषयमा क. सरोज शर्मा स्पष्ट भएपछि उनले रामराजा प्रसाद सिंहको पार्टी परित्याग गरी कम्युनिस्ट सिद्धान्तको अध्ययनमा लागे ।

    सरोज शर्मा (शोभाखर धनञ्जय) बाल्यकालदेखि क्रान्तिकारी स्पिरिटका थिए । त्यस सिलसिलामा उनको क्रान्तिकारी यात्रा कम्युनिस्ट पार्टीमा रहेर अडियो । उनको त्यो क्रान्तिकारी विचार, चिन्तनमा मात्र होइन, व्यवहारमै प्रष्फुरित थियो । त्यसैले दलाल पुँजीवादी पार्टीमा उनको विचार अटाएन । उनी कम्युनिस्ट भएरै सहिद भए ।

    कम्युनिस्टले राष्ट्रियता र गणतन्त्रको स्थापनाका लागि कुरा उठाएता पनि भारतीय र अमेरिकी साम्राज्यवादजस्ता र राजापरस्त दृष्टिकोण अपनाएकाले उनले सच्चा कम्युनिस्ट पार्टीको खोजीमा लागिरहे । त्यसअनुसार उनी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरे । यस दौरानमा उनले आफ्ना विचारलाई प्रचार प्रसार गर्ने वैधानिक पत्रिका ‘हाँक’ प्रकाशन गर्थे ।

    नेकपा (मसाल) मा प्रवेश गरेपछि पार्टीले उनलाई प्रवास (भारत) को जिम्मा दियो । उनलाई त्यहाँ अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कार्यालयको जिम्मा दिइयो । त्यो जिम्माअन्तर्गत पार्टीकार्यका साथै एकता समाजको सङ्गठन निर्माण र त्यस सङ्गठनको मुखपत्र ‘नेपाली एकता’ को सम्पादन गर्ने जिम्मा पनि पार्टीले सुम्पियो । यसरी पार्टीको खटनपटनमा लागेका उनी दुर्घटनामा परी मृत्यु भएको सूचना प्राप्त भयो ।

    उनी कसरी दुर्घटनामा परे वा कसैले उनलाई हत्या गर्याे ? त्यससबारे यथार्थ पत्ता नलागेकाले पार्टीले उनलाई सहिद घोषणा गर्यो ।

    सरोज शर्मा (शोभाखर धनञ्जय) बाल्यकालदेखि क्रान्तिकारी स्पिरिटका थिए । त्यस सिलसिलामा उनको क्रान्तिकारी यात्रा कम्युनिस्ट पार्टीमा रहेर अडियो । उनको त्यो क्रान्तिकारी विचार, चिन्तनमा मात्र होइन, व्यवहारमै प्रष्फुरित थियो । त्यसैले दलाल पुँजीवादी पार्टीमा उनको विचार अटाएन । उनी कम्युनिस्ट भएरै सहिद भए ।

    उनको जीवन सादा र सरल थियो, पुँजीवादी विलासी जीवन उनको थिएन । उनमा सर्वहारा विश्वदृष्टिकोणको विकास भएको थियो । उनी क्रान्तिप्रति अटल विश्वास गर्दथे । त्याग र बलिदानमा समर्पित थिए ।

    यसै सिलसिलामा क. सरोज शर्माले आफ्नो निजी स्वामित्वमा रहेको वैधानिक पत्रिका ‘हाँक’ पार्टीलाई समर्पण गरेका थिए । पार्टीको नेतृत्वमा, पार्टीको निर्णयानुसार वैधानिकताका लागि पार्टीले गोविन्दसिंह थापाको नाममा दर्ता गराएर पत्रिका सञ्चालन भयो । यसबाट उनको निजी सम्पत्तिमाथि सामूहिक स्वामित्वको उच्चस्तरको दृष्टिकोण रहेको पाउँछौँ ।

    उनी सर्वहारा विश्वदृष्टिकोण भएका उचाइका व्यक्तित्व हुन् । उनको यस प्रकारको उच्च सर्वहारा दृष्टिकोणलाई उच्च सम्मान दिनुपर्दछ र उनीबाट सिक्ने महत्त्वपूर्ण कुरा भनेको यही हो ।

