काठमाडौं । भारतको मुम्बईमा एउटा आवासीय भवन भत्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । मृतकमध्ये सात बालबालिका र एक किशोर भएको बीबीसीले जनाएको छ ।
सहरको मालाद क्षेत्रमा अवस्थित उक्त भवन भत्किएर छेउको एउटा छाप्रोलाई पुरेको बताइएको छ । भग्नावशेषमा केही मानिस अझै जीवित भेटिन सक्ने अपेक्षासहित उद्धारकार्य चलिरहेको अधिकारिहरूले बताएका छन्।
मुम्बई महानगरपालिकाका अनुसार घटनामा १७ जना घाइते भएका छन्।बीबीसीका अनुसार उक्त भवनका मालिक र कन्ट्र्याक्टरविरुद्ध कानुनी कारबाही सुरु भएको छ।
अधिकारीहरुले ठूलो वर्षा हुन सक्ने सम्भावना भएकाले जीर्ण भवनबाट मानिसहरूलाई अन्यत्र सारिएको अधिकारीहरूले बताएका छन् । वर्षाका कारण विभिन्न क्षेत्रमा पानी जम्न थालेकाले मुम्बईमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
Advertisement





