खिमराज चालिसे,नयाँ दिल्ली ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको अध्यक्षमा पुनः दुर्गा बहादुर केसी चयन हुनुभएको छ । आइतबार सम्पन्न मूल प्रवाहको भेलाले केसीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
सातौँ अखिल भारत सम्मेलन पछिको प्रथम भेलाले केसीको अध्यक्षतामा ३३ पूर्ण ११ वैकल्पिक र २२ सल्लाहकार गरि ६६ सदस्यीय केन्द्रीय संगठन समिति चयन गरेको समाजले जनाएको छ ।
यस्तै, संगठनको उपाध्यक्ष– कपिल खनाल, हिरासिंह चन्द र प्रेम पौडेल, महासचिवमा ठाकुर खनाल तथा सचिवहरुमा जनकराज शर्मा, त्रिभुवन भट्टराई, बेद बहादुर कार्की तथा कोषाध्यक्षमा केवी थापा चयन हुनुभएको छ ।
यो पनि….लोकतान्त्रिक गणतन्त्रमाथि कालो बादल मडारिँदै छ : चित्रबहादुर केसी
भर्चुअल माध्यमबाट भएको भेलालाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गर्नुभएको थियो । यस्तै, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी र वामपन्थी नेता आनन्द शर्माले शुभकामना दिनुभएको थियो ।

सम्मेलनपछि महासचिव खनालले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छः