    क. सरोजले उनको निजी ‘हाँक’ नेकपा (मसाल) लाई समर्पण गरेका हुन् । गोविन्दसिंह थापालाई कानुनी प्रयोगका लागि मात्र पार्टीले निज थापालाई प्रयोग गरेको हो । तर थापाले आफ्नो निजी पत्रिका बनाएर क्रान्तिकारी लफ्फाजीका नाममा फुटपरस्त र सङ्कीर्ण अराजकतावादी विचारको मुखपत्र बन्न दिएर सरोज शर्मामाथि गद्दारी गरेका छन् । तिनै गोविन्दसिंह थापाले क. सरोज शर्माको सर्वहारा चरित्र विरुद्ध तथाकथित श्रद्धाञ्जली कार्यक्रम राख्दछन् । उनीहरूमा पुँजीवादी न्यूनतम नैतिकता समान देखाउने चरित्र छैन ।

    माओको मृत्युपछि माओकै नाम जपेर अवसरवादी र विसर्जनवादीले माओका क्रान्तिकारी नीति र लाइनलाई तिलाञ्जली दिएका छन् । साम्राज्यवादी बाटोमा गएको चीनले अहिले पनि माओको नाम जप्दछ । विश्वका यस्ता कैयौँ घटना क्रान्तिकारी फाँटमा मात्र होइन, कैयौँ दार्शनिककै विचारलाई तोडमोड वा संशोधन गरी तिनै दार्शनिकको नाममा आफ्ना अवसरवादी विचार प्रकट गर्दछन् । कैयौँ संशोधनवादी विसर्जनवादीले सहिदका विचारका विपरीत आफ्नो अवसरवादी विचारलाई पुष्टि गर्न उनीहरूकै विचारलाई तोडमोड गरेर प्रस्तुत गर्दछन् ।

    क. सरोजले उनको निजी ‘हाँक’ नेकपा (मसाल) लाई समर्पण गरेका हुन् । गोविन्दसिंह थापालाई कानुनी प्रयोगका लागि मात्र पार्टीले निज थापालाई प्रयोग गरेको हो । तर थापाले आफ्नो निजी पत्रिका बनाएर क्रान्तिकारी लफ्फाजीका नाममा फुटपरस्त र सङ्कीर्ण अराजकतावादी विचारको मुखपत्र बन्न दिएर सरोज शर्मामाथि गद्दारी गरेका छन् । तिनै गोविन्दसिंह थापाले क. सरोज शर्माको सर्वहारा चरित्र विरुद्ध तथाकथित श्रद्धाञ्जली कार्यक्रम राख्दछन् । उनीहरूमा पुँजीवादी न्यूनतम नैतिकता समान देखाउने चरित्र छैन ।

    त्यति मात्र होइन, क. सरोज शर्माको सर्वहारा दृष्टिकोण र सर्वहारा जीवनशैलीको आडमा क्रान्तिकारी पक्षमाथि प्रतिक्रियावादी दुश्मनसरह व्यवहार गरिरहेका छन् । लेनिन, स्तालिन, माओ र विश्वका क्रान्तिकारी नेतामाथि पुँजीवादी साम्राज्यवादीले उनीहरूलाई क्रुर, हिंस्रक, तानाशाहको सङ्ज्ञा र चित्रण गरेको हामी देख्दछौँ । उनीहरूको यस प्रकारको विश्लेषणले उनीहरूको आफ्नै चरित्र छोटो समयमै उदाङ्गो भएर नाङ्गिएको प्रष्ट छ ।

    क. सरोज शर्माको अनुकरणीय क्रान्तिकारी दृष्टिकोण, सर्वहारा दृष्टिकोण, उनको सर्वहारा जीवनशैली, निजी सम्पत्तिमाथिको उनको सर्वहारा दृष्टिकोणको हामीले उच्च मूल्याङ्कन गर्नुपर्दछ र त्यसको अनुसरण गर्नुपर्दछ । यसरी मात्र उनको सच्चा श्रद्धाञ्जली हुने छ ।

    २०७८ भदौ ११

    शुक्रबार, भदौ ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.