• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

प्रतिनिधि सभामा कोभिड नियन्त्रण र बिपत् जोखिम न्यूनीकरणप्रति सरकारको ध्यानाकर्षण


  •   शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित
  • काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले मुुलुकमा फैलिरहेको कोभिड–१९ नियन्त्रण र बिपत् जोखिम न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    Advertisement

    प्रतिनिधि सभाको २०७८ साउन १५ गते शून्य समयमा बोल्दै उहाँहरूले नागरिकको जीवन सुरक्षाका लागि गम्भीरतापूर्वक कदम चाल्न सरकारसँग अनुरोध गर्नुभयो ।

    सत्ता साझेदार दल नेकपा (माओवादी–केन्द्र) का सांसद देवप्रसाद गुरुङले मुलुकका विभिन्न ठाउँमा आएको बाढीपहिराबाट जनधनको ठुलो क्षति भएकाले क्षति न्यूनीकरण कार्यक्रमका साथै प्रभावितलाई उचित क्षतिपूर्ति दिनुपर्नेमा जोड दिनुभयो ।

    सोही दलका अर्का सांसद देवेन्द्र पौडेलले कोभिड–१९ महामारी नियन्त्रणका लागि खोपको उचित प्रबन्ध गर्न ढिला भइरहेकामा चिन्ता प्रकट गर्नुभयो । उहाँले भन्नुभयो– ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट नयाँ भेरियन्टको कुरो आएको छ, तर व्यवस्थित र प्रभावकारी रूपमा खोप लगाएको पाइएन, नागरिक लामो लाइनमा उभिएर सास्ती खेप्न बाध्य छन्, त्यसतर्फ ध्यान जाओस् ।’

    सत्तारूढ दल नेपाली काङ्ग्रेसका सांसद डा. डिला सङ्ग्रौलाले सबै नागरिकलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले महिला बेपत्ता भइरहेको सन्दर्भ जोड्दै आवश्यक कदम चाल्न पनि सरकारसँग अनुरोध गर्नुभयो ।

    सोही पार्टीका अर्का सांसद देवेन्द्रराज कँडेलले वैदेशिक रोजगारमा जाने युवाको भविष्य अन्योलमा रहेकाले सहजीकरण गर्न आग्रह गर्नुभयो ।

    काङ्ग्रेसकै सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलाको नौगाडमा बाढीपहिरोमा परी तीन जनाको मृत्यु भएको र पुल बगाएको, खानेपानी आयोजनामा क्षति पु¥याएको जानकारी दिँदै उचित राहत उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो ।

    अर्का सांसद पुष्पा भुसालमले विगतको सरकारका कारण कोभिड–१९ नियन्त्रण प्रभावकारी हुन नसकेको आरोप लगाउँदै यसतर्फ गम्भीर हुन सरकारको ध्यानाकृष्ट गर्नुभयो ।

    बैठकमा सांसद डा. दीपकप्रकाश भट्ट, दुर्गबहादुर राउत, दुर्गाकुमारी विश्वकर्मा, दामोदर भण्डारी, दिल कुमारी, दिव्यमणि राजभण्डारी, धर्मशिला चापागाइँ, नन्दलाल रोका, नवराज सिलवाल, नारायणप्रसाद खतिवडा, निरादेवी जैरू, निरुदेवी पाल, पद्मनारायण चौधरी, पवित्रा निरौला खरेल, पार्वता डिसी चौधरी, पार्वतीकुमारी विशङ्खे, प्रकाश रसाइली, प्रमिला राईलगायतले भनाइ राख्नुभएको थियो ।

    शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.