• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

कोरोना संक्रमितको उपचार प्रभावकारी बनाउन सांसद पौडेलको आग्रह


  •   बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित
  • नवीन केसी, प्यूठान ।
    प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले कोरोना संक्रमति बिरामीको उपचार प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ । बुधबार कोभिड रोकथाम र उपचार व्यवस्थापनको लागि प्रदेश सांसद, जनस्वास्थ्य तथा अस्पताल प्रमुख, जनप्रतिनिधि र प्युठानका सरोकारवाला निकायका प्रमुखसँग भएको अनलाइन बैठकका क्रममा सांसद पौडेलले जनताको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभयो ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्तासमेत रहेका पौडेलले कोभिड नियन्त्रण र उपचारमा सबै एकजुट हुनुपर्ने बताउनुभयो । अक्सिजन, औषधि, आइसोलेसनको अभाव हुन नदिन निरन्तर पहल गर्नुपर्ने बताउँदै अहिलेसम्म भएको कामको लागि सम्पूर्ण स्वास्थ्यकर्मी एवम् सरोकारवालाहरूलाई धन्यवाद दिनुभयो ।

    प्यूठानको समस्याबारेमा केन्द्र सरकारसँग आफूले निरन्तर पहल गरिरहेको जानकारी गराउँदै सबैको सुझावलाई ध्यानमा राख्दै काम गर्ने बताउनुभयो । पौडेलले अक्सिजन प्लान्ट स्थापना गर्न रकम विनियोजन गरेकोमा केन्द्र सरकारलाई धन्यवाद दिनुभयो ।

    बैठकमा बोल्दै प्यूठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवीन दर्लामले बेड बढाउने तयारी गरिएको, सबै स्वास्थ्यकर्मीले निरन्तर काम गरेको र अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन नपरेको बताउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले कोभिड संकट व्यवस्थापन केन्द्रले सक्रियतापूर्वक काम गरेको बताउनुभयो । उहाँले जिल्लामा सरोकारवाला कार्यालय, जनप्रतिनिधि तथा सुरक्षा निकायले सन्तोषजनक काम गरेको बताउनुभयो ।

    जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यले गाउँपालिका, नगरपालिका र जिल्लाका सबै निकायसँग निरन्तर समन्वय गरिएको जानकारी दिनुभयो ।

    बैठकमा लुम्बिनी प्रदेशसभा सदस्य कृष्णध्वज खड्का, तारा जीसी, मल्लरानी गाउँपालिका प्रमुख अमरध्वज राना, इन्द्रध्वज बटालियनका कर्णेल अर्जुन थापा, सशस्त्र प्रहरी प्यूठानका प्रमुख योग्य बस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रमुख सुनिल मल्ल, राष्ट्रिय अनुसन्धान प्यूठान प्रमुख करण कोइराला, अस्पताल विकास समिति अध्यक्ष सिद्धिमणि सुवेदी, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मधुसूदन खड्का, पत्रकार महासंघ, प्यूठानका अध्यक्ष सञ्जय रिजालले बैठकमा आफ्नो धारणा राख्नुभएको थियो ।

    बैठकको सहजीकरण अखिल (छैठौं)का केन्द्रीय अध्यक्ष विमल पोखरेलले गर्नुभएको थियो । बैठक निकै महत्त्वपूर्ण भएको र कोभिड नियन्त्रण र संक्रमितको उपचारमा सबैको हातेमालो रहेकोले सफलता मिल्ने कुरामा बैठकमा सहभागी सबैको धारणा रहेको थियो ।

    बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.