दाङ । दाङको निर्वाचन क्षेत्र नं ३ (ख) प्रदेश सभामा उम्मेद्वारी दिएकी नेकपाका बिमला ओलीलाई जिताउन राष्ट्रिय जनमोर्चाले अभियान थालेको छ । सोही क्रममा मंगलबार प्रदेशसभा निर्वाचन स्तरीय भेला गरिएको छ ।
केन्द्रमा नेकपाका उम्मेद्वारलाई सघाउने निर्णय भएबमोजिम निर्वाचन परिचालन गर्न राजमो जिल्ला सदस्य तुल बहादुर योगीको अध्यक्षतामा ११ सदस्यीय निर्वाचन प्रचार प्रसार तथा परिचालन समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा देब बहादुर बि क, यमप्रसाद भट्टराई, ससिराम बुढाथोकी, दयाराम गौतम, जिबराज आचार्य, प्रेम ओली, डिलाराम बुढाथोकी, टनि बिक, अम्बिका भण्डारी र यज्ञ बहादुर योगी रहनु भएको छ ।
राजमो दाङका अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा भएको भेलामा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष कासिनाथ पोख्रेल, पूर्व जिल्ला अध्यक्ष ससिराम बुढाथोकी लगायतले मन्तब्य राख्नु भएको थियो ।
