धनवीर पुनमगर, नयाँदिल्ली ।
Advertisement
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरिदावाद नगर समितिको आयोजनामा प्रशिक्षणात्मक बैठक सम्पन्न भएको छ ।
नगर अध्यक्ष बाबुराम विष्टको अध्यक्षता र केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसीको प्रमुख आतिथ्यतामा अगस्त १५, २०२१ मा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा केन्द्रीय वैकल्पिक सदस्य एवम् पश्चिमोत्तर क्षेत्रीय समितिका सहसचिव शिव केसीको पनि आतिथ्यता रहेको थियो ।
अध्यक्ष केसीले सङ्गठनमा देखिका विभिन्न प्रकारका भ्रमबारे प्रष्ट्याउनुभएको थियो ।
त्यस्तै, शिव केसीले प्रशिक्षणमा आएका जिज्ञासाहरूको बारेमा थप कुरा राख्नुभएको थियो ।