काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना महामारीका कारण असर परेका ऋणीहरूलाई २०७८ असारसम्म तिर्नुपर्ने ऋण पुससम्म तिर्न सकिने व्यवस्था गरेको छ ।
शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २०७८ असारसम्म ईएमआई, इक्युआई लगातार अन्य सावा ब्याज भुक्तानी गर्न नसकेका ग्राहकवर्गको वित्तीय अवस्था बैंकले स्वयम मूल्याकंन गरी २०७८ पुस मसान्तसम्म भुक्तानी म्याद थप्न सकिने व्यवस्था गरिने बताउनुभयो ।
यस्तै, कोभिड–१९ ले पारेको प्रभाव समेतलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाले पारेको प्रभावलाई समेत मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाले प्रदान गरेका फर्म, ऋणी वा संस्था लगातार दुई वर्षसम्म खुद नोक्सानीमा रहे सुक्ष्म निगरानीमा वर्गमा वर्गीकरण गर्नुपर्ने विद्यमान व्यवस्थालाई परिवर्तन गरी लगातार तीन वर्षसम्म नोक्सानीमा रहेमा मात्रै सुक्ष्म निगरानीमा राखिने व्यवस्था गरिएको छ।
अधिकारीका अनुसार बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गरेकाहरू ऋणीहरुमध्ये कोभिडले नकरात्मक असर गरेका ऋणीलाई बैंकले वर्गिकरण गरी किस्ता रकम घटाई भुक्तानी अवधि थप्न सकिने व्यवस्था गरिएको छ।