• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

‘भारतीय सेनामा नेपाली महिलाको लागि भर्ती खोल्नु आपत्तिजनक’


  •   बुधबार, असार ०२, २०७८ मा प्रकाशित
  • काठमाडौं । भारतले नेपाली महिलाहरुका लागि आफ्नो सेनामा भर्ती खोलेपछि त्यसको विभिन्न क्षेत्रबाट विरोध सुरु भएको छ । गत जेठ ३१ गते भारतीय दूतावासले सूचना प्रकाशित गरी नेपाली महिलाका लागि भारतीय सेनामा भर्ती खुला गरिएको जनाएको हो ।

    Advertisement

    भारतको सो कदमलाई ‘ग्रेटर नेपाल अभियान’का अगुवा फणिन्द्र नेपालले नेपाली महिलाको खोजी हुनु दुराशयपूर्ण रहेको बताउनुभयो ।भारतीय दूतावासबाट जारी भनिएको सूचनाबारे सरकारले कूटनीतिक च्यानलमार्फत बुझेर रोक लगाउनुपर्ने उहाँको भनाई छ ।

    ‘नेपाली युवतीहरूलाई समावेश गर्न खोज्नु राम्रो नियतले हुँदै होइन । ‘यौन शोषण र मनोरञ्जनका लागि मात्र हो’ उहाँले भन्नुभयो ।

    नेपाली महिलालाई समेत लक्षित गरेर खुलाइएको भर्ती नेपाल बेलायत र भारतबीच भएको त्रिपक्षीय सन्धीविपरीत रहेको उहाँले बताउनुभयो ।

    ‘हामी एउटा सार्वभौम देश भएको नाताले आफ्ना देशका नागरिक अर्को देशको सेनाका लागि लड्न पठाउनु नै गलत छ,’ उहाँले भन्नुभयो, ‘झन् महिलाको विषय झन् संवेदनशील हो । उनीहरू धेरैखाले जोखिममा हुन्छन् ।’

    यस्तै, नेकपा (एमाले) का नेता भीमर रावलले नेपाली महिलालाई विदेशी भाडाका सैनिक बनाउन खोजिएको भन्दै सार्वभौम देशले आफ्ना नागरिकलाई विदेशी सेनामा भर्ती गर्नै नहुने बताउनुभएको छ ।

    ‘सार्वभौम देशले आफ्ना नागरिकलाई विदेशी सेनामा भर्ती गर्दैन।सम्झौतालाई मिचेर नेपाली महिलालाई विदेशी भाडाका सैनिक बनाउन हुन्न भन्दा महिलालाई ’दास’ बनाउने भनी प्रश्न गर्नेहरूले नेपाली महिलालाई विदेशी सेनाको ‘दास’ मात्र होइन नेपाललाई नै वाह्य शक्तिको ‘दास’ बनाउने चाल किन नबुझेको हो ?’ रावलले भन्नुभयो ।

    नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले सूचना जारी गर्दै नेपाली महिलाहरू पनि भारतीय सेनामा महिला सेना प्रहरी (सामान्य प्रहरी) भर्ना हुन पाउने जानकारी दिएको हो।

    १० कक्षा पास गरेका, १७ वर्ष ६ महिना देखि २१ वर्षसम्मका महिलाहरूले भर्ती हुन आदेवन दिन सक्ने दूतावासले जनाएको छ । त्यस्तै, महिलाको उचाइ १५२ सेन्टिमिटर हुनुपर्ने भनिएको छ ।

    आवेदन भने अनलाइनमार्फत् जुन ६ देखि २० जुलाई सम्ममा भर्नुपर्ने सूचनामा उल्लेख छ।

    वीर नारीहरूको हकमा भने ३० वर्षसम्मको उमेरलाई छुट दिइएको छ। भूपू सैनिक, वीर नारी र विधवा सैनिकका छोरीहरूका लागि तौलमा २ किलो छुट र लिखित परीक्षामा २० अंकको बोनस जोडिने दूतावासले जनाएको छ।

    बुधबार, असार ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.