काठमाडौं । नबिल बैंकले एटीएमबाटै रकम जम्मा गर्न सकिने सुविधा ल्याएको छ । बैंकले जारी गरेको ‘नबिल क्यास मेसिन’ बाट ग्राहकहरुलाई एटीएममार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको हो ।
Advertisement
बैंकले यो प्रविधि सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ । अब ग्राहकहरुले मेशिनमा रु. १०००/५००/१०० को नेपाली रुपैयाँ जम्मा गर्न सक्नेछन् भने एक पटकमा रु. ९९ हजार ९०० जम्मा गर्न सक्नेछन्।
साथै यस मार्फत नबिलको कुनै पनि बचत र चल्ती खातामा जम्मा गर्न सकिने छ। ग्राहकले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्ने बैंकले जनाएको छ।
बैंकले देशभर १३५ वटा शाखा कार्यलयहरु, १८४ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जाल मार्फत सेवा प्रवाह गरिरहेको छ।