काठमाडौं । प्रगतिशील पत्रकार संघ, नेपालले पत्रकार पुष्कर भट्टमाथि कञ्चनपुरको वेदकोट नगरपालिकास्थित वैजनाथधाम वृद्धाश्रमका कर्मचारीले गरेको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ ।
मंगलबार वृद्धाश्रमका एक जेष्ठ नागरिकमाथि भएको कुटपिटबारे बुझ्न गएका भट्टमाथि वृद्धाश्रम सेवाकेन्द्रमा रेखदेख गर्न खटाइएका बहादुर बिष्टले गालीगलौज गरी दुर्व्यवहार गरेका थिए ।
प्रगतिशील पत्रकार संघ, सुदूरपश्चिम प्रदेश समितिका संयोजक केशवनाथ योगी र कञ्चनपुर जिल्ला संयोजक भीमराज जोशीले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी दोषीलाई कारवाही गर्न माग गर्नुभएको छ ।
वृद्धाश्रमका कर्मचारी विष्टले मंगलबार एक वृद्धमाथि कुटपिट गरी आश्रमबाट धपाएको समाचार युगदर्शनमा प्रकाशित भएको थियो । ती जेष्ठ नागरिकको हिजै स्थानीय समाजसेवी र जनप्रतिनिधिले उद्धार गरी आश्रममा फर्काएका छन् ।
यो पनि : वृद्धाश्रमको रेखदेख गर्ने व्यक्तिबाटै वृद्धमाथि कुटपिट
