• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

इथियोपयाको क्षेत्रीय राजधानी मिकेली विद्रोहीको नियन्त्रणमा


  •   मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित
  • अदिस अबाबा । इथियोपियाको विद्रोही सङ्गठन टिग्रे पिपुल्स लिबरेसन फ्रन्टले केन्द्रीय फौज विरुद्धको नयाँ आक्रमण सुरु गरेको एक सातापछि टिग्रेस्थित विद्रोही लडाकुले आफूहरूले क्षेत्रीय राजधानी मिकेली कब्जा गरेको दावी गरेका छन् ।

    Advertisement

    यद्यपि इथियोपिया सरकारले भने आफूले कब्जा गुमाएको पुष्टि गरेको छैन, बरु युद्धविरामको एकतर्फी प्रस्ताव गरेको छ ।

    मिकेलीलाई इथियोपियाको सरकारी फौजले गत नोभेम्बरमा विद्रोहीको कब्जाबाट फिर्ता लिएको थियो । मिकेलीस्थित प्रत्यक्षदर्शीले उत्सव मनाउन सडकमा मानिसहरू नाचिरहेको बताएका छन् ।

    टिग्रेमा गत साता नयाँ आक्रामक हमलाहरू सुरु गरेका त्यहाँका लडाकुले मिकेलीको अन्तरिम प्रशासनलाई बाहिर निकालेको भन्ने खबर सोमवारदेखि आउन थालेका हुन् ।

    टिग्रेक्षेत्रमा त्यहाँको नेतृत्वलाई बाहिर निकाल्नका लागि प्रधानमन्त्री अबी अहमदले आठ महिनाअघि सरकारी फौज पठाउनुभएको थियो ।
    टिग्रे पिपुल्स लिबरेसन फ्रन्टका प्रवक्ताले मिकेली आफ्नो नियन्त्रणमा आएको एएफपीसँगको कुराकानीमा दावी गर्नुभयो । अन्तरिम सरकारका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा एएफपीसँग मिकेलीबाट सरकारी सेना पछि हटेको पुष्टि गरेका छन् ।

    यसैबिच, संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेर्रेसले प्रधानमन्त्री अबीसँग सोमबार कुरा गर्दै सर्वसाधारणको सुरक्षा र मानवीय सहायता मानिससम्म पुगेको सुनिश्चित गर्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले राजनीतिक समाधान खोज्न पनि प्रधानमन्त्री अबीलाई आग्रह गर्नुभयो ।

    संयुक्त राष्ट्र सङ्घले ५० लाखभन्दा बढी मानिस खाद्यान्न सहायताको पर्खाइमा रहेको र ३ लाख ५० हजार मानिसले भोकमरीको सामना गरिरहेको जनाएको छ । इथियोपियामा द्वन्द्वरत सबै पक्षमाथि आमहत्या र मानवअधिकार उल्लङ्घनको आरोप लागेको छ ।

    इथियोपियामा सरकारी फौजबाट मिकेलीलगायतका ग्रामीण क्षेत्रलाई विद्रोहीको कब्जाबाट फिर्ता लिने क्रममा महिला तथा किशोरीमाथि बलात्कार तथा दुव्र्यवहारका घटना भइरहँदा त्यहाँका नागरिकले टिग्रे पिपुल्स लिबरेसन फ्रन्टलाई सहयोग गरेका कतिपय स्थानीयले बताएका छन् ।

    सेनाले किशोरीमाथि बलात्कार र मानवीय दुव्र्यवहार गर्ने गरेको र प्रतिकार गर्न खोज्नेको हातखुट्टा नै काटिदिनेजस्ता अमानवीय व्यवहार गर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् । (रासस/एएफपी)

    मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला
    इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप
    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

    • २.
      बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

    • ३.
      अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

    • ४.
      इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

    • ५.
      ‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

    • ६.
      चट्याङ र हावाहुरीसहित केही स्थानमा भारी वर्षा हुन सक्ने, मौसम विभाग

    • ७.
      लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

    • ८.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.