• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

झलनाथ खनालको विज्ञप्तिले नेपाल पक्षका नेताबीचको अविश्वास छताछुल्ल


  •   बुधबार, असार ०२, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले थप उपचारका लागि दिल्ली जानुअघि जारी गरेको वक्तव्यले एमालेमा तरंग उत्पन्न भएको छ । सो विज्ञप्तिलाई लिएर माधव नेपाल–झलनाथ खनाल समूहका नेताहरुले हस्ताक्षर दुरुपयोग भएको भनेपछि तरंग उत्पन्न भएको हो ।

    Advertisement

    बुधबार दिल्ली प्रस्थान गर्नुअघि खनालले जारी गरेको वक्तव्यमा ‘धैर्य र संयमका साथ पार्टी एकता जोगाउन’ आव्हान गरिएको छ । विज्ञप्तिमा खनालले विभाजनको विपक्षमा उभिन पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।

    खनालको सो वक्तव्य उहाँको विचार विरुद्ध भएको र ओली पक्षले हस्ताक्षर दुरुपयोग गरेको नेपाल पक्षको आरोप छ । नेपाल पक्षीय नेताहरु जगन्नाथ खतिवडा, डा. विजय पौडेल लगायतले विरामी नेताको नाममा हस्ताक्षर दुरुपयोग गरेर वक्तव्य निकालिएको दाबी गरेका थिए । तर, विज्ञप्तिमा खनालकै हस्ताक्षर भएको पुष्टि भएपछि भने नेताहरुले सामाजिक सञ्जालबाट आफ्नो स्ट्याटस हटाएका छन् ।

    खनालको हस्ताक्षरमा उहाँकै आधिकारिक फेसबुक पेजबाट जारी भएको विज्ञप्तिबारे कुनै आशंका नरहेको एमाले नेता तथा निकट सहयोगी होम बुढाथोकीको दाबी छ । खनाल नर्भिक अस्पतालबाट त्रिभुवन विमानस्थलतर्फ जानुअघिसम्म सँगै रहेका बुढाथोकीले विज्ञप्तिमा हस्ताक्षर गर्दा आफू सँगै रहेको बताउनुभयो ।

    सो विज्ञप्ति आउनुअघि खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा र महासचिव ईश्वर पोखरेललाई अस्पतालमै पुगेका बेला पार्टी मिलाउन आग्रह गरेको समाचार आएको थियो ।

    स्रोतका अनुसार विज्ञप्तिको ड्राफ्ट नेपाल पक्षीय नेता भीम आचार्यले तयार पार्नुभएको थियो । आचार्य पछिल्ला दिनमा पार्टी मिलाउन हिँडेको भन्दै नेपाल पक्षका नेताहरुले शंकाको दृष्टिले हेरिरहेका छन् ।

    त्यसो त नेपाल पक्षकी योगेश भट्टराई र गोकर्ण विष्ट लगायत नेताहरु पनि शंकाको घेरामा छन् । उनीहरु कुनै पनि बेला क्याम्प छोडेर ओलीतिर जाने कतिपयले आकलन गर्ने गर्दछन् । बुधबार नेता खनालको विज्ञप्ति प्रकरणले एमालेको नेपाल पक्षका नेताहरुबीचको आपसी अविश्वास छताछुल्ल पारेको छ ।

    यता, खनालको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार सुरु भएको छ । उहाँको यस अघि पनि सोही अस्पतालमा उपचार भएको थियो ।

    बुधबार, असार ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.